एमानुएल माक्रोँ
एमानुएल माक्रोँ | |
---|---|
फ्रान्सका राष्ट्रपति | |
पद बहाली १४ मे २०१७ | |
प्रधानमन्त्री | |
पूर्वाधिकारी | फ्रँस्वा ओलँद |
अर्थव्यवस्था र वित्त मन्त्रालय (फ्रान्स) | |
कार्यकाल २६ अगस्त २०१४ – ३० अगस्त २०१६ | |
प्रधानमन्त्री | मानुएल भाल्स |
पूर्वाधिकारी | आर्नो मोँत्बुर |
उतराधिकारी | मिसेल सापेँ |
अन्य... | |
व्यक्तिगत विवरण | |
जन्म | एमानुएल जँ-मिसेल फ्रेदेरिक माक्रोँ २१ डिसेम्बर १९७७ आम्येँ, फ्रान्स |
राजनीतिक दल | ला रेपुब्लिक एन मार्च (सन् २०१६–हाल) |
अन्य राजनीतिक संलग्नता |
|
जीवन साथी | |
अभिभावकहरू |
|
निवास | एलिजे दरबार |
मातृ शिक्षाप्रतिष्ठान |
|
हस्ताक्षर | |
वेबसाइट | Elysee website |
एमानुएल माक्रोँ (फ्रान्सेली: [emanɥɛl ʒɑ̃ miʃɛl fʁedeʁik makʁɔ̃]; (उच्चारण:एमानुएल जँ मिसेल माक्रोँ) जन्म सन् १९७७ डिसेम्बर २१) फ्रान्सका राजनीतिज्ञ र राष्ट्रपति हुन्।[१] सन् २०१७ मा ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भएर उनी सबैभन्दा कम उमेरमा राष्ट्रपति बन्न सफल भएका थिए।[२] सन् १९५८ मा फ्रान्समा गणतन्त्र स्थापना भएपछि त्यहाँका दुई प्रमुख परम्परागत राजनीतिक दलबाट राष्ट्रपति चयन हुँदै आएकोमा उनी अर्कै राजनीतिक दलको नेतृत्व गरेर निर्वाचित हुने पहिलो राजनीतिज्ञ हुन्। माक्रोँ युरोप समर्थक मध्यमार्गी नेता मानिन्छन्।[३]
म्याक्रोन सन् २०२२ फ्रान्सेली राष्ट्रपतिय निर्वाचन मा मरिन ले पेनलाई नै पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए। सन् २००२ पछि दोस्रो कार्यकालको लागि पुनः निर्वाचित हुने हुने पहिलो राष्ट्रपति हुन्।[४]
राष्ट्रपति निर्वाचन
[सम्पादन गर्नुहोस्]माक्रोँले राष्ट्रपति निर्वचनमा कुल मतको ६५ प्रतिशत मत प्राप्त गरेका थिए। उनी पेशाले एक व्यापारी र युरोपेली सङ्घका समर्थक हुन्। माक्रोँसँग पराजित भएकी राष्ट्रपति उम्मेदवारकी प्रत्यासी मरिन ले पेनले राष्ट्रवादी नारा 'फ्रान्स पहिले' भन्दै आप्रवासीहरूको विरोध गरेकी थिइन्।
राजनैतिक जीवन
[सम्पादन गर्नुहोस्]माक्रोँलाई धेरैले मध्यमार्गी नेताको रूपमा चिन्ने गर्छन्।[५][६][७][८][९][१०] केही अवलोकनकर्ताहरूले उनलाई सामाजिक उदारवादीको रूपमा व्याख्या गर्ने गरेका छन्[११][१२][१३][१४][१५] र अन्यले उनलाई सामाजवादी प्रजातन्त्रवादी नेताको रूपमा हेर्छन्।[१६][१७][१८] उनी फ्रान्सको समाजवादी दलमा रहँदा उनले पार्टीको मध्यमार्गी नीतिलाई समर्थन गर्ने गरेका थिए।[१९] उनको राजनैतिक झुकाव बिल क्लिन्टन, टोनी ब्लेयर र गेहार्ड स्क्रोडरको 'तेश्रो मार्ग' तर्फ थियो।[२०][२१][२२][२३]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]माक्रोँले खुला बजार अर्थतन्त्रको पक्षमा मत राख्छन् र सार्वजनिक वित्तीय घाटा कम गर्न विश्वास गर्छन्।[२४] उनले सन् २०१५ को एक अन्तर्वार्तामा पहिलो पटक आफैँले आफुलाई 'उदारवादी' भनि भनेका थिए। उनले आफुलाई सामूहिक एकताको पक्षधर भएको र दक्षिणपन्थी र बामपन्थी नभएको भनेका थिए।[२५][२६]
माक्रोँ कर कटौतीका पक्षधर समेत हुन्। उनले सन् २०१७ को राष्ट्रपतिय निर्वाचनमा करको दर ३३.३% बाट २५% मा झार्ने प्रस्ताव गरेका थिए। माक्रोँ लगानी आयको कर पनि हटाउन चाहन्छन्।[२७] माक्रोँले फ्रान्सको १ करोड ८० लाख घरलाई पनि स्थानीय आवासीय करबाट मुक्त गर्न चाहन्थे र आफ्नो २०१७ राष्ट्रपतिय निर्वाचनमा यसलाई 'अनुचित'को रूपमा प्रस्तुत गरेका थिए।[२८][२९][३०]
विदेश नीति
[सम्पादन गर्नुहोस्]माक्रोँले अल्जेरियामाथि फ्रान्सको उपनिवेशकरणलाई 'मानवता विरुद्धको अपराध' भनी व्याख्या गरेका थिए।[३१][३२]
माक्रोनले २०११ मा लिबियामा भएको हस्तक्षेपलाई "ऐतिहासिक भुल" भएको बताएका थिए।[३३]
सन् २०१७ जनवरीमा, उनले फ्रान्सलाई बसर अल असदसँग वार्ता गर्नुपर्ने सहितको अझ बढी सन्तुलित नीतिको आवश्यकता रहेको बताएका थिए।[३४] सन् २०१७ अप्रिलमा, रासायनिक हमाला भएपछि माक्रोँले असद सरकारविरुद्ध संयुक्त राष्ट्रको मातहतमा रहेर सैन्य हस्तक्षेप गर्ने प्रस्ताव गरेका थिए।[३५] उनले यदि सिरियाली सत्ताले रासायनिक हतियारको प्रयोग गरेमा उनले सजाय दिने चेतावनी पनि दिएका थिए।[३३]
उनले राष्ट्रपति फ्राँस्वा होलान्दको इजरायल नीतिलाई निरन्तरता दिए र प्यालेस्टाइनलाई मान्यता दिन अस्वीकार गरेका थिए।[३६] सन् २०१८ मे महिनामा, माक्रोँले गाजा सिमा क्षेत्रमा विरोध प्रदर्शनको क्रममा प्यालेस्टाइनी विरुद्ध इजरायली सशस्त्र बलले गरेको हिंसाको निन्दा गरेका थिए।[३७]
माक्रोनले २०१६ मा म्यानमारमा भएको रोहिङ्ग्य मुस्लिम विरुको उत्पीडनको निन्दा गरेका थिए। उनले त्यस अवस्थालाई "जनसंहार" र "जातीय सफाया" भनी व्याख्या गरेका थिए, र संयुक्त राष्ट्र नेतृत्वमा हस्तक्षेप गरिनुपर्ने सङ्केत गरेका थिए।[३८]
मारोनले यमनी विद्रोही बिरुद्ध साउदी अरब नेतृत्वको सैन्य अभियानलाई समर्थन गरे।[३९] उनले साउदी नेतृत्वको गठबन्धनलाई हतियार बेच्ने फ्रान्सको कदमको पनि बचाउ गरे।[४०] केही दक्षिणपन्थी समूहहरूले फ्रान्सले यमनमा साउदी नेतृत्वको गठबन्धनको सदस्यलाई हतियार बेचेर राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको तर्क गरे।[४१][४२]
आप्रवासन
[सम्पादन गर्नुहोस्]माक्रोँले जर्मनीमा एन्जेला मर्केल जस्तै मध्य पूर्व र अफ्रिकाका आप्रवासीको लागि खुला ढोका नीतिको समर्थन गर्छन्।[४३] उनले फ्रान्समा आप्रवासी र मुसलमानप्रति सहिष्णुताको प्रवर्द्धन गर्छन्।[४४][४५] माक्रोँले आप्रवासीहरूलाई स्थापित गर्न सक्ने र युरोपमा उनीहरूलाई स्वागत गर्न सक्ने फ्रान्सको क्षमताप्रति विश्वास गरेका छन्। उनीहरूको आगमनले सकारात्मक आर्थिक प्रभाव पर्ने उनको विश्वास छ।[४६]
धर्म निरपेक्षता
[सम्पादन गर्नुहोस्]माक्रोँ धर्म निरपेक्षताको सिद्धान्तका पक्षधर हुन्। उनले सबैलाई सम्मानपूर्वक आफ्नो धर्म मान्न दिनु हाम्रो दायित्व रहेको बताएका छन्।[४७] सन् २०१६ जुलाईको एक बैठकमा माक्रोंले विश्वविद्यालयमा मुस्लिम हिजाबमा प्रतिबन्ध गर्ने बारे उनले व्यक्तिगत रुपमा, नयाँ पाठ्यपुस्तक, नयाँ कानून, नयाँ मापदण्ड बनाउन पर्छ भन्नेमा विश्वास नगर्ने गरेको मत राखेका थिए।"[४८]
२ अक्टोबर २०२० मा, उनले फ्रान्सको सहिष्णु मान्यता को बचाऊमा, जसको विरुद्ध उनले "इस्लामिक रुढीवाद" शब्दको प्रयोग गरे, एक योजना सार्वजनिक गरे। उनले कट्टर मुस्लिम अभियानकर्मीको कारणले इस्लाम सङ्कटमा रहेको कुरा बताए। उनले १९०५ को कानुन, जसले आधिकारिक रुपमा चर्च र राज्यलाई छुट्ट्याएको थियो, सुदृढ गर्न सरकारले डिसेम्बरमा एक बिधेयक प्रस्तुत गर्ने बताए।[४९] उनले चार्ली हेब्डोले प्रकाशित गरेको मोहम्मदको व्यंग्यात्मक कार्टुन को बचाऊ गरेका थिए, त्यसपछि उनले मुस्लिम समुदाय तथा राष्ट्रबाट बहिस्कार हुनु परेको थियो।। धेरै मुस्लिमले फ्रान्सेली उत्पादन बहिष्कार गर्न प्रदर्शन गरे, भने युरोपेली नेताहरूले उनको बक्तव्यलाई समर्थन गरे।[५०]
शिक्षा
[सम्पादन गर्नुहोस्]माक्रों विद्यालय तथा विश्वविद्यालयलाई अझ बढी स्वायत्तता कुरालाई समर्थन गरेका छन्।[५१][५२] माक्रों स्कुलले अनुभवी शिक्षकलाई बढी तलब दिनु पर्ने र उनीहरूलाई अझै बढी शैक्षिक स्वतन्त्रता दिनुपर्ने बाध्यात्मक कार्यक्रम सिर्जना गरेका छन्।[५१]
राष्ट्रवाद
[सम्पादन गर्नुहोस्]२०१८ नोबेम्बरमा , उनले राष्ट्रबाद र देशभक्ति बिल्कुल बिपरित रहेको बताएका थिए [५३] उनको परिभाषा गलत थियो भनेर उनले आलोचना पनि सामना गर्नु पर्यो।[५४][५५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "फ्रान्सको राष्ट्रपतिमा एमानुएल माक्रों विजयी"। रेडियो कान्तिपुर। सङ्ग्रह मिति १० डिसेम्बर २०२०।
- ↑ "फ्रान्समा सबैभन्दा कम उमेरका राष्ट्रपति उम्मेदवार जितको दिशातिर"। पहिलो पोस्ट। सङ्ग्रह मिति १० डिसेम्बर २०२०।
- ↑ "माक्रोँ: ट्रम्प फौज फिर्ता नगर्न सहमत"। बीबीसी नेपाली। सङ्ग्रह मिति १० डिसेम्बर २०२०।
- ↑ Spencer, Mimosa; Jabkhiro, Juliette; Foroudi, Layli (२०२२-०४-२४), "France's Macron beats Le Pen to win second term", Reuters (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-२४।
- ↑ "France's Macron Joins Presidential Race to 'Unblock France'", BBC, UK, १६ नोभेम्बर २०१६, अन्तिम पहुँच २६ अप्रिल २०१७।
- ↑ "French election: Far right Marine Le Pen and centrist Emmanuel Macron through to final round", London Evening Standard, २४ अप्रिल २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७।
- ↑ "France's Fillon overtakes centrist Macron in election ratings – poll", Reuters, २१ फेब्रुअरी २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७। वेब्याक मेसिन अभिलेखिकरण २६ अप्रिल २०१७ मिति
- ↑ "Centrist Macron and far-right Le Pen in French presidency fight", The Scotsman, २४ अप्रिल २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७।
- ↑ "France election: Centrist rising star Macron urges unity", BBC News, ४ फेब्रुअरी २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७।
- ↑ "Right-wing Le Pen claims victory alongside centrist Macron for French presidential runoff, with E.U. future at stake", The Washington Post, २३ अप्रिल २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७।
- ↑ "Macron ou la "révolution passive" des élites françaises", Slate (फ्रान्सेलीमा), २९ मे २०१६, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Valls II: social-démocrate ou social-libéral ?", Libération (फ्रान्सेलीमा), २७ अगस्ट २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;unBanquier
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Jalabert, Pascal, "La ligne social libérale passe par Macron", Est Républicain (फ्रान्सेलीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Macron, l'anti-Montebourg" (फ्रान्सेलीमा), leJDD.fr, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Nommé à Bercy, l'ancien banquier Emmanuel Macron fait consensus", Le Point, २७ अगस्ट २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ Biseau, Grégoire; Allemagna, Lilian (२६ अगस्ट २०१४), "Valls et les jeunes loups hollandais", Libération, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Ils ont marqué 2012 : Emmanuel Macron, l'enfant prodige de l'Elysée", Tempsreel.nouvelobs.com, २८ डिसेम्बर २०१२, अन्तिम पहुँच १ फेब्रुअरी २०१७। वेब्याक मेसिन अभिलेखिकरण ३ अगस्ट २०१७ मिति
- ↑ "Gauche, droite, centre... qui peut s'allier à Macron?", Bfmtv.com, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "C'est la confiance des entreprises que Manuel Valls doit vraiment obtenir", Slate, १७ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Manuel Valls, c'est le blairisme, mais plus à droite encore", Tempsreel.nouvelobs.com, २९ अगस्ट २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७। वेब्याक मेसिन अभिलेखिकरण ३ अगस्ट २०१७ मिति
- ↑ Perrineau, Pascal (२०१६), "Les droites en France à l'horizon de 2017", Le Débat 191 (4/191): 113–20, डिओआई:10.3917/deba.191.0113।
- ↑ "Valls and Macron have much in common...apart from their poll ratings", Financial Times, १२ जनवरी २०१६, अन्तिम पहुँच ८ फेब्रुअरी २०१७।
- ↑ "Avec Macron, l'Elysée décroche le poupon", Libération, १७ सेप्टेम्बर २०१२, मूलबाट ७ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१७। वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०१५ मिति
- ↑ "Emmanuel Macron: "Le libéralisme est une valeur de la gauche"", Le Monde, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Emmanuel Macron, l'homme qui excelle pour ne pas répondre aux questions" (फ्रान्सेलीमा), Marianne.net, ४ सेप्टेम्बर २०१६, मूलबाट १५ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Macron Sets Out Tax Policies For France", tax-news.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ जुलाई २०१७। वेब्याक मेसिन अभिलेखिकरण ५ अगस्ट २०२० मिति
- ↑ France, Connexion, "Macron's planned tax reforms and you", connexionfrance.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ जुलाई २०१७। वेब्याक मेसिन अभिलेखिकरण ३ अगस्ट २०१७ मिति
- ↑ "Taxe d'habitation: Macron avait bien promis son exonération "en début de quinquennat"", Le Huffington Post, अन्तिम पहुँच २२ जुलाई २०१७।
- ↑ "Comment Macron compte supprimer la taxe d'habitation pour 80% des Français" (fr-FRमा), अन्तिम पहुँच २२ जुलाई २०१७। वेब्याक मेसिन अभिलेखिकरण ३ अगस्ट २०१७ मिति
- ↑ "Emmanuel Macron loses lead in French election polls after remarks on colonial Algeria and gay marriage spark outrage", The Daily Telegraph, १८ फेब्रुअरी २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७।
- ↑ Genin, Aaron (२०१९-०४-३०), "FRANCE RESETS AFRICAN RELATIONS: A POTENTIAL LESSON FOR PRESIDENT TRUMP", The California Review (en-USमा), अन्तिम पहुँच २०१९-०५-०१।
- ↑ ३३.० ३३.१ Sophie Pedder (३० सेप्टेम्बर २०१७), "President Macron wants France to play a bigger part in Europe", द इकोनोमिस्ट।
- ↑ "France's presidential hopeful Macron pushes for Syria talks", Fox News Channel, २४ जनवरी २०१७।
- ↑ Valens, Marco (७ अप्रिल २०१७), "Le Pen 'Shocked' By Trump's Decision to Hit Syria, Macron Urges Military Intervention", The Issue, अन्तिम पहुँच २५ अप्रिल २०१७। वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१७ मिति
- ↑ "Emmanuel Macron: "Faire de la destitution d'Assad un préalable à tout a été une erreur"", Le Monde (फ्रान्सेलीमा), २४ जनवरी २०१७, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "France's Macron condemns Gaza violence, to call Israeli PM Tuesday". Reuters. 14 May 2018.
- ↑ "French President labels attacks on Rohingya minority as 'genocide'", sbs.com.au, अन्तिम पहुँच ५ अक्टोबर २०१७।
- ↑ "France's Macron defends Saudi arms sales, to hold Yemen conference", Reuters, १० अप्रिल २०१८।
- ↑ "French government faces legal pressure over arms sales to Saudi, UAE", Reuters, ६ मे २०१८। वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०२० मिति
- ↑ "Will Macron Have Courage to End Arms Sales to Saudis?", Le Monde, १४ सेप्टेम्बर २०१७।
- ↑ "Pressure mounts on Macron over arms sales to Saudi Arabia, UAE", Reuters, २२ मार्च २०१८।
- ↑ "Accueil des réfugiés : "Un devoir" pour Macron", Le Parisien (Frenchमा), अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ "Accueil des réfugiés : "Un devoir" pour Macron", Le Parisien (Frenchमा), अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ Rubin, Alissa J. (१९ अप्रिल २०१७), "Macron Wants to Change France. But Will Voters Elect an Unknown?", The New York Times, आइएसएसएन 0362-4331, अन्तिम पहुँच २४ अप्रिल २०१७।
- ↑ "Macron : "L'arrivée de réfugiés est une opportunité économique"", Le Figaro, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ Rose, Michel (१८ अक्टोबर २०१६), "Macron outlines vision of French Islam, drops more ambition hints", Reuters, अन्तिम पहुँच २५ अप्रिल २०१७।
- ↑ "Voile à l'université: Macron prend le contre-pied de Valls", Le Figaro (फ्रान्सेलीमा), १२ जुलाई २०१६, अन्तिम पहुँच १ फेब्रुअरी २०१७।
- ↑ https://www.aljazeera.com/news/2020/10/2/macron-announces-new-plan-to-regulate-islam-in-france
- ↑ https://www.cnn.com/2020/10/26/europe/france-boycott-muslim-countries-macron-intl/index.html
- ↑ ५१.० ५१.१ "Emmanuel Macron sur l'éducation : un air de déjà-vu", L'Obs (fr-FRमा), अन्तिम पहुँच २२ जुलाई २०१७।
- ↑ Stromboni, Camille (१ सेप्टेम्बर २०१६), "Emmanuel Macron prône plus de liberté pour l'université", Le Monde.fr (फ्रान्सेलीमा), आइएसएसएन 1950-6244, अन्तिम पहुँच २२ जुलाई २०१७।
- ↑ Liptak, Kevin (१२ नोभेम्बर २०१८), "Emmanuel Macron rebukes nationalism as Trump observes Armistice Day", CNN, अन्तिम पहुँच ४ डिसेम्बर २०१८।
- ↑ "The French president and the alt-right both get nationalism wrong", The Washington Post, अन्तिम पहुँच ४ डिसेम्बर २०१८।
- ↑ "Steve Hilton: Trump is right, French President Macron completely wrong about nationalism", Fox News Channel, ११ नोभेम्बर २०१८, अन्तिम पहुँच ४ डिसेम्बर २०१८।