चौलागाईं
| चौलागाईं | |
|---|---|
भारद्वाज ऋषि, चौलागाईंहरुको गोत्र | |
| Romanization | Chaulagain |
| भाषा | नेपाली |
| उत्पत्ति | |
| उत्पत्ति भएको क्षेत्र | सिञ्जा उपत्यका |
| अन्य नाम | |
| भिन्नता | चौलागाई, चम्लागाईं, चौलागाँई, चौरेल |
चौलागाँइहरुको इतिहास खोतल्दै जाँदा कर्णाली प्रदेशका तत्कालीन कल्याल राजाहरुको इतिहाससँग सम्बन्धित हुन्छ । हालको कालीकोट जिल्लाको सदरमुकाम खाडाचक्र करिब ६०० वर्षअघि रास्कोटीहरुका पुर्खा मलैबम्म र कल्यालका पूर्खा वलिराजले दखल गरी राज्य स्थापना गरे ।
उनका दरवारमा चौलागाँईहरुका प्रथम पुरुष सिउ सर्म थानी (शिव शर्मा) राजगुरु रहेका (कसैकसैले पंडित्याई गर्ने ब्राम्हणका रुपमा कार्यरत भन्ने गरेका छन्) रहेका थिए । यी राजाले आफ्नो राज्य सुसंचालनको लागि जिम्मेवार सहित चार थानीको व्यवस्था गरेका थिए । राजकाजका मामलामा उनीहरुकै सरसल्लाह रहन्थ्यो । यी चार थानीका सम्बन्धमा हालसम्म पनि यहाँतिर एउटा उखानको रुपमा रोचक किम्बदन्ती पनि प्रचलित छ । “सुरुवा जेठो चौलागाँई, फलिया जेठो अधिकारी, ..... जेठो अचार्ज (आचार्य) र .......... जेठो नियाँपाने (न्यौपाने)।” यहाँ सुरुवा भनेको होम, यज्ञ, यज्ञादि, पूजापाठ आदि गर्दा बालिएको अग्निमा घृत (घिउ) हाल्ने चम्चा आकार भएको लामो समात्ने भएको तामाको सामग्री हो भने फलिया भनेको सभा समारोह आदिमा प्रमुख अतिथि बस्ने स्थान हो । त्यस्तै, जेठोको अर्थ श्रेष्ठ वा पहिलो अधिकार भएको व्यक्ति भन्ने हुन्छ । अनादि कालदेखिका देव, देवता, देवीहरुको होम, पूजा गर्ने अग्राधिकार चौलागाँईलाई प्राप्त थियो । त्यस क्षेत्रका बासिन्दाहरुका वैदिक प्रमुख सनातन कूलदेव÷देवी चुलल्ने माई (अर्थात चुलीमालिका, पुगेल्नी माई अर्थात पूजामालिका, महाभू (र संभवत छायाँनाथ, गिरीज्यू समेत तर मलाइ एकिन नभएको) लगायतमा हाल पनि पुजारीको रुपमा चौलागाँई रहेका छन् र सुरुवा चलाउँदछन् । यसबाट नै सिउ सर्म थानी तत्कालीन राजाका राजपुरोहित रहेको ज्ञात हुन्छ । [१]
कालान्तरमा राजा मलै बम्म र वलिराजका बिच कुनै कुरामा मतान्तर भई मलै बम्मले बलिराजलाई मार्ने योजना गरेछन् । अब बलिराजले राजा मलैबम्मको कि त सामना गर्नुपर्ने कि त त्यहाँबाट भाग्नुपर्ने स्थिति आयो । खाडाचक्रको दक्षिणतिर उर्लदी तीलानदी, पश्चिमतिर विशाल कर्णाली र उत्तरतिर घना जंगल र हिमाल भई भाग्ने ठाउँ नभएको र रातको समय भएकोले उत्तर पूर्वतिर ज्यान जोगाउनकै लागि उनी भागे । केही अगाडि आईसकेपछि उनको खुट्टा तड्कियो (अर्थात मर्कियो) । कल्याल बलिराजको खुट्टा तड्केको हुनाले यस ठाउँलाई आजकाल ताडी भनिन्छ । उनी अझै अगाडि बढे । केही समय हिडेपछि उनी थकाइले गले । यस ठाउँमा आईपग्दा राजा गलेका (थाकेका) हुनाले आजकाल यस ठाउँलाई गल्ली भनिन्छ । अझै अगाडि आइपुेपछि बलिराजको खुट्टा ससाना तीखाचुच्चा ढुंगाले काटियो । त्यस वरपरका साना ढुंगाहरु आजकाल पनि धारिला तीखा र खुट्टा काट्ने खालकै छन् । यस ठाउँलाई मौलाकाटिया (अर्थात मलयकाटियाको अपभ्रंश शब्द) भनिन्छ । त्यहाँबाट केही अगाडि बढेपछि राजालाई आफ्नो राज्य छोडी आउनु परेकोमा मनमा निकै खिन्नता भयो । यसलाई यहाँको स्थानीय भाषमा क्षारे लाग्नु भनिन्छ । अर्थात राजालाई क्षारे लाग्यो । यस ठाउँलाई क्षारेगाड भनिन्छ । त्यहाँबाट केही हिडेपछि रात सकिदै गयो र बिहानी हुने बेला भयो । बिहानी उज्यालो हुनेबेला राजा आइपुगेको यस ठाउँलाई आजकाल बिहानी भनिन्छ । बिहानीबाट उकाले लागेपछि राम्ररी उज्याले भयो । राजाका पैतालाबाट रगत चुहेका थिए र यसबाट राता रगतका डोब÷डाबहरु बाटामा परिरहेका थिए । यस ठाउँलाई आजकाल राताडाब भनिन्छ । अब छ्याङ्गै उज्यालो भयो । केही अगाडि आईसकेपछि पारी डाडाँमा रासकोटी राजाका सिपाहीहरु खोज्दै लखेट्दै आइरहेको देखियो । राजाले आफ्नो ज्यान जोखिममा परेको बुझिसकेका थिए । उनी दारिमबोट शिव शर्मा थानीको घरमा आइपुगे । उनको घर हालको दाँहा फटगाँउको चुलीमालिका माध्यामिक विद्यालय रहेको स्थान, अर्थात दारिमबोटमा थियो । (योगी नरहरि नाथबाट लिखित इतिहास प्रकाशमा उल्लेखित) ।
उनले आफूलार्इृ राजा मलै बम्मले मार्ने योजना गरेको र सोको प्रतिकार गर्न नसकी राती नै भागी आएको, बाटोमा पाएका दुःख लगायतको वृतान्त बताए । शिव शर्मा थानीले हरतरहले उनको ज्यान जोगाउने वचन दिए ।
थानीकी बुहारी भर्खरैकी सुत्केरी भएकी थिइन् । राजालाई उत्तरको कोठामा राखी उनलाई आफ्नी बुहारीका पहिरन पहिराए तथा चुराबाला लगाइदिए । कोठाको कुनामा मधुरो दियो बालिदिए । खसी काटेर सो कोठाको ढोकाका द्वारहरु र यसका तलमाथि, दाँयाबाँया रगत र नवजात शिशु समेत राजाका हातमा थमाइदिए । घरको वातावरण पुनः सुत्केरी घर जस्तो, केही झिंगा भन्केको देखियो ।
यसपछि थानीले राजालाई भनेकी रासकोटी राजाका सिपाहीहरु यहाँ आएर तपाईंको सोधखोज गरी बोलेको सन्ने बित्रिकै लगाएका चुराबाला बजाइदिनु र बालखलाई बिउझाएर रुवाइदिनु । नभन्दै केही समयपछि रासकोटी राजाका सिपाहीहरु त्यहाँ आइपुगे र राजा मलयबम्म यहाँ आए नआएको बारे सोधखोज गरे । सोको जवाफमा शिव शर्मामा थनीले भनेकी यहाँ कोही आएको छैन, विश्वास नलागे मेरो घरको उत्तर कोठा बाहैक सबै चोठाकोठा खोजी हेरे हुन्छ । उत्तर कोठामा भने नातिका न्वारन गरिनसकेकी मेरी सात दिनकी सुत्केरी बुहारी बसेकी छन् । त्यो कोठा खोली हृेर्नुभयो वा त्यहाँ तपाई पस्नुभयो भने मेरी सुत्केरी व्रम्हाणी बुहारीको अपमान हुनेछ र यसलाई मैलै सहन सक्दिन, मैले आफूले आफैलाई कटारो हानी आत्म हत्या गर्नेछु । यो ब्रम्हह्त्याको पाप तिमी र तिम्रा राजाले लिनुपर्नेछ । बाहिर यो वार्तालाप भइरहेको कुरा भित्र राजाले सुने र आफूले लगाएका चुराबाला बजाए तथा नवजात शिशुलाई रुवाए । ती सिपाहीहरुले उत्तर कोठा बाहेक सबै कोठा खोजे र केही नपाई फर्किए ।
राजाको ज्यान जोगियो । अब म कहाँ जाऊँ र कहाँँ सुरक्षित हुन सक्छु भनी सल्लाह मागे । थानीले आफ्नो एक भाइ (कसै कसैले एक छोरा पनि भन्ने गरेका छन्) तिम्रा साथमा दिन्छु,, ठिन्क्या लाग्ना काटी जानू भनी उपदेश दिए ।
राती भएपछि आफ्ना अन्य भाइ छोराहरु र केही विश्वासिला सहयोगी साथ लगाई तीला नदी तर्नको लागि बाइस साडा ठिटुवा सहित उत्तर पूर्व तिर पठाए । ठिटुवा भनेको घरमा नै कपास काती बुनेको सिलाउनु अघिको तत्कालीन समयको कपडा हो । एक साडा ठिटुवा सात हात लम्बाइको हुन्छ । राजा सहित राती हिड्दै नदी तर्ने उपयुक्त ठाउँ खोज्दै हालको ओखरफिट्टा भन्ने ठाउँको मुनि आएर तीला नदी केही सागँुरो भएको ठाउँमा नदी तर्नको लागि ठिटुवाको घाट लगाउने तयारी गरे । तर अलिकति कपडा पुगेन । ओखरफिट्टामा शिव शर्मा थानीका नियापाने (न्यौपाने) थरका भान्जा थिए । उनीसँग वृतान्त सहित सहयोग मागेपछि एक साडो ठिटुवा दिए । अहिले पनि सहयोगको कुरा आउँदा कतै कतै गाउघरमा बाइस साडा चौलागाँईको एक साडो नियाँपान्याको भन्ने उखानै छ । सो जोडेपछि घाट तयार भयो र राजा मलय बम्म र शिव शर्मा थानीका एक भाइ सहयोगी भई नदी पारी ठिन्के लाग्ना (लाग्ना भन्नाले लेक हुन्छ) तिर बलिराजसँगै उकालो लागे भने, पु¥याउन गएका सिउ सर्म थानी सहितका अन्य सहयोगीहरु टाकुल्ले भई (कपाल मुण्डन गरी) फर्किए । कपाल मुण्डन गर्नुको कारण कसैले कहाँ के कामले गएका थियौ, कहाँबाट आयौं भनी सोधेमा मलामी गएका थियांैे भन्नको लागि । जसबाट कसैले शंका नगरुन् कि राजा बलीराजलाई सहयोग गरी नदी तराइएको हो । यस ठाउँलाई हाल पनि टाकुल्ला भनिन्छ ।
अब दारिम बोटको कुरा गर्दा सिउ सर्म थानी वा उनका पुर्खा त्यहाँ कहाँबाट कहिले आएका हुन् भन्ने कतै कुनै लेखन आख्यान पाइदैन । माथि उल्लेख गरिए अनुसार नै गंगा जमुनाका तिरबाट कर्णाली नदीको छालैछाल हँुदै वा पश्चिम कुमाउँ गढवाल हँुदै कुनै भारद्धाज ऋषिका सन्तति ब्रम्हाण पहाड पसेका हुन सक्छन् । तिनै ब्रम्हाणले तीनतिर डाँडा, तलतिर नदी भएको छेवैमा पानीको मूल भएको रापिलो तापिलो सुन्दर भूमि छानी दारिमबोटमा बसोबास गरेका हुनसम्ने देखियो । उनले आफ्नो साथ र सहयोगको लागि उची ढुंङ्गे रोकायो, ..... दमाई समेत सोही स्थानमा बसाएका थिए । यसरी सिउसर्म थानी दारिमबोटमा नै बसेको र उनका तीन भाइ रहेको जानकारी हुन्छ । जेठा जो सिउसर्म थानी भए । अर्का माहिला देउ सर्म र कान्छाको नाम थाहा हुन सकेको छैन । देउसर्म कल्याल राजा बलिराज सहित जुम्लातिर लागेको देखिन्छ । यसरी चौलागाईहरु दारिमबोटबाट जुम्लातिर गएको प्रमाणित हुन्छ ।
हाम्रातिरका खासगरी व्राम्हण समुदायमा “दारिम बोट फाटेको चौलागाँई, खिड्कीसैन फाटेको अधिकारी, बड (दैलेख–दुल्लु) फाटेको अचार्ज (आचार्य र खारा फाटेको नियाँपाने (न्यौपाने” भन्ने किम्बदन्ती परापूर्वदेखि हालसम्म चलिआएको छ । फाटेको भन्नाले मूल थलोबाट छुट्टिएको भन्ने अर्थ हुन्छ । त्यस क्षेत्रमा चौलागाँइहरुको मूल थलो दारिम बोट (हालको कालीकोट जिल्ला दाहाँ गा.वि.स.को राताडाबभन्दा करिब ३÷४ किलोमिटर पूर्व हो भन्ने कुरामा दुई मत छैन । त्यहाँ हाल घर रहेको कुनै भग्नावशेष छैन । धेरै सय वर्ष समय बितेकोले हराएको होला । किम्बदन्ती अनुसार सिउ शर्म थानी (शिव शर्मा पुरोहित) नै मूल हुन् । थानी भन्नाले तत्कालीन समाजमा उच्च स्थान रहेका, ज्ञानी, विद्वान व्राम्हणलाई सम्मानपूर्वक सम्बोधन गर्न दिइएको पद्वी हुन्थ्यो । उनैका सन्तानहरु पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिकतिर फैलिएका हुन् भनेर भन्ने गरिएको छ । त्यतिबेला चौलागाँई थर उल्लेख गर्ने नगरेको जस्तो बुझिन्छ । हाम्रातिर भनिन्छ कि चौलागाँईले शर्मा थर लेखाउने÷भन्ने गर्न सकिन्छ र कतिपयले त्यो लेखी पनि आएका थिए । कूल देवी÷देवताका सन्दर्भमा सन्दर्भमा दारिमबोट÷ढाँड गाउँ र ओखरभिट्टाका चौलागाँईहरु चुलेल्नी माईका पूजा गर्दछन् । जो यस जिल्लाका सबै जात÷थरकी प्रशिद्ध आराध्य देवी भवानी समेत हुन् । उनको उत्पत्ति सम्बन्धमा कुनै सिद्ध पुरुषले पुजेर खानु भनी दिएको कहावत छ । यी भवानी गढकुम (अर्थात कुमाउँगढवाल) बाट आएकी हुनु भन्ने स्थानीय जनश्रुति छ । यसको मतलब हामौ पुर्खाहरु आफ्नी आराध्य कूलदेवीसँगै कुमाउँगढवालबाट आई यस स्थानमा वस्ती बसेका हुन सक्छन् । एउटा संभावना के रहेको छ भने यिनै चुलेल्नी माई पूजा गर्ने गाउँ अर्थात चुलेल्नी गाउँका बासिन्दा भएका कारण चौलागाँई भएका हुन् कि ? अन्यत्रका चौलागाँईहरु खसआर्यहरुका कूल देवता मस्टो पूजक हुन् । ब्रम्हाण्डमा रहेका १००८ तारा ग्रहका अधिपति देवताहरुका पनि देवता महादेव, जो तत्कालीन कर्णाली क्षेत्रमा नै रहेको कैलास पर्वत (हाल तिब्बत) मा रहन्छन्, का सेवक मष्टो जो इन्दका पुत्र जयन्त हुन् । मस्टोको उत्पति ढँडारबाट भएको हो र यिनका बाह्र भाइ अर्थात किसिम छन् । यस हिसाबले चौलागाईहरुका कूल देवी÷देवताहरु ७ बहिनी मालिका (बडीमालिका, दरबार मालिका, चिमारा मालिका, बाँसी मालिका, चुलेल्नी (चुली मालिका), पुगेल्नी (पुजा मालिका) र १२ भाइ मस्टा (बुडु, थार्प, कवा, दाड्या, विनाइक, कालासिल्लो, गुरो, बाबिरो आदि) मध्यका नै हुन् ।
अब, ठिन्क्या लाग्ना काटिसकेपछि बलिराजले के गरे त ? भन्ने प्रश्न आउँछ । ठिन्क्या लाग्नाबाट लेकैलेक घना जंगल हँुदै लछालकृति पैकेलाबाट सिद्ध योगी चन्दननाथ बाबाले बस्ती बसाएको भगवान दत्तात्रयको पवित्र भूमिमा राज्य गर्ने मनसाय सहित जुमलाको दक्षिणी डाँडामा पुगे । त्यहाँबाट कहाँ मानव वस्ती छ भनी भित्र छिर्ने बाटो खोज्दा कुनै मेसो नपाई सात दिन बित्यो । एक दिन बिहान सबैरै परेवा (स्थानीय भाषमा मालुवा)को बथान उडेको देखे र ती कहाँ बस्छन् भन्ने पत्ता लगाई सोही अनुमानका आधारमा बाटो बनाई बल्ल जुमला छिरे । अनि जुमला दखल गरी भारदारका रुपमा ४ थानी ( चौलागाँई, न्यौपाने, देवकोटा, र धिताल) तथा ४ थरी (क्षत्री) राखी राज्य गर्ने प्रचलन गरे । पछि जुम्ली राज्यको राजधानी छिनासिम गोर्खालीहरुले बहादुर साहका पालामा कब्जा गरी विजयनगर घोषणा गरे । अन्तिम कल्याल राजा शोभान शाहीसँगै जुम्ला राज्यको पतन भयो । यस अघि ठिन्क्या लाग्ना उभो कल्याल र ठिन्क्या लाग्ना तल रास्कोटीको राज्य थियो । अहिले पनि ठिन्क्या लाग्ना माथि कल्याल र ठिन्क्या लाग्ना तल रास्कोटीको वस्ती यथावत नै छ । मैले जाने सुनेको, देखे बुझेको यही हो । तदोपरान्त जुम्लाबाट कहाँ कसरी फैलिए, पूर्व तिर कहाँबाट गए, त्यहीका दाजुभाइहरुले यही इतिहाससँग जोडेर खोेजतलास गर्नुहोला ।
चौलागाई प्रतिष्ठानबाट प्रकाशित वंशदर्पण स्मारिका अंक ८ मा प्रकाशित ज्योतिष जयरुप चौलागाईको लेखबाट साभार गरिएको ।
चौलागाईं नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरू ब्राह्मणहरूको थर हो। चौलागाईंहरूले कतै कतै चौरेल भनेर लेखेको पनि भेटिन्छ । ललितपुरका चौलागाईंहरूका प्राय जसोको नागरिकता लगायतका कागजातहरूमा चौलागाईंको सट्टा चौरेल प्रयोग भएको भेटिएको छ । यसको एकिन कारण थाहा नभएपनि भुलवश चौरेल हुन गएको मानिन्छ र हालसम्म पनि धेरै जसोले चौरेल नै लेख्छन । पूर्वजः चौलागाईंलाई चम्लागाई, चौरेल भनेर पनि भनिन्छ ।
जुम्ला जिल्ला चौडिल्ला गाउँमा बस्नेहरुलाई नै चौलागाई भन्न थालिएको तथ्य सुवेदी वंशावली र योगी नरहरिनाथको ऐतिहासिक अध्ययन दुबैबाट प्राप्त हुन्छ ।
उल्लेखनीय मानिसहरू
[सम्पादन गर्नुहोस्]- युवराज चौलागाई
- चन्द्र मणि चाैलागाँईबाट थप गरिएको
- ↑ चौलागाई प्रतिष्ठानबाट प्रकाशित वंशदर्पण स्मारिका अंक ८ मा प्रकाशित ज्योतिष जयरुप चौलागाईको लेख