पोल पोट
पोल पोट | |
|---|---|
| ប៉ុល ពត | |
| कम्पुचिया कम्युनिस्ट पार्टीको महासचिव | |
| कार्यकाल १९६३ फेब्रुअरी २२ – १९८१ डिसेम्बर ६ | |
| सहायक | Nuon Chea |
| पूर्वाधिकारी | Tou Samouth |
| उतराधिकारी | अन्त्य (पार्टी विघटन) |
| कम्बोडिया (प्रजातान्त्रिक कम्पुचिया)को प्रधानमन्त्री | |
| कार्यकाल १९७६ अक्टोबर २५ – १९७९ जनवरी ७ | |
| राष्ट्रपति | Khieu Samphan |
| सहायक | Ieng Sary Son Sen Vorn Vet |
| पूर्वाधिकारी | Nuon Chea (कार्यवाहक) |
| उतराधिकारी | Pen Sovan |
| कार्यकाल १९७६ अप्रिल १४ – १९७६ सेप्टेम्बर २७ | |
| राष्ट्रपति | Khieu Samphan |
| पूर्वाधिकारी | Khieu Samphan (कार्यवाहक) |
| उतराधिकारी | Nuon Chea (कार्यवाहक) |
| व्यक्तिगत विवरण | |
| जन्म | सलोथ सार १९ मे १९२५ |
| मृत्यु | १५ अप्रिल १९९८ (उमेर ७२) Anlong Veng, Oddar Meanchey, कम्बोडिया |
| चिहान | Anlong Veng, Oddar Meanchey, कम्बोडिया |
| राजनीतिक दल | |
| अन्य राजनीतिक संलग्नता | French Communist Party |
| जीवनसाथी(हरू) | Mea Son
( वि १९८६; his death १९९८) |
| सन्तान | 1[१] |
| शिक्षा | EFREI (no degree) |
| हस्ताक्षर | चित्र:Pol Pot Signature.png |
| सैन्य सेवा | |
| Allegiance | |
| Branch/service | |
| Years of service | 1963–1997 |
| Rank | जनरल |
| Battles/wars | भियतनाम युद्ध कम्बोडिया गृह युद्ध कम्बोडिया-भियतनाम युद्ध |
Deprecated parameter serviceyearsDeprecated parameter otherparty
पोल पोट [क] (जन्म सलोथ सर ; [ख] १९२५ मे १९-१९९८ अप्रिल १५) कम्बोडियाका क्रान्तिकारी र राजनीतिज्ञ थिए जसले १९७५ देखि १९७९ सम्म प्रजातान्त्रिक कम्पुचियाको प्रधानमन्त्रीको रुपमा कम्बोडियामा शासन गरेका थिए । वैचारिक रूपमा उनी एक मार्क्सवादी – लेनिनवादी र एक खमेर राष्ट्रवादी थिए, उनी १९६३ देखि १९८१ सम्म कम्बोडियाको कम्युनिस्ट आन्दोलन, खमेर रूजको अग्रणी सदस्य थिए र १९६३ देखि १९८१ सम्म कम्पुचिया कम्युनिस्ट पार्टीको महासचिव भएर काम गरे [ग]। उनको प्रशासनमा, कम्बोडिया पोल पोटको व्याख्या अनुसार मार्क्सवाद – लेनिनवादको आधारमा शासन हुने एक पार्टी कम्युनिस्ट राज्यमा रूपान्तरित भएको थियो।
पोलपोटको जन्म फ्रेन्च कम्बोडियामा एक सम्पन्न समृद्ध किसान परिवारमा भएको थियो। उनको शिक्षा कम्बोडियाको सबैभन्दा अभिजात वर्ग स्कूलहरु मध्यमा शिक्षित थिए। १९४० को दशकमा पेरिसमा रहँदा उनी फ्रेन्च कम्युनिस्ट पार्टीमा सामेल भए। १९५३ मा कम्बोडिया फर्केर, उनी मार्क्सवादी – लेनिनवादी खमेर भियत मिन्ह संगठनमा सामेल भए र राजा नोरोदोम सिहानोकको नयाँ स्वतन्त्र सरकारको बिरूद्ध यसको छापामार युद्धमा संलग्न थिए। खमेर भियत मिन्हको १९५४ मा मार्क्सवादी – लेनिनवादी नियन्त्रित उत्तरी भियतनाममा फिर्ता पछि, पोलपोट नोम पेन्ह फर्किए, कम्बोडियाको मार्क्सवादी – लेनिनवादी आन्दोलनको केन्द्रीय सदस्य रहँदा शिक्षकको रूपमा काम गरे। १९५९ मा मा उनले कम्पुचियन लेबर पार्टी गठन गरी आन्दोलनलाई औपचारिक बनाउन मद्दत गरे, जसको नाम पछि कम्पुचिया कम्युनिस्ट पार्टी (सीपीके) राखियो। राज्यको दमनबाट बच्न, १९६२ मा उनी जंगल शिविरमा बसाई सरे र १९६३ मा सीपीकेका नेता बने। १९६८ मा, उनले सिहानोक सरकारको बिरूद्ध युद्ध पुनः सुरु गरे। सन् १९७० को 'कु' मा लोन नोलले सिहानोकलाई अपदस्थ गरेपछि, पोल पोटको सेनाले नयाँ सरकारको बिरुद्धमा पदच्युत नेताको पक्ष लिए, जसलाई संयुक्त राज्यको सेनाले समर्थन दिएको थियो। भियत कङ मिलिशिया र उत्तर भियतनामी सेनाद्वारा सहायता प्राप्त, पोल पोटको खमेर रूज सेनाले १९७५ मा पूर्ण रुपमा कम्बोडिया नियन्त्रणमा लियो ।
पोल पोटले कम्बोडियालाई प्रजातान्त्रिक क्याम्पुचिया भनिने एक दलीय राज्यमा रूपान्तरण गरे। उनले एक कृषिवादी समाजवादी समाज बनाउन खोजेका थिए। त्यहीँबाट एक कम्युनिस्ट समाज विकसित हुनेछ भन्ने कुरामा उनको विश्वास थियो। पोल पोटको सरकारले सहरी जनसंख्यालाई जबरजस्ती सामूहिक खेती काम गर्नको लागी ग्रामीण इलाकामा स्थानान्तरण गरीयो। पूर्ण समानतावाद लागु गर्ने अभियानमा, पैसा समाप्त गरियो र सबै नागरिकहरुलाई एउटै कालो लुगा लगाउन लगाइयो। पोल पोट कम्बोडियन नरसंहार, नियोजित अत्याचार र उत्पीडन र खमेर रुजको दुश्मन मानिने कम्बोडियाली नागरिकको हत्याको पछाडीको नेता थिए। नरसंहार, कुपोषण र खराब चिकित्सा स्याहारको कारण, कम्बोडियाको १५ देखि २० लाख मानिसहरू मारिएका थिए, जुन कम्बोडियाको जनसंख्याको लगभग एक चौथाई मानिसहरु मारिएका थिए। कम्पुचिया कम्युनिष्ट पार्टी भित्रको बारम्बारको शुद्धिकरणले असन्तोष बढ्दै गयो ; १९७८ मा कम्बोडिया सेनाले विद्रोह गरे। सीमा संघर्षको धेरै बर्षहरु पछि, १९७८ डिसेम्बरमा भर्खरै एकीकरण भएको एकीकृत भियतनामले कम्बोडियामा आक्रमण गरी पोल पोटको पतन भयो र १९७९ मा एक प्रतिद्वन्द्वी मार्क्सवादी - लेनिनवादी सरकार स्थापित भयो। खमेर रूज थाई सीमा नजिकै जंगलहरुमा इलाका बनाए, जहाँबाट उनीहरु लडाई जारी राखे। आफ्नो गिर्दो स्वास्थ्य अवस्थाको कारण पोलपोट आन्दोलनमा आफ्नो धेरै भूमिकाहरुबाट पछि हटे। १९९८ मा खमेर रूज कमाण्डर ता मोकले पोल पोटलाई नजरबन्दमा राखे, जसको केही समय पछि (१९९८ अप्रिल १५ मा) उनको मृत्यु भयो।
मार्क्सवाद – लेनिनवादको विश्वव्यापी प्रभाव उचाइमा पुगेको समयमा सत्ता कब्जा गरेका पोलपोट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका बीच विभाजित साबित भए। धेरैले उनी परम्परागत (अर्थोडक्स) मार्क्सवाद-लेनिनवादबाट विचलित भएको दाबी गरे, तर चीनले उनको सरकारलाई दक्षिणपूर्व एशियामा सोभियत प्रभावको बिरुद्ध एक बलवार्कको रूपमा समर्थन गर्यो। उनका समर्थकहरुको लागी, उनी भियतनामी साम्राज्यवादलाई टक्कर दिने कम्बोडियन सार्वभौमसत्ताको एक नेता र सोभियत संघको मार्क्सवादी संशोधनवादको बिरूद्ध उभिने नायक थिए। यसको विपरित, उनलाई कम्बोडियन नरसंहारमा उनको भूमिकाको लागी अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ र मानवता बिरुद्धको अपराधको दोषी एक अधिनायकवादी तानाशाहको रूपमा मानिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Pol Pot's daughter weds", The Phnom Penh Post, १७ मार्च २०१४, मूलबाट १० अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१४।
- ↑ "Khmer People's Revolutionary Party (KPRP)", GlobalSecurity.org, मूलबाट २७ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२०।