अर्धेन्दुभूषण बर्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ए. बी. बर्धनबाट अनुप्रेषित)
अर्धेन्दुभूषण बर्धन
भारत कम्युनिष्ट पार्टीका महासचिव
कार्यकाल
सन् १९९६ – सन् २०१२
पूर्वाधिकारीइन्द्रजीत गुप्ता
उतराधिकारीसुरवराम सुधाकर रेड्डी
बम्बै व्यवस्थापिका सभाका सदस्य
कार्यकाल
सन् १९५७ – सन् १९६२
पूर्वाधिकारीपदको स्थापना
उतराधिकारीसुशीला बलरान
निर्वाचन क्षेत्रपश्चिम नागपुर विधान सभा
व्यक्तिगत विवरण
जन्म(१९२४-०९-२४)२४ सेप्टेम्बर १९२४
बरिशाल, बङ्गाल राज्य, ब्रिटिस राज (हाल बङ्गलादेश)
मृत्यु२ जनवरी २०१६(2016-01-02) (उमेर ९१)
दिल्ली, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारत कम्युनिष्ट पार्टी
जीवन साथीपद्म
मातृ शिक्षाप्रतिष्ठाननागपुर विश्वविद्यालय
जीवनवृतिराजनीतिज्ञ, सामाजिक कार्यकर्ता

अर्धेन्दुभूषण बर्धन (सन् १९२४ सेप्टेम्बर २४ - सन् २०१६ जनवरी २)[१] एक भारतीय स्वतन्त्रता सेनानी, ट्रेड युनियनका नेता तथा भारतीय कम्युनिस्ट पार्टीका पूर्व महासचिव थिए।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

बर्धनको जन्म सन् १९२४ सेप्टेम्बर २४ का दिन ब्रिटिस भारत अन्तर्गत बङ्गाल राज्यको बरिशालमा भएको थियो जुन हाल बङ्गलादेशमा पर्दछ। उनले १५ वर्षको उमेरमा नागपुर सरेपछि साम्यवादलाई ग्रहण गरेका थिए। [२] उनी सन् १९४० मा नागपुर विश्वविद्यालयमा अखिल भारतीय विद्यार्थी सङ्घमा सामेल भएका थिए। उनी सोही वर्ष भारतीय कम्युनिस्ट पार्टीमा (तत्कालीन समयमा प्रतिबन्धित) सामेल भएका थिए। उनी नागपुर विश्वविद्यालय विद्यार्थी सङ्घका अध्यक्ष थिए। उनी आफ्नो अध्ययन जारी राख्दै एक पूर्णकालिक विद्यार्थी सङ्गठक बनेका थिए। वर्धनले अर्थशास्त्रकानूनमा स्नातकोत्तर उतीर्ण गरेका थिए।

ट्रेड युनियनवाद र राजनीति[सम्पादन गर्नुहोस्]

बर्धनले कपडा, बिजुली, रेलवे, रक्षा आदि जस्ता विभिन्न क्षेत्रहरूका श्रमिकहरूसँग काम गरेका थिए। नागपुरबाट विभिन्न समयकालमा निर्वाचन लडेतापनि उनले एकपटक मात्र सन् १९५७ मा स्वतन्त्र उम्मेदवारको रूपमा महाराष्ट्र विधान सभाको लागि निर्वाचित भएका थिए।[३] उनले महाराष्ट्रको एकीकरणमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए। बर्धन राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै दिल्ली गएका थिए। [३] उनी सन् १९९५ मा अखिल भारतीय ट्रेड युनियन काङ्ग्रेसका महासचिव बन्दै सन् १९९५ मा भारतीय कम्युनिस्ट पार्टीको उपमहासचिव बनेका थिए। इन्द्रजीत गुप्ता संयुक्त मोर्चा सरकारमा गृहमन्त्रीको रूपमा सामेल भएपछि गुप्ताद्वारा पार्टीको महासचिव पदबाट राजीनामा दिए लगत्तै उनको ठाउमा बर्धन भारतीय कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए। बर्धन सन् १९९६ देखि सन् २०१२ सम्म पार्टीका महासचिव थिए। [४]

उनी लालकृष्ण आडवाणीको रथयात्राको प्रतिक्रियामा सुरु गरिएको अभियानको लागि सम्झिन्छन्। [५] [६] बर्धनले धर्मनिरपेक्ष भारतको समर्थन गर्दछन्। [६] बर्धन संयुक्त प्रगतिशील गठबन्धन सरकारको गठनमा एक महत्वपूर्ण भूमिका निभाएका थिए जुन भारतीय कम्युनिस्ट पार्टीद्वारा समर्थित थियो। [३] उनी भारतका राष्ट्रपतिको प्रतिष्ठित पदमा राजस्थानकी तत्कालीन गभर्नर प्रतिभा पाटिलको उम्मेदवारीलाई समर्थन गर्नेहरू मध्येका थिए। [३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

बर्धनले सरस्वती विद्यालय उच्च माध्यमिक विद्यालय, शङ्कर नगर, नागपुरकी शिक्षिका पद्मासँग विवाह गरेका थिए। उनीहरूको एक छोरा अशोक र एक छोरी अलका बरुआ छन्। पद्माको सन् १९८६ मा मृत्यु भएको थियो। उनको मृत्यु पछि बर्धनले आफ्नो जीवन दिल्लीमा भाकपाको मुख्यालय अजोय भवनमा एक सानो कोठामा बिताएका थिए। बर्धन मराठी, बङ्गाली, उर्दू, हिन्दीअङ्ग्रेजी भाषाहरूमा धाराप्रवाह थिए। [७] बर्धनको नागपुरकी भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुमतिताई सुक्क्लीकरसँग भाइ जस्तो सम्बन्ध थियो। यद्यपि उनीहरू एक अर्काको विरुद्ध चुनाव लडेका थिए।

मृत्यु[सम्पादन गर्नुहोस्]

बर्धन सन् २०१५ को डिसेम्बरमा पक्षघातबाट पिडित भएका थिए त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको ९१ वर्षको उमेरमा सन् २०१६ जनवरी २ का दिन नयाँ दिल्लीको गोविन्द बल्लभ पन्त अस्पतालमा मृत्यु भएको थियो। [८] [९] [१०]

उनको मृत्युमा भारतका राष्ट्रपति प्रणब मुखर्जी, [११] भारतका प्रधानमन्त्री नरेन्द्र मोदी [१२] [१३]काङ्ग्रेसका अध्यक्ष सोनिया गान्धी सहित धेरैले शोक व्यक्त गरेका थिए। [१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Communist Party of India (CPI): The revolutionary life of Comrade A. B. Bardhan", Communistparty.in, अन्तिम पहुँच २०१६-०१-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  2. "CPI veteran Bardhan passes away: He embraced Communism at 15, remained committed till end", The Indian Express, ३ जनवरी २०१६। 
  3. ३.० ३.१ ३.२ ३.३ "CPI veteran Bardhan passes away: He embraced Communism at 15, remained committed till end", The Indian Express, ३ जनवरी २०१६। 
  4. National Bureau, "CPI leader A.B. Bardhan dead", The Hindu 
  5. http://www.youthkiawaaz.com/2016/01/a-b-bardhan-in-raam-ke-naam/
  6. ६.० ६.१ http://www.india.com/news/india/a-b-bardhan-dead-saluting-the-comrade-who-challenged-bjp-and-sangh-parivars-communal-agenda-831041/
  7. http://www.weeklysadhana.com/admin/upload/anka/pdf/23%20Jan%202016%20PDF.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०७ मिति
  8. "Political Leaders Unite In Condoling AB Bardhan's Death", NDTV.com, २ जनवरी २०१६। 
  9. "Veteran CPI leader A B Bardhan passes away", The Indian Express, २ जनवरी २०१६, अन्तिम पहुँच २ जनवरी २०१६ 
  10. "Ardhendu Bhushan Bardhan Death", TelanganaNewspaper। 
  11. [१]
  12. "Political Leaders Unite In Condoling AB Bardhan's Death", NDTV.com, २ जनवरी २०१६। 
  13. "PM Modi condoles veteran CPI leader AB Bardhan's demise", dna, २ जनवरी २०१६। 
  14. "PM Modi condoles veteran CPI leader AB Bardhan's demise", Daily News and Analysis, २ जनवरी २०१६।