विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/नोभेम्बर २०१९
स्वरूप
- १२ वर्षअघि आफैले विष्फोट गराउन लगाएको एक घटनामा घाइते भएका आफ्नै कार्यकर्तालाई इटाँभट्टामा जिउँदै जलाएको अभियोगमा सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताव आलमविरुद्ध सरकारले रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।[१]
- संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयार गरेको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सोही मुद्दामा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनलाई सदरखोर भनिने काठमाडौँको एक पुरानो कारागार डिल्लीबजारमा राखिएको छ । सुरु अदालतको यो आदेश उपल्ला अदालतले नउल्टाए महरा अब यो मुद्दा नटुंगिएसम्म कारागारमै बस्नुपर्नेछ ।[२]
- राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका सातवटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त । नियुक्त हुनेमा सोमनाथ अधिकारी प्यासी प्रदेश १, तिलक परियार प्रदेश २, विष्णुप्रसाद प्रसाई प्रदेश ३, अमिक शेरचन गण्डकी, धर्मनाथ यादव प्रदेश ५, गोविन्दप्रसाद कलौनी कर्णाली र शर्मिलाकुमारी पन्त सुदूरपश्चिम छन् ।[३]
- राष्ट्रपति विद्यादेवी भण्डारीबाट सातवटै नेपालका प्रदेशका प्रदेश प्रमुखहरु गोविन्द बहादुर तुम्बाहाङ प्रदेश १, रत्नेश्वर लाल कायस्थ प्रदेश २, अनुराधा कोइराला प्रदेश ३, बाबुराम कुँवर गण्डकी प्रदेश, उमाकान्त झा प्रदेश ५, दुर्गा केशर खनाल कर्णाली प्रदेश र मोहनराज मल्ल सुदूरपश्चिम प्रदेशलाई पदमुक्त[४]