प्रकाश (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रकाश
नेपालीप्रकाश
निर्देशकदिनेश राउत
लेखकविकेश सुवेदी
निर्मातामहेन्द्र अधिकारी
मुख्य कलाकारप्रदीप खड्का
दिया मास्के
छायाङ्कनराजेश श्रेष्ठ
सम्पादनजीवन थापा
सङ्गीतताराप्रकाश लिम्बु
एलिश कार्की
दीपक शर्मा
सुवास भुषाल
वितरक
कम्पनी
डिएआर मुभिज एन्ड फिल्म्स इन्डस्ट्रिज प्रालि
वितरकडिएआर मुभिज एन्ड फिल्म्स
प्रदर्शन मिति
  • २६ अगस्ट २०२२ (2022-08-26)
देश नेपाल
भाषानेपालीडोटेली
बजेटनेरू २.५ करोड

प्रकाश डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिको ब्यानरमा दिनेश राउतद्वारा निर्देशित वि.सं २०७९ भदौ १० गतेका दिन सार्वजनिक गरिएको एक नेपाली कथानक चलचित्र हो। चलचित्रको कथानक नेपालको ग्रामीण भेगका एक व्यक्तिको जीवनमा आधारित छ जो विद्यालयको शिक्षक बन्ने सपना देख्छन्।[१][२][३] यस चलचित्रको सम्पूर्ण छायाँकन जुम्लामा गरिएको थियो। यस चलचित्रमा प्रदीप खड्का, दिया मास्के र रेनु योगीको अभिनय रहेको छ जसले यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा पर्दापण गरेकी हुन्। करिब २.५ करोड नेपाली रुपैयाँको बजेटमा निर्माण भएको 'प्रकाश' सबैभन्दा महँगो नेपाली चलचित्रहरू मध्ये एक हो। चलचित्र प्रकाश समाजको यथार्थतामा आधारित चलचित्र हो।[४][५] जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक युवक प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ।[६][७][८] आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको छ।[९]

यो चलचित्र भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, युरोपको केही भाग र मध्य पूर्वका केही भागसहित आठ देशमा एकसाथ सार्वजनिक भएको थियो। यी देशहरूका लागि वितरण अधिकार १.७२ करोडमा बिक्री गरिएको थियो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

वि.सं २०७७ फागुन ५ गतेका दिन चलचित्र निर्माण टोलीले एक औपचारिक कार्यक्रम गरी चलचित्रको निर्माणको घोषणा गरेको थियो। मङ्गलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौँस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणा गरिएको थियो। सोही वर्षको फागुन २७ गतेका दिन शिवरात्रीको अवसर परी चलचित्रको छायाङ्कन कार्यको थालनी गरिने जानकारी निर्देशक राउतले दिएका थिए। यस चलचित्रमा विकास सुवेदीको लेखन महेन्द्र अधिकारीको निर्माण, अनुप बरालको अभिनय निर्देशन, ताराप्रकाश लिम्बु, एलिसा कार्की र दीपक शर्माको सङ्गीत, उत्तम न्यैपानेको ध्वनि, शैलेश श्रेष्ठको पृष्ठभूमि, जीवन थापाको सम्पादन र राजेश श्रेष्ठको छायाङ्कन रहेको थियो।[१०] वि.सं २०७८ भित्र प्रदर्शनको लक्ष्य राखिएको चलचित्रलाई आरआर फिल्मस्का तर्फबाट रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका थिए। यसअघि सधैँ प्रेमप्रसङ्गयुक्त चलचित्रमा मात्र अभिनय गरेका खड्का यस चलचित्रमा भने फरक भूमिकामा देखिने भएका थिए। यस चलचित्रको सम्पूर्ण छायाङ्कन जुम्लामा गरिएको थियो।[११]

प्रदर्शनी[सम्पादन गर्नुहोस्]

वि.सं २०७९ जेठ १८ गतेका दिन निर्माण टोलीद्वारा चलचित्रको सानो अंश सार्वजनिक गरिएको थियो भने १० गतेका दिनबाट यो चलचित्र देशैभर प्रदर्शनमा आएको थियो।[१२] चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो। [१३]चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका निर्माण पक्षको भनाइ रहेको छ। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रको कथावस्तुलाई निकै मन परेको बताएकी थिइन्। भाे निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रमा खड्काको अभिनय हेर्दा आनन्द महसुस भएको बताएका थिए। विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले चलचित्र हेरेपछि यसले साँच्चिकै आफूलाई रूवाएको बताएका थिए। भदौ १४ गते चलचित्र हेर्न पुगेका मिश्रले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्।[१४] यस्तैगरी नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले चलचित्र प्रकाशको कथा निकै शसक्त रहेको बताएका थिए। भदौ १३ गते जमल स्थित विश्वज्योती चलचित्र भवनमा रात्रीकालिक सो हेर्न पुगेका थापाले प्रकाशले धेरै कुराहरू भनेको छ भन्दै आफुलाई कथा निकै सशक्त लागेको बताएका थिए।[१५]

चलचित्र प्रकाशलाई हलवालाहरूले विभेद गरेको भन्दै चलचित्र निर्माण टोलीलेे भदौ १० गतेका दिन एक कार्यक्रम गरि आक्रोश पोखेको थियो भने चलचित्रका अभिनेता प्रदीप खड्काले चोक–चोकमा प्रोजेक्टर लगाएर भए पनि दर्शकहरूलाई चलचित्र देखाउने घोषणा गरेका थिए। भदौ १० गते काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै चलचित्र निर्माता महेन्द्र अधिकारीले आफूहरू अन्यायमा परेको महसुस भएको बताएका थिए। प्रकाश चलचित्र दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा हेर्न पाउनुपर्नेमा वितरकले ध्यान नदिएको टोलीको भनाइ रहेको छ। उनले आफूले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको बताएका थिए। उनले आफूले बनाएको चलचित्रबारे केही नभन्ने भन्दै चलचित्र निर्णायक दर्शकले नै गर्ने धारणा राखेका थिए। अधिकारीले आफूले बनाएको चलचित्र दर्शकले समयमै हेर्न पाउनुपर्ने माग गरेका छन्। चलचित्रका अभिनेता प्रदीप खड्काले चलचित्र प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पूर्वाग्रही भयो कि भएन त्यो चाहिँ ठूलो कुरा भएको बताएका छन्। [१६]वितरकहरूले चलचित्रनै नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको भएतापनि दर्शकहरूले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाइ रहेको थियो।

कथानक[सम्पादन गर्नुहोस्]

पात्रहरू[सम्पादन गर्नुहोस्]

  • प्रदीप खड्का, प्रकाशको रूपमा
  • दिया मास्के, सीताको रूपमा (प्रकाशकी आमा)
  • रिनु योगी
  • प्रकाश घिमिरे
  • राजन खतिवडा
  • अम्जद पाभरेज
  • देवकुमार श्रेष्ठ
  • हुम बिसी
  • प्रशान्त श्रेष्ठ
  • गोविन्द सुनार

निर्माण[सम्पादन गर्नुहोस्]

  • दिनेश राउत - निर्देशक
  • महेन्द्र अधिकारी - निर्माता
  • विकास सुवेदी - लेखक
  • राजेश श्रेष्ठ - छायाँकार
  • जीवन थापा - सम्पादक
  • ताराप्रकाश लिम्बु - सङ्गीतकार
  • एलिश कार्की - सङ्गीतकार
  • दीपक शर्मा - सङ्गीतकार
  • सुवास भुषाल - सङ्गीतकार

सङ्गीत[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकशब्दसङ्गीतगायक(हरू)लम्बाइ
१."मान्छे मान्छे"अशोक शेरचनएलिश कार्कीसत्यराज आचार्य५:२१
२."जोर मैना"दीपक शर्मादीपक शर्माध्रुव बिस्को५:०६
कुल लम्बाइ:१०:२६

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. श्री, समर्पण (२०२२-०७-२२), "'प्रसाद'को गल्तीबाट 'प्रकाश'लाई जोगाउनु थियो : दिनेश राउत (अन्तर्वार्ता)", शिलापत्र डटकम, मूलबाट २०२२-०७-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१० 
  2. "प्रकाश ट्रेलर : शिक्षित युवाको शिक्षक बन्ने सङ्घर्ष (भिडियो)", खबरहब (नेपालीमा), २०२२-०७-१९, मूलबाट २०२२-०७-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२० 
  3. "प्रदीप खड्काद्वारा अभिनित चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक", इमेज खबर (नेपालीमा), २०२२-०७-१९, मूलबाट २०२२-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२० 
  4. "ट्रेलरमा यस्तो देखियो प्रदीपको ‘प्रकाश’", रातोपाटी (नेपालीमा), २०२२-०७-१९, मूलबाट २०२२-०७-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२० 
  5. "‘प्रकाश’को मर्मस्पर्शी ट्रेलर : सशस्त्र द्वन्द्वको घाउदेखि जुम्लाको तन्नेरी सपनासम्म", अनलाइन खबर (नेपालीमा), २०२२-०७-१९, मूलबाट २०२२-०७-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२० 
  6. "प्रकाश चलचित्रमा रिनु", मकालु खबर, २०२१-०१-२६, मूलबाट २०२२-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२० 
  7. मोक्तान, रीना (२०२२-०७-२१), "'हिरो' र 'कलाकार' दुवै बन्न चाहन्छन् प्रदीप", कान्तिपुर (दैनिक) (नेपालीमा), मूलबाट २०२२-०८-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२४ 
  8. "निम्नवर्गीयको कथा ‘प्रकाश’", अन्नपूर्ण पोष्ट (नेपालीमा), २०२२-०७-२१, मूलबाट २०२२-०७-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२५ 
  9. "प्रदीप खड्का अभिनित चलचित्र 'प्रकाश'को जुम्लामा प्रिमियर हुने", नेपाल न्युज, २०२२-०८-२१, मूलबाट २०२२-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-३० 
  10. "चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा", लेन्सनेपाल, २०२२-०८-२१, अन्तिम पहुँच २०२२-०८-३० 
  11. "फरक भूमिकामा देखिएका प्रदीप खड्का", समाचार दैनिक, २०२२-०८-२१, अन्तिम पहुँच २०२२-०८-३० 
  12. "चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिकः अभिनेता खड्का फरक भूमिकामा", मकालु खबर, २०२२-०८-२१, अन्तिम पहुँच २०२२-०८-३० 
  13. "चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा", खबरहब, २०२२-०८-२१, अन्तिम पहुँच २०७९ भदौ १० 
  14. "चलचित्र ‘प्रकाश’ले साँच्चिकै रूवाइ दियो ! : रवीन्द्र मिश्र", नेपाल पत्र, २०२२-०८-२१, अन्तिम पहुँच २०७९ भदौ १४ 
  15. "गगन थापाले भने– ‘प्रकाश’ को कथा निकै सशक्त छ", रातोपाटी, २०२२-०८-२१, अन्तिम पहुँच २०२२-०८-२९ 
  16. "चलचित्र ‘प्रकाश’लाई हलवालाकाे विभेद, निर्माण टिम आक्रोशित", मकालु खबर, २०२२-०८-२१, अन्तिम पहुँच २०२२-०८-२९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]