नमस्ते झरना
स्वरूप
नमस्ते झरना | |
---|---|
स्थान | भेडेटार, धनकुटा, नेपाल |
निर्देशाङ्क | २६°५२′१६″N ८७°१९′४८″E / 26.871°N 87.330°E |
प्रकार | झरना |
जम्मा उचाइ | ८० मिटर |
झरना सङ्ख्या | १ |
नमस्ते झरना धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको छ।[१] नेपालको पूर्वी भागमा रहेको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट यो झरना लगभग आठ किलोमिटरको दुरीमा सिम्सुवा भन्ने स्थानमा रहेको छ। यो झरना अनुमानित ८० मिटर अग्लो रहेको छ।[२][३] यो झरनाको शीरलाई लिम्बुनी लोहोसे भनिन्छ।[४]
पर्यटन
[सम्पादन गर्नुहोस्]यो झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्दो छ।[५][६] यो झरनामा रमाइलो र वनभोज गर्नको निमित्त नेपालको पूर्वी जिल्लाहरू धनकुटा, झापा, मोरङ, सुनसरीबाट हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन्।
भूगोल
[सम्पादन गर्नुहोस्]यो झरना धरान-धनकुटा मार्गमा रहेको सिम्सुवा मोडबाट खालै खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ। झरना भएको मूल स्थानसम्म पुग्न पैदल बाटोको प्रयोग गर्नुपर्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नमस्ते झरना पर्यटकको पहिलो रोजाई बन्दै", हिमशिखर टिभी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-१४ मिति
- ↑ "पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२।
- ↑ "नमस्ते झरना : डेढ महिनापछि फेरि सर्वसाधारणका लागि खुला", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२।
- ↑ "नमस्ते झरना", जिल्ला विकास समितिको कार्यालय, धनकुटा।
- ↑ "पर्यटक लोभ्याउँदै नमस्ते झरना", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२।
- ↑ "नमस्ते झरना : डेढ महिनापछि फेरि सर्वसाधारणका लागि खुला", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२।