अकबर
अकबर | |||||
---|---|---|---|---|---|
तेस्रो मुगल सम्राट | |||||
शासनकाल | २७ जनवरी १५५६ - २५ अक्टोबर १६०५ (४९ वर्ष, २७५ दिन) | ||||
राज्याभिषेक | १४ फेब्रुअरी १५५६ | ||||
पूर्वाधिकारी | हुमायूँ | ||||
उत्तराधिकारी | जहाँगिर | ||||
Regent | बैराम खान (१५५६-१५६१) | ||||
जन्म | उमेरकोट, सिन्ध | १४ अक्टोबर १५४२||||
मृत्यु | २७ अक्टोबर १६०५ फतेहपुर सिकरी, आगरा | (उमेर ६३)||||
Burial | |||||
जीवनसाथीहरू | रुकैया सुल्तान बेगम सलिमा सुल्तान बेगम मरियम-उज-जमानी | ||||
सन्तान | जहाँगिर मुराद दनियाल अन्य ६ छोरीहरू | ||||
| |||||
घराना | तैमुर | ||||
वंश | मुगल | ||||
बाबु | हुमायूँ | ||||
आमा | हमिदा बानु बेगम | ||||
धर्म | इस्लाम |
जलाल उद्दीन मोहम्मद अकबर (جلال الدین محمد اکبر ) (१५ अक्टोबर, १५४२-२७ अक्टोबर, १६०५) तैमूर वंशका मुगल साम्राज्यका तेस्रो शासक थिए।[१] अकबरलाई अकबर-ऐ-आजम (अर्थात अकबर महान), शहंशाह अकबर, अकबर बादशाह, महाबली शहंशाहको नामबाट पनि चिनिन्छ।[२] अकबर मुगल साम्राज्यको संस्थापक जहीरुद्दीन मुहम्मद बाबरका नाति र राजा नसिरुद्दीन हुमायूँ तथा रानी हमीदा बानोका छोरा थिए। अकबरको वंश तैमुर थियो र उनकी आमा मंगोल राजा चंगेज खाँका वंशकी थिइन् । अकबरको शासन कालमा मुगल साम्राज्यमा उत्तरी र मध्य भारतको अधिकांश भाग सम्मिलित थिए । मुगल साम्राज्य त्यस समयको सर्वाधिक शक्तिशाली साम्राज्यहरू मध्ये एक थियो।[३] त्यस समयका बादशाहहरूमा अकबर हिन्दू र मुसलमान दुइटै धर्मालम्बीहरूले बराबर प्रेम र सम्मान प्राप्त गर्ने एक मात्र राजा थिए । उनले हिन्दू-मुसलमान सम्प्रदाहरूको बीचको दूरीहरू कम गर्नको लागि दीन-ए-इलाही नामक धर्मको स्थापना गरे । [४] उनको दरबार सबैको लागि हर समय खुला रहन्थ्यो । उनको दरबारमा दरबारियाहरू मुसलमान अपेक्षामा हिन्दु धेरै थिए ।
अकबर आफ्नो पिता नसिरुद्दीन मुहम्मद हुमायूँको मृत्यु पश्चात तेह्र वर्षको उमेरमा दिल्लीको राजगद्दीमा बसेका थिए।[४] आफ्नो शासन कालमा उनले शक्तिशाली पश्तून वंशज शेरशाह सूरीको आक्रमणलाई रोक्नुको साथै पानीपतको द्वितीय युद्धमा नवघोषित हिन्दू राजा हेमूलाई पराजित गरेका थिए।[५][६] अकबरलाई आफ्नो साम्राज्यको गठन गर्न तथा उत्तरी र मध्य भारतको सबै क्षेत्रहरूलाई एकछत्र अधिकारमा ल्याउन लगभग दुइ दशक लागेको थियो।
जिवनी
[सम्पादन गर्नुहोस्]नामाकरण
[सम्पादन गर्नुहोस्]अकबरको जन्म पूर्णिमाको दिन भएको थियो यस कारण उनको नाम बदरुद्दीन मोहम्मद अकबर रखिएको थियो । यहाँ बद्रको अर्थ पूर्ण चन्द्रमा हुन्छ र अकबर उनको हजुरबुबा शेख अली अकबर जामीको नामबाट लिइएको थियो। काबुलमा विजय प्राप्त भए पछि उनको पिता हुमायूँले नराम्रो दृष्टिबाट बचाउनको लागि अकबरको जन्म तिथि तथा नाम बदलेएका थिए भन्ने भनाई छ। [७] किम्वदन्ती अनुसार भारतको जनताले उनलाई सफल एवं कुशल शासनको लागि अकबर नामबाट सम्मानित गरेका थिए। अरबी भाषामा अकबर शब्दको अर्थ "विशाल" वा ठूलो हुन्छ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]धर्म
[सम्पादन गर्नुहोस्]अकबर एक मुसलमानी थिए तर पनि अन्य धर्म एवं सम्प्रदायहरूका लागि पनि उनको मनमा आदर थियो । अकबरले आफ्नो पूर्वजहरू भन्दा अलग भएर धेरै हिन्दू राजकुमारीहरूसँग विवाह गरे । यसका वाहेक अकबरले हिन्दुहरूलाई राज्यका विभिन्न ठूला पदभार दिएका थिए ।
अकबरका नवरत्नहरू
[सम्पादन गर्नुहोस्]निरक्षर भए पनि अकबरलाई कलाकारहरू एवं बुद्धिजीवीहरूसँग विशेष प्रेम थियो । उनको यसै प्रेमका कारण अकबरका दरबारमा नौ जना गुणवान दरबारियाहरू थिए जसलाई अकबरका नवरत्नको नामबाट पनि चिनिन्छ।[८]
- बीरबल (१५२८ - १५८३)- यि दरबारका विदूषक र अकबरका सल्लाहकार थिए। यिनी धेरै बुद्धिमान थिए।
- अबुल फजल (१५५१ - १६०२ )- उनले अकबरको समयलाई लिपिबद्ध गरेको थिए। उनले अकबरनामा र आइन-ए-अकबरी पनि रचना गरेका थिए।
- फैजी (१५४७ - १५९५)-यि अबुल फजलको भाइ थिए। उनी फारसीमा कविता लेख्दथे। राजा अकबरले उनलाई आफ्नो छोराको गणित शिक्षकको पदमा नियुक्त गरेका थिए।
- मिंया तानसेन- यि अकबरका दरबारमा गायक थिए। उनी कविता पनि लेख्ने गर्दथे।
- टोडरमल- यि अकबरको अर्थ मन्त्री थिए। उनले विश्वको प्रथम भूमीको लेखा जोखा एवं मापन प्रणाली तयार गरेका थिए।
- राजा मान सिंह- उनी आम्बेर (जयपुर)को कच्छवाहा राजपूत राजा थिए। उनी अकबरको सेनाको प्रधान सेनापति थिए। उनको बहिनी जोधाबाई अकबरकी रानी थिइन।
- अब्दुल रहीम खान-ऐ-खाना- यि एक कवि तथा अकबरका संरक्षक बैरम खानको छोरा थिए।
- फकीर अजिउद्दिन- अकबरको सल्लाहकार थिए।
- मुल्लाह दुइ पिअजा- अकबरको सल्लाहकार थिए।
चलचित्र तथा साहित्यमा
[सम्पादन गर्नुहोस्]अकबरको व्यक्तित्व बहुचर्चित रहेको छ । भारतीय साहित्य तथा सिनेमाहरूले उनको जिवनी सम्बन्धि अकबरबाट प्रेरित धेरै पात्र रचेका छन् ।
- २००८ मा आशुतोष गोवरिकर निर्देशित चलचित्र जोधा अकबरमा अकबर तथा उनको पत्निको कहानीलाई दर्शाइएको छ । अकबर एवं जोधाबाईको पात्र क्रमशः ऋतिक रोशन र ऐश्वर्या रायले निभाएका छन् ।
- १९६० मा बनेको चलचित्र मुगल-ए-आजम भारतीय चलचित्रको एक लोकप्रिय चलचित्र हो । यसमा अकबरको पात्र पृथ्वीराज कपूरले निभाएका थिए । यस चलचित्रमा अकबरको छोरा सलीमको प्रेम कथा र त्यस कारणबाट पिता पुत्रमा खडा भएको द्वन्दलाई दर्शाइएको छ । सलीमको भूमिका दिलीप कुमार एवं अनारकलीको भूमिका मधुबालाले निभाएको थियो ।
- १९९० मा जी टीवीले अकबर-बीरबल नामबाट एक टेलिभिजन धारावाहिक प्रसारित गरेको थियो जसमा अकबरको पात्र हिन्दी अभिनेता विक्रम गोखलेले निभाएका थिए ।
- नब्बेका दशकमा सञ्जय खान कृत धारावाहिक अकबर द ग्रेट दूरदर्शनमा प्रदर्शित गरिएको थियो ।
- प्रसिद्ध अङ्ग्रेजी साहित्यकार सलमान रुस्दीको उपन्यास द एन्चान्ट्रेस अफ फ्लोरेन्स (अङ्ग्रेजी:The Enchantress of Florence)मा अकबर एक मुख्य पात्र छन्।[९]
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "तिमुरिड डायनेस्टी", न्यू वर्ल्ड एन्साइक्लोपीडिया, अन्तिम पहुँच १८ जुलाई, २००९।
- ↑ "जलाल-उद-दीन मोहम्मद अकबर बायोग्राफी", बुकरैग्स, अन्तिम पहुँच २३ मई, २००८।
- ↑ "एक्स्टैण्ट अफ एम्पायर"।
- ↑ ४.० ४.१ "द नाइन जेम्स अफ अकबर", बोलोजी, अन्तिम पहुँच २००८-०५-२३। वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-१४ मिति
- ↑ फज्ल, अबुल, अकबरनामा, खण्ड २।
- ↑ प्रसाद, ईश्वरी (१९७०), द लाईफ एण्ड टाइम्स अफ हुमायूँ।
- ↑ हायल्याण्ड, जे.एस; बैनर्जी एस.एन (१९९६), कमेन्ट्री अफ फादर मन्सर्रेट, एस.जे: अन हिज जर्नी टू द कोर्ट अफ अकबर, एशियन एड्युकेशनल सर्विसेज, पृ: ५७, आइएसबिएन ८१२०६०८०७०
|isbn=
मान जाँच (सहायता)। - ↑ अकबरका नवरत्न।ब्रज डिस्कवरी
- ↑ द एन्चान्ट्रेस अफ फ्लोरेन्स
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]अकबर जन्म: १५ अक्टोबर १५४२ मृत्यु: २७ अक्टोबर १६०५
| ||
राजकीय पद | ||
---|---|---|
पूर्वाधिकारी | मुगल सम्राट १५५६-१६०५ |
पछिल्लो जहाँगिर |