बस्न्यात परिवार
बस्न्यात काजी खलक/बस्न्यात काजी वंश बस्न्यात भारदार परिवार | |
---|---|
भारदार परिवार | |
राष्ट्र | नेपाल |
सम्पदा | तिलङ्गा घर |
उपाधिहरू | काजी |
सम्बोधन शैलीहरू | काजी साहेब, बस्न्यात काजी |
स्थापना | १८ औँ शताब्दी |
संस्थापक शासक | शिवराम सिंह बस्न्यात |
अन्तिम शासक | कुलमान सिंह बस्न्यात वीरध्वज बस्न्यात |
अपदस्थ | वि.सं. १९०३ (भण्डारखाल पर्व) |
जातियता | खस क्षेत्री |
धर्म | हिन्दु |
कुलघरान/गोत्र | श्रीपाली बस्नेत |
बस्न्यात काजी खलक वा बस्न्यात काजी वंश वा बस्न्यात भारदार परिवार १८ औँ देखि १९ औँ शताब्दीको गोरखा राज्य/नेपाल अधिराज्यको एक राजनीतिक परिवार थियो । यस परिवारका संस्थापक सेनापति बडावीर शिवराम सिंह बस्न्यात थिए । उनका वंशजहरूले नेपालको राजनैतिक तथा सैनिक सेवामा जीवनयापन गरेका थिए । यस वंशका पुरुष व्यक्तित्वहरूलाई बस्न्यात काजी भनी सम्बोधन गरिन्थ्यो । यो वंश श्रीपाली बस्नेत कुलघरानको थियो जुन क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको सम्बन्ध पाँडे वंशसँग लामो समयसम्म रह्यो ।
बस्न्यात वंशको उदय गोरखाका राजा पृथ्वीनारायण शाहको पालाबाट सुरू भएको थियो । शिवरामसिंहका माहिंला छोरा काजी केहरसिंहले राजा पृथ्वीनारायणका आग्रहमा काजी कालु पाँडेकी छोरी चित्रावती देवीसँग विवाह गरेका थिए । दुवै परिवारको यो सम्वन्धलाई राजा पृथ्वीनारायणले दिव्योपदेशमा पाँडेको ढाल बस्न्यातको तरबार भनेका थिए र त्यसैको बलमा नेपाल चढाइ गर्याको बताएका थिए । ईसा १८औं शताब्दीको अन्त्यतिर बस्न्यात भारदारहरू - अभिमान सिंह बस्न्यात, कीर्तिमान सिंह बस्न्यात र बख्तावर सिंह बस्न्यातले शीर्ष भारदारको (काजी, मूलकाजी) भूमिका निर्वाह गरेका थिए । वि.सं. १९०३ को भण्डारखाल पर्वमा जङ्गबहादुर राणाले मच्चाएको नरसंहारमा यो वंश नेपालको राजनैतिक शक्तिसमुहबाट बाहिरिएको थियो । उक्त पर्वलाई बस्न्यात पर्व पनि भनिन्थ्यो ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]शिवराम सिंह बस्न्यात गोरखाका श्रीपाली घरानाका जयराम सिंह बस्न्यातका छोरा थिए । उनी गोरखा राज्यको सेनापति भए । उनको विवाह बगाले थापाकी छोरी शूरप्रभासंग भएको थियो । डा. निरञ्जनमान सिंह बस्न्यातका अनुसार शूरप्रभा थापा वंशका पूर्वज विक्रम थापाकी दिदी/बहिनी तथा भारदार वीरभद्र थापा (भीमसेन थापाका हजुरबुवा)की फुपू हुन्। शूरप्रभासंग शिवरामसिंहको ४ पुत्रहरू भए - नाहर सिंह, केहर सिंह, अभिमान सिंह र धोकल सिंह थिए। धोकल सिंह एक गर्भे टुहुरो थियो जब उनका पिता शिवरामसिंहको देहान्त वि.सं। १८०३ फागुनमा साँगाचोकको युद्धमा भयो ।[१] परिवारका तीन पुरुषहरू मूलकाजी भएका थिए - अभिमान सिंह, कीर्तिमान् सिंह बस्न्यात र बख्तावर सिंह बस्न्यात ।
पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://therisingnepal.org.np/news/32921 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१७ मिति