सामग्रीमा जानुहोस्

भुवनेश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुवनेश्वरी
शाक्त धर्ममा महादेवीपरब्रह्मको सर्वोच्च स्वरूपमध्ये एक
दश महाविद्याको सदस्य
पराशक्ति मन्दिरमा भुवनेश्वरीको मूर्ति
देवनागरीभुवनेश्वरी
आबद्ध
वासस्थानमणिद्वीप
अस्त्रपाश, अङ्कुश
वाहनसिंह
धर्मग्रन्थहरूदेवीभागवत पुराण
चाडपर्वहरूनौरथा, भुवनेश्वरी जयन्ती, आदि-पुरम्
रानीशिव (भुवनेश्वरको रूपमा)

भुवनेश्वरी एक हिन्दु देवी हुन्। उनी शाक्त धर्ममा दश महाविद्या देवीहरूमध्ये चौथो स्थानमा पर्छिन् र महादेवीको सर्वोच्च पक्षहरूमध्ये एक हुन्। भुवनेश्वरीको शाब्दिक अर्थ संसारकी ईश्वरी हुने भएकाले उनलाई सम्पूर्ण ब्रह्माण्डकी अधिष्ठात्री देवी मानिन्छ। शाक्त दर्शन अनुसार भुवनेश्वरीको निवास स्थान ब्रह्माण्डको सबैभन्दा उच्च लोक मानिन्छ।'मणिद्वीप' हो। भुवनेश्वरीलाई आफ्नो हातमा पाश र अङ्कुश धारण गरेको भनी चित्रण गरिन्छ जसले नियन्त्रण र अनुशासनलाई सङ्केत गर्दछ। देवीभागवत पुराणमा उनलाई आदि पराशक्तिको स्वरूपको रूपमा चिनिन्छ।

भुवनेश्वरी शब्द भुवनईश्वरी शब्दहरू मिलेर बनेको एक संस्कृत संयुक्त शब्द हो। यसको अर्थ "विश्वकी देवी" वा "ब्रह्माण्डकी रानी" भन्ने हुन्छ। यहाँ 'भुवन' भन्नाले त्रि-भुवन अर्थात् तीन क्षेत्रहरू: भू: (पृथ्वी), भुव: (वायुमण्डल) र स्व: (स्वर्ग) लाई बुझाउँछ। देवी भुवनेश्वरीलाई प्रायः उज्यालो रातो वर्णकी, तीनवटा आँखा भएकी र टाउकोमा अर्धचन्द्र धारण गरेकी देवीको रूपमा वर्णन गरिन्छ भने उनका चार हातहरू छन्। देवीका चार हातहरू मध्ये दुईवटामा पाश र अङ्कुश धारण गरिएको हुन्छ भने बाँकी दुई हातहरू वरदान दिने र सुरक्षा दिने मुद्रा राखिएका हुन्छन्।[][]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

डेभिड किन्सलेका अनुसार, भुवनेश्वरीको बारेमा एक समकालीन हिन्दी भाषाको स्रोतमा एउटा उत्पत्ति कथा उल्लेख छ। यश कथा अनुसार, ऋषिहरूले सोमरस अर्पण गरी तत्कालीन मुख्य शक्ति त्रिपुरसुन्दरीबाट शक्ति प्राप्त गरेपछि सूर्यले त्रैलोक्य (तीन लोक) को सिर्जना गर्छन्। सूर्यलाई लोकहरू सिर्जना गर्न शक्ति प्रदान गरिसकेपछि देवीले "एक उपयुक्त रूप धारण गरिन् र ती तीनै लोकहरूमा व्याप्त भई तिनलाई निर्देशित गरिन्"। उनको यही स्वरूप 'भुवनेश्वरी' नामले प्रसिद्ध हुन पुग्छ, जसको अर्थ "विश्वकी देवी" भन्ने हुन्छ। यो कथाले भुवनेश्वरी त्रिपुरसुन्दरीकै एक स्वरूप हुन् भन्ने कुरामा जोड दिन्छ।[]

भुवनेश्वरी देवीका लागि समर्पित धेरै मन्दिरहरू रहेका छन्।

भुवनेश्वरीलाई कर्नाटकको राज्य देवीको रूपमा पुजिन्छ। कर्नाटक स्थित भुवनेश्वरीको मन्दिर एक ऐतिहासिक स्थान हो र यो कर्नाटकको उत्तर कन्नड जिल्लाको सिद्धापुर तालुकाको भुवनागिरीमा अवस्थित छ।

  • विरुपाक्ष मन्दिर परिसरमा अवस्थित भुवनेश्वरी मन्दिर

राजधानी बेङ्गलुरुमा देवीको एक विशाल मूर्ति निर्माणाधीन अवस्थामा छ।

  • श्री श्री सन्तानन्द स्वामीजीद्वारा स्थापित देवी भुवनेश्वरीको एक शक्तिशाली तीर्थस्थल तमिलनाडुको पुदुकोट्टाईमा अवस्थित छ। ( अभिलेखिकरण २०२४-०८-०९ वेब्याक मेसिन)
  • भुवनेश्वरी देवीका लागि समर्पित अञ्चुमना देवी मन्दिर केरलाको एर्नाकुलममा अवस्थित छ।[]
  • भुवनेश्वरी देवीको अर्को समर्पित मन्दिर गुजरातको गोन्डलमा अवस्थित छ जसलाई सन् १९४६ मा स्थापना गरिएको थियो।[]
  • उत्तर अमेरिकामा, मिसिगनको पोन्टियाकस्थित पराशक्ति मन्दिरमा भुवनेश्वरीको पूजा गरिन्छ।[]
  • अस्ट्रेलियाको सिड्नीमा, मिन्टो स्थित श्री शिव मन्दिरमा भुवनेश्वरीको पूजा गरिन्छ।[]
  • महाराष्ट्रको साङ्गली जिल्ला, पलुस तालुकाको भिलावडी गाउँमा कृष्ण नदीको किनारमा, श्रीक्षेत्र औदुम्बरको विपरित दिशामा भुवनेश्वरी वाडीमा लगभग ८०० देखि १००० वर्ष पुरानो भुवनेश्वरी मन्दिर अवस्थित छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "MW Cologne Scan"
  2. Rashinkar, Vinita (६ अक्टोबर २०२२), The Sacred Sounds of Sri Vidya: The Secret to Manifesting Abundance, Notion Press, आइएसबिएन 9798887498652
  3. Kinsley, David (१८ अगस्ट १९९७), Tantric Visions of the Divine Feminine: The Ten Mahavidyas, University of California Press, पृ: 129–131, आइएसबिएन 978-0-520-20499-7, अन्तिम पहुँच २६ मार्च २०२५
  4. "Anchumana Devi Temple", मूलबाट २०२५-०२-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-१५
  5. अभिलेखिकरण २०१६-०४-२७ वेब्याक मेसिन
  6. "Welcome to Parashakthi (Eternal Mother) Amman Temple, Pontiac, Michigan, USA", Parashakthitemple.org, मूलबाट २०१२-०३-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०३-०३
  7. "Shri Shiva Temple", shrishivamandir.com.au, अन्तिम पहुँच २०२०-०६-१४
  8. "Bhuvaneshwari Temple"
  9. "Bhuvaneshwari Bhilwadi"