सामग्रीमा जानुहोस्

बालेन शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बालेन साहबाट अनुप्रेषित)
बालेन शाह
बालेन्द्र शाह
विसं २०७९ मा बालेन
काठमाडौँ महानगरपालिकाका पूर्व नगरप्रमुख
कार्यकाल
१६ जेठ २०७९ [] – २०८२ माघ ४ []
सहायकसुनिता डङ्गोल
पूर्वाधिकारीविद्यासुन्दर शाक्य
व्यक्तिगत विवरण
जन्म
बालेन्द्र शाह

(1990-04-27) २७ अप्रिल १९९० (उमेर ३५)
काठमाडौँ, नेपाल अधिराज्य
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी (२०८२ पुस - हाल)
जीवनसाथी
सविना काफ्ले
(
वि २०१८)
अभिभावकs
  • डा. रामनारायण शाह (पिता)
  • ध्रुवदेवी शाह (आमा)
मातृ शिक्षाप्रतिष्ठानविश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालय (अभियान्त्रिकी स्नातकोत्तर)
जीवनवृति
साङ्गीतिक जीवन
विधा
सक्रिय वर्षविसं २०६८–हाल

बालेन शाह (वास्तविक नाम: बालेन्द्र शाह; जन्म: २०४७ वैशाख १४) वि.सं. २०७९ साल जेठदेखि २०८२ माघ ४ सम्म काठमाडौँको नगर प्रमुखको रूपमा सेवारत एक नेपाली राजनीतिज्ञका साथसाथै र्‍यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र संरचनात्मक इन्जिनियर पनि हुन्।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

बालेन शाहको जन्म वि.सं. २०४७ वैशाख १४ गते नरदेवी, काठमाडौँमा रैथाने मधेशी परिवारमा भएको थियो र उनको न्वारनको नाम बालेन्द्र शाह हो।[] उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन्।[][] बालेनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ भने[] मामाघर धनुषा जिल्लाको जमुनिवास– ४ मा पर्दछ।[] शाहका हजुरबुवा मुनिलाल शाह एक जमिन्दार थिए।[] उनको परिवार अहिले त्रिभुवन विमानस्थल नजिकै रहेको तीनकुनेको गैरीगाउँमा बस्छन्।[]

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनी आफ्नो पेशाको क्रममा देशका ६५ वटा जिल्ला भ्रमण गरेको एक कार्यक्रममा बताएका थिए।[] २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए।[] उनले सबिना काफ्लेसँग विवाह गरेका छन्। शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी छिन्।[]

साङ्गीतिक जीवन

[सम्पादन गर्नुहोस्]

सानैदेखि बालेनको रुचि सङ्गीत र कवितामा थियो।[] उनले आफ्नो पहिलो गीत "सडक बालक" वि.सं. २०६९ मा गाएका थिए र याे गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए।[][]

काठमाडौँको नगर प्रमुख

[सम्पादन गर्नुहोस्]

र्‍याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि राखेका थिए।[] विवेकशील र साझा पार्टी छुट्टिएको बेला उनी विवेकशील पार्टीसम्म पुगेर काठमाडौँको नगर प्रमुखको उम्मेदवारको रूपमा विवेकशीलबाट उठ्न चाहेका थिए।[] शाह सुरुमा विवेकशील पार्टीप्रति आकर्षित थिए।[] उनी त्यतिबेला गायकका रूपमा मात्र चिनिन्थे र विवेकशील पार्टीले उनलाई पार्टीमा आउन आग्रह गरेको थियो तर शाहले विवेकशीलको सदस्यता लिएनन्।[] उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने तयारीमा लागेका थिए।[][१०]

शाहले स्थानीय तह निर्वाचन, २०७४मा मतदान गरेनन् र उनले वि.सं. २०७४ वैशाख ३१ गते आफ्नो फेसबुकमा "मैले आज भोट गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छुँ। मलाई देश बनाउन आउँछ। म अर्को पटक भोट गर्छु, र आफैँलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन्"। भनी लेखेका थिए[][] उनले वि.सं. २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचन, २०७९मा काठमाडौँ महानगरपालिकाको मेयरको पदमा चुनाव लड्ने घोषणा गरेका थिए।[११] शाहले आफु ९०,८३५ मत ल्याएर चुनाव जित्ने दावी गरेका थिए।[] काठमाडौँ महानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको थियो।[११][१२] वैशाख ११ गते शाहले आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेका थिए र उनको विपक्षमा एमालेबाट केशव स्थापित र काङ्ग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दिएका थिए।[११][१३] उनलाई वैशाख १७ मा निर्वाचन आयोगले लौरो चुनाव चिह्न दिएको थियो।[१४] वैशाख ३० गते सेतोपाटीले प्रकाशित गरेको मत सर्वेक्षणको अनुसार बालेनलाई नगरप्रमुख पदमा ४२% जनताले मतदान दिएको बताएका थिए।[१५]

वि.सं. २०७९ जेठ ११ गते उनको जित निश्चित भएको थियो।[१६] वि.सं. २०७९ जेठ १२ गते बालेन काठमाडौँको नगरप्रमुखको कार्यालयमा निर्वाचित भए भने उपप्रमुखमा सुनिता डङ्गोल निर्वाचित भएकी थिइन्।[१७][१८]

चुनावी इतिहास

[सम्पादन गर्नुहोस्]
काठमाडौँ
दल उम्मेदवार मतदान प्रतिशत
स्वतन्त्र बालेन शाह ६१, ७६७ ३८.६%
नेपाली काङ्ग्रेस सिर्जना सिंह ३८, ३४१ २४.०%
नेकपा एमाले केशव स्थापित ३८, ११७ २३.८%
स्वतन्त्र सुमन सायमी १३, ७७० ८.६%
राष्ट्रिय प्रजातन्त्र पार्टी मदनदास श्रेष्ठ ५, ७७० ३.६%
अरू २, १४१ १.३%
नतिजा बालेन शाह निर्वाचित
दर्ता भएका मतदाताहरू ३००,२४२[१९]
कुल मतदान १९१,१८६ ६३.६८
कुल मान्य मतहरू १५९, ९०६
अस्वीकृत मतपत्रहरू ३१, २८०
स्रोत : निर्वाचन आयोग
गीत टिप्पणीहरू वर्ष सन्दर्भ
"सबै लाई हतार छ" सन् २०२१
"स्टे ट्रु" सन् २०२१
"बलिदान" सन् २०२०
"लोकल ठिटो" सन् २०२०
"सावेज" सन् २०२०
"आस्तिक" सन् २०२०
"गोर्खाली तोप" सन् २०१९
"मार्फाको मदिरा" सन् २०१९
"मन यो उड्यो" सन् २०१६
"नेपाल हासेको" सन् २०१५
"आम नेपाली बुवा" सन् २०१३
"तथ्य" सन् २०१३
"सडक बालक" पहिलो गीत सन् २०१२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. मचामसी, अमित (१६ जेठ २०७९), "तस्वीरमा बालेनको शपथ ग्रहण", हिमालखबर, अन्तिम पहुँच २० जेठ २०७९ [स्थायी मृत कडी]
  2. दाहाल, फणीन्द्र, "काठमाडौँको मेयरबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा आउँदा बालेनलाई कति सहज", बीबीसी नेपाली (नेपालीमा), अन्तिम पहुँच ०४ माघ २०८२ 
  3. ३.० ३.१ ३.२ ३.३ बेलवासे, अस्मिता (१२ जेठ २०७९), "काठमाडौँका ‘लेन’मा बालेन", नागरीक, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  4. ४.० ४.१ ४.२ ४.३ दास, महेशकुमार (११ जेठ २०७९), "‘वालेन जितेर एक पटक गाउँ आऊ’", गोरखापत्र, मूलबाट ११ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  5. श्रेष्ठ, सुदीप (११ जेठ २०७९), "काठमाडौँले पर्खिरहेको मेयर बालेन शाह", सेतोपाटी, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  6. "काठमाडौँका मेयर उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?", लोक कलम, २९ वैशाख २०७९, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ ७.७ सत्याल, मनोज (१६ वैशाख २०७९), "कालो चस्माभित्र लुकेका बालेन शाह", सेतोपाटी, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  8. ८.० ८.१ बजगाईं, सुरेन्द्र (१९ बैशाख २०७९), "स्थापित दलका उम्मेदवारमाथि एक्लै भारी बनेका बालेन शाह", इकागज, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२६ मिति
  9. "र्‍यापर बालेन काठमाडौँ मेयरको उम्मेदवार बन्ने घोषणा, कलाकारहरूको समर्थन", नेपाल लाइभ, १३ पुस २०७८, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  10. "बालेनः स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी काठमाण्डू महानगरमा निर्वाचित भए, अब उनका चुनौती कस्ता", बीबीसी नेपाली, १३ जेठ, २०७९, अन्तिम पहुँच १३ जेठ २०७९ 
  11. ११.० ११.१ ११.२ राई, विवेक (२८ माघ २०७८), "र्‍यापर बालेन शाह किन उठ्दैछन् काठमाडौँका मेयर? (भिडिओ)", सेतोपाटी, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  12. दाहाल, मणि (१२ जेठ २०७९), "परम्परागत राजनीतिमाथि बालेन–विद्रोह", कान्तिपुर, अन्तिम पहुँच १२ जेठ २०७९ 
  13. "काठमाडौँ महानगरको मेयरमा बालेन शाहद्वारा उम्मेदवारी दर्ता", कान्तिपुर, ११ वैशाख २०७९, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  14. "बालेन शाह र अटेरीलाई लौरो चुनाव चिह्न", अनलाइनखबर, २०७९ वैशाख १७, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  15. "सेतोपाटी प्रक्षेपण: बालेन शाह चुनिने छन् काठमाडौँका मेयर", सेतोपाटी, ३० वैशाख २०७९, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  16. "काठमाडौँको मेयरमा वालेन्द्र साहको जित सुनिश्चित", कान्तिपुर, ११ जेठ २०७९, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  17. "काठमाडौँको मेयर बने बालेन शाह, उपमेयर सुनिता डङ्गोल", सेतोपाटी, १२ जेठ २०७९, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  18. "वालेन्द्र बने काठमाडौँ महानगरको मेयर", कान्तिपुर, १२ जेठ २०७९, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 
  19. "प्रेस विज्ञप्ति", निर्वाचन आयोग, मूलबाट १२ जेठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेठ २०७९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]