स्वतन्त्र व्यापार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

स्वतन्त्र व्यापार (अङ्ग्रेजी: Free Trade) भनेको आयात तथा निर्यातमा कुनै रोक नलगाउने व्यापार नीति हो। यसलाईइ अन्तराष्ट्रिय व्यापारमा लगाइएको विचारको रुपमा पनि मान्न सकिन्छ। सरकारमा,उदारवादी आर्थिक विचार राख्ने राजनैतिक दलले स्वतन्त्र व्यापारको पक्षमा वकालत गर्छन् भने आर्थिक रूपमा बामपन्थी तथा राष्ट्रवादी राजनैतिक दलले संरक्षणवाद,( स्वतन्त्र व्यापारको विपरित )को समर्थन गर्छन् ।[१][२][३][४]

स्वतन्त्र व्यापार पहिलो पटक अभिलेखीकरण एडम स्मिथद्वारा सन् १७७६ मा लेखिएको उनको पुस्तक "द वेल्थ अफ नेसन"मा गरिएको थियो। उनले यो तर्क दिएका थिए कि "यदि श्रम को विभाजन गरियो भने यसबाट श्रममा लागेका मानिसहरूलाई आफ्नो काममा विशेषज्ञता हासिल गर्नेछन् जसबाट सबैलाई बढी फाइदा हुनेछ र यो अन्य कुनै पनि तरीकाले सम्भव छैन।"

केयरनेसको अनुसार यदि राष्ट्रले केवल व्यापारमा नाफा लिनको लागि मात्र गर्दछन् भने उनीहरूको स्वतन्त्र व्यापारको गतिविधिमा कुनै हस्तक्षेपले उनीहरूलाई त्यो सुविधाबाट वञ्चित गर्दछ।

बेस्टबिलका अनुसार स्वतन्त्र व्यापारको व्यावहारिक नियम भनेको यसमा सबै प्रकारका कृत्रिम प्रतिबन्ध हटाउनु वा यसलाई बढाउने उपायहरू गर्नु वा कुनै खास उद्योगलाई प्रोत्साहन दिन रोक्न वा प्रशासनलाई राजस्व प्राप्त गर्न बोलाउनु हो। चाहे अरू कुनै उद्देश्यको लागि सडकको बराबरको उत्पादन शुल्क लगाउने वा रोक्ने काम विदेश व्यापारको सिद्धान्तबाट लिइएको हो।

विशेषता[सम्पादन गर्ने]

स्वतन्त्र व्यापार नीतिले उल्लेल्खित विशेषताको प्रवर्दन गर्दछ:[स्रोत नखुलेको]

  • कुनै पनि कर (भन्सार ट्यारिफ सहितको) तथा अन्य व्यापार अवरोध (e.g. आयातमा कोटा वा उत्पादकलाई सुबिधा) विनाको वस्तुको व्यापार
  • कर तथा अन्य कुनै व्यापार अवरोध विना सेवाको व्यापार
  • कुनै एक व्यापारिक फर्मलाई मात्र फाइदा पुग्ने नीति (कर छुट वा सुब्बिधा), नियमन नहुनु
  • बजारमा अनियन्त्रित पहुँच
  • बजार सुचना सम्म पहुँच
  • सरकारले लगाएका एकाधिकार वा अल्पाधिकारको माध्यमले फर्म तथा कम्पनीले बजारलाई बिकृत गर्न नसक्नु
  • स्वतन्त्र व्यापारलाई प्रोत्साहित गर्ने व्यापार सम्झौता

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Murschetz, Paul (२०१३), State Aid for Newspapers: Theories, Cases, Actions, Springer Science+Business Media, पृ: 64, आइएसबिएन 978-3642356902, "Parties of the left in government in adopt protectionist policies for ideological reasons and because they wish to save worker jobs. Conversely, right-wing parties are predisposed toward free trade policies." 
  2. Peláez, Carlos (२००८), Globalization and the State: Volume II: Trade Agreements, Inequality, the Environment, Financial Globalization, International Law and Vulnerabilities, United States: Palgrave MacMillan, पृ: 68, आइएसबिएन 978-0230205314, "Left-wing parties tend to support more protectionist policies than right-wing parties." 
  3. Mansfield, Edward (२०१२), Votes, Vetoes, and the Political Economy of International Trade Agreements, Princeton University Press, पृ: 128, आइएसबिएन 978-0691135304, "Left-wing governments are considered more likely than others to intervene in the economy and to enact protectionist trade policies." 
  4. Warren, Kenneth (२००८), Encyclopedia of U.S. Campaigns, Elections, and Electoral Behavior: A-M, Volume 1, SAGE Publications, पृ: 680, आइएसबिएन 9781412954891, "Yet, certain national interests, regional trading blocks, and left-wing anti-globalization forces still favor protectionist practices, making protectionism a continuing issue for both American political parties." 

बाह्य कडीहरू[सम्पादन गर्ने]