छैमले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छैमले
छैमलेको एक दृष्य
छैमलेको एक दृष्य
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 (२०११)
 • जम्मा४२१६
 • धर्महरू
हिन्दू बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
छैमलेकी एक महिला

छैमले नेपालको बागमती अञ्चलको काठमाडौँ जिल्लामा अवस्थित, हाल दक्षिणकाली नगरपालिकामा पर्ने छैमले हेटौडा  निस्कने बाटो मै पर्छ र हामी यही हुँदै यात्राा गर्दछौ । छैमले नास्पातीको लागि प्रख्यात मानिन्छ। नास्पातिका साथै यहाँ काँक्रो, लप्सी, सुन्तला, लगायतका फलफुल पाइन्छ। हावापानीका हिसाबले पनि बसोबासका लागि उत्तम मानिने यो ठाउँ प्राकृतिक सौदर्यले धनि मानिन्छ । यहाँका मानिसहरूको मूल पेशा भनेको कृषि नै हो। यो ठाउँ मा तामाङ समुदायको बाहुल्यता छ। छैमले प्राकृतिक रूपले पनि सुन्दर छ । हावापानी सफा छ । हरिया बन्जङ्गल सँगइ रमाएको छ छैमले । फर्पिङ आसपासलाई अझ सबै सामु पुर्याउने उद्देश्यले बिगत एक वर्ष देखी www.dollugaun.com नामको वेबसाईट सन्चालनमा आएको छ। यसमा यस भेगका धेरै ठाउँलाई समेटने प्रयास गरिएको यसका संचालक प्रमोद कुमार पौडेलले जानकारी गराउनु भयो । फर्पिङ लगायत यहाँ धेरै पर्यटकिय ठाउँहरु रहेको र यसको उचित प्रचार प्रसार आवश्यक रहेको समेत वहाँले बताउनु भयो ।

छैमलेको मुख्य उत्पादन काँक्रो

www.dollugaun.com

छैमलेको मुख्य उत्पादन नास्पाती

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११को जनगणना अनुसार आलापोटमा ९६८ घरहरू र जनसङ्ख्या ४२१६ छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]