सामग्रीमा जानुहोस्

इनरुवा-दुहबी राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स०५४ वा इनरुवा-दुहबी राजमार्ग वा इनरुवा-दुहबी सडक कोशी प्रदेशको सुनसरी जिल्लामा अवस्थित नेपालको छोटो राष्ट्रिय साहायक राजमार्ग हो। राजमार्गको कुल लम्बाइ मात्र १४.३२ किलोमिटर (८.९० माइल) छ। चार लेनको राष्ट्रिय साहायक राजमार्गको सडक पूर्ण कालो गरिनेछ । पहिले पहिले, सीधा विराटनगर जाने यात्रुलाई इटहरी गएर विराटनगरतर्फ लाग्नुपर्ने हुन्थ्यो । तर इनरुवा-दुहबी सहायक सडकको कारणले अहिले इटहरी गईराख्नुपर्ने छैन । इनरुवाबाट सीधा पूर्व दुहबी निस्किन पाएदेखि १४ किमीको दूरी बचत भएको छ । जसले गर्दा गाडी र सवारीको तेल, पैसा र समयको ठूलो बचत भएको छ । []

महेन्द्र राजमार्गकोशी राजमार्ग आपसमा इटहरीमा पुगेर जोडिन्छन् । सुनसरी जिल्लाको पश्चिमी सीमा भएर जाने महेन्द्र राजमार्ग र यस जिल्लाको पूर्वी सीमा भएर जाने कोशी राजमार्गसँग जिल्लाको ग्रामीण भेगलाई जोड्ने काम यस इनरुवा-दुहबी सडकले गरेको छ । महेन्द्र राजमार्ग र कोशी राजमार्गलाई ग्रामीण भेगमा इनरुवा-दुहबी सडकले जोड्ने काम पनि गरेको छ । यस सडकको निर्माणको श्रेय प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई दिइन्छ । यस भेगमा सिंचाइ प्रणालीको पनि पहुँच छ । तर यस भेगको कृषि क्षेत्र र कृषक वर्गले यसको लाभ उठाउन सकेको देखिंदैन । हाल, इनरुवा-दुहबी सडक झैं इनरुवादेखि १० किमी तल लौकहीबाट विराटनगर जोड्ने सडक बन्दै गरेको छ । यो सडक हुलाकी राजमार्गको हिस्साको रूपमा लौकही-विराटनगर खण्ड हो । []

इनरुवा-दुहबी साहायक सडक
Inaruwa-Dhuhabi Secondary Highway
मार्ग विवरण
लम्बाइ१४.३२ किमी (८.९0 माइल)
अवस्थानिर्माणनधिन अवस्थामा
इतिहासकालो-पत्रे चार लेन (Black topped four lanes)
प्रमुख स्थानहरू
पश्चिम अन्त्यइनरूवा नगरपालिका
प्रमुख चोकहरूगढी गाउँपालिका
पूर्व अन्त्यदुहबी नगरपालिका
स्थान
देशनेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
राजमार्ग प्रणाली

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–१ मा स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे ।[] [] [] [] []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]