कर्णवेध संस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

उपनयन अथवा व्रतबन्धभन्दा अघि गरिने यस संस्कारलाई कर्णभेद संस्कार भनिन्छ । यसलाई प्रचलित शब्दमा कान छेड्ने पनि भनिन्छ । बालबालिका दुबैको कर्णभेद (कान छेड्ने) संस्कार गरिन्छ ।

महत्त्व[सम्पादन गर्नुहोस्]

हिन्दु संस्कारहरू दृष्य रूपमा धर्ममूलक भए तापनि अदृष्य रूपमा यिनिहरूको वैज्ञानिक महत्त्व पनि रहेको हुन्छ । दुबै कान छेडाइले कानका स्नायुहरू सक्रिय हुन्छन् । यो एक प्रकारको अक्युपङ्क्चरीय प्रक्रिया पनि हो । बालक बालिकालाई शारीरिक रोगव्याधिबाट बचाउनु यसको अर्को उद्देश्य रहेको हुन सक्छ ।

संस्कार विधि[सम्पादन गर्नुहोस्]

जन्मदेखि १२/१६ दिन अथवा ६/७/८ महिनामा सोम, बुध, गुरु, शुक्रबारका साथै शुभ नक्षत्र र शुभ मुहुर्तमा यो संस्कार सम्पन्न गरिन्छ । यसमा पनि दियो, कलश, गणेशका साथै कानका अधिष्ठाताको पनि पूजा गरिज्छ । भद्रङ्कर्णेभिः....भन्ने वेद मन्त्र पढेर कालकको कान छेडिन्छ । [१]][१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]