रणवीर कपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रणवीर कपुर
सन् २०२२ मा ब्रह्मास्त्र को कार्यक्रममा कपुर
जन्म (1982-09-28) २८ सेप्टेम्बर १९८२ (उमेर ४१)
बम्बई, महाराष्ट्र, भारत
मातृ शिक्षाप्रतिष्ठानस्कुल अफ भिजुअल आर्ट्स
ली स्ट्रेसबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युट
पेशाअभिनेता
कार्यकालसन् २००७–वर्तमान
जीवनसाथी
(
वि २०२२)
सन्तान
मातापिताऋषि कपुर (बुवा)
नीतु सिंह (आमा)

रणवीर कपुर (उच्चारण [rəɳˈbiːr kəˈpuːr]; जन्म: २८ सेप्टेम्बर १९८२) एक भारतीय अभिनेता हुन् जो हिन्दी भाषाका चलचित्रहरूमा आफ्नो कामका लागि परिचित छन्। उनी हिन्दी सिनेमाका सबैभन्दा धेरै कमाउने अभिनेता हुन् र सन् २०१२ देखि फोर्ब्स इन्डियाको सेलिब्रेटी १०० सूचीमा परेका छन्। कपुरले छवटा फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कारहरू प्राप्त गरेका छन्।

अभिनेता ऋषि कपुरनीतु सिंहका छोरा, र अभिनेता-निर्देशक राज कपुरका नाति, कपुरले क्रमशः स्कुल अफ भिजुअल आर्ट्सली स्ट्रेसबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युटमा फिल्म निर्माण र विधि अभिनयको अध्ययन गरेका थिए। त्यसपछि उनले फिल्म ब्ल्याक (२००५) मा सञ्जय लीला भन्सालीको सहायक निर्देशकको रूपमा काम गरेका थिए र भन्सालीको दुखद रोमान्स सावरिया (२००७) बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए, जुन एक आलोचनात्मक र व्यावसायिक असफलता थियो। कपुर कमिङ-अफ-एज चलचित्र वेक अप सिड, प्रेमप्रसङ्गयुक्त हास्य अजब प्रेम की गजब कहानी (दुबै २००९), र राजनीतिक नाटक राजनीती (२०१०) बाट प्रख्यात भएका थिए।

रकस्टार (२०११) मा एक समस्याग्रस्त सङ्गीतकारको रूपमा र बर्फी! (२०१२) मा एक हँसिलो बहिरो र बोल्न नसक्ने मानिसको रूपमा कपुरको प्रदर्शनले उनलाई लगातार दुईवटा सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार प्राप्त भएको थियो। प्रेमप्रसङ्गयुक्त हास्य ये जवानी है दीवानी (२०१३) मा दीपिका पादुकोणको विपरित प्रमुख भूमिकाले उनलाई एक स्टारको रूपमा स्थापित गरेको थियो। यसपछि व्यावसायिक असफल चलचित्रहरूको शृङ्खला बनेकाे थियाे, जसमा ए दिल है मुश्किल (२०१६) र सञ्जु (२०१८) अपवाद थिए। पछिल्लो उनको सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको थियो, र यसमा सञ्जय दत्तको उनको चित्रणले उनलाई अर्को फिल्मफेयर पुरस्कार जिताएको थियो। एक अन्तराल पछि, उनले शीर्ष कमाइ गर्ने काल्पनिक चलचित्र ब्रह्मास्त्र: भाग एक – शिवा (२०२२) मा अभिनय गरेका थिए।

आफ्नो अभिनय करियरको अतिरिक्त, कपुरले परोपकारी संस्थाहरूलाई समर्थन गर्छन्। उनी इन्डियन सुपर लिग फुटबल टोली मुम्बई सिटी एफसीका सह-मालिक पनि हुन्। उनले अभिनेत्री आलिया भट्टसँग विवाह गरेका छन्, जसबाट उनको एक छोरी छिन्।

बाल्यकाल तथा परिवार[सम्पादन गर्नुहोस्]

कपुर सन् २०१२ मा वास्तविकता कार्यक्रम झलक दिखला जा मा आफ्ना आमाबुवा ऋषि कपुरनीतु सिंह कपुरसँग

रणवीर राज कपुरको जन्म २८ सेप्टेम्बर १९८२ मा बम्बई, महाराष्ट्र, भारतमा चलचित्र फिल्म उद्योगका कलाकारहरू ऋषि कपुरनीतु सिंहको घरमा भएको थियो। उनी पृथ्वीराज कपुरका पनाति र अभिनेता-निर्देशक राज कपुरका नाति हुन्।[१] उनकी दिदी, रिद्धिमा (जन्म: १९८०), एक इन्टेरियर र फेसन डिजाइनर हुन्।[२][३] अभिनेता रणधीर कपुर उनका काका हुन्, र उनका छोरीहरू, अभिनेत्री करिश्मा कपुरकरीना कपुर उनका पहिलो चचेरे दिदीहरू हुन्।[४] कपुर हिन्दू बुबा र सिख आमाबाट जन्मेका पञ्जाबी मूलका हुन्। कपुरले बम्बई स्कटिस स्कुलमा पढेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jain, Madhu (२ फेब्रुअरी २००६), "Bollywood's First Family", Rediff.com, मूलबाट २० फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०११ 
  2. Parande, Shweta (२५ अप्रिल २०१०), "Kapoor kids who stayed away from Bollywood", CNN-IBN, मूलबाट ४ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण ४ डिसेम्बर २०१३ मिति
  3. Mirani, Indu (७ जनवरी २००६), "Chintu already has tears in his eyes", Daily News and Analysis, मूलबाट ३० अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१३ 
  4. "Ranbir, Karisma: Kapoor dance-off", NDTV, मूलबाट १५ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]