किरण चेम्जोङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किरण कुमार लिम्बुबाट अनुप्रेषित)
किरण चेम्जोङ
व्यक्तिगत जानकारी
पुरा नाम किरण चेम्जोङ कुमार लिम्बु[१]
जन्म मिति (1990-03-24) २४ मार्च १९९० (उमेर ३३)[२]
जन्म स्थान धनकुटा, नेपाल
उचाइ ६ फिट २ इन्च (१.८८ मी)
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
मिनर्वा पञ्जाब
सङ्ख्या १६
युवा करियर
मछिन्द्र फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००८–२००९ मछिन्द्र फुटबल क्लब
सन् २००९–२०१६ थ्री स्टार क्लब
सन् २०१६–२०१७ मनाङ- मर्स्याङ्दी क्लब
सन् २०१७–२०१८ टिसी स्पोर्ट्स क्लब
सन् २०१८ मिनर्वा पञ्जाब (०)
सन् २०१८– २०१९ टिसी स्पोर्ट्स क्लब
सन् २०१९– मिनर्वा पञ्जाब (०)
अन्तर्राष्ट्रिय करियर
सन् २००८– नेपाल ६२[३] (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

किरण चेम्जोङ (पुरा नाम: किरण कुमार चेम्जोङ लिम्बु; जन्म:सन् १९९० मार्च २०) नेपाल राष्ट्रिय फुटबल टोलीका वर्तमान गोकरक्षक र कप्तान हुन्। उनी एन्फा एकेडेमी उत्पादन पनि हुन्। सन् २०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित भएका थिए भने सन् २०१९ देखि उनी भारतको आइलिगमा खेल्ने पञ्जाबको एक व्यवसायीक फुटबल क्लब मिनार्व पञ्जाबमा अनुबन्धित भएका छन्।[४] किरण नेपाली फुटबल इतिहासका उत्कृष्ट फुटबल खेलाडीहरू मध्येका एक हुन्। किरण चेम्जोङ फुटबल मैदानमा गोलरक्षकक्षरको भुमिकामा विपक्षी टोली विरूद्व उत्रने गर्दछन्।

किरणले नेपालको नेपाल राष्ट्रिय लिग सहित अन्य दुई विदेशी राष्ट्रका प्रतिष्ठित लिग उपाधि समेत जिति सकेका छन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

क्लब जीवन[सम्पादन गर्नुहोस्]

थ्री स्टार[सम्पादन गर्नुहोस्]

किरण चेम्जोङले थ्री स्टार क्लबमा हुदाँ नेपाल राष्ट्रिय लिग २०१५ को उपाधि सहित थुप्रै नेपाली घरेलु फुटबल प्रतियोगिता समेत जितेका थिए ।

टिसी स्पोर्ट्स[सम्पादन गर्नुहोस्]

किरण चेम्जोङ २०१७ मा पहिलोपटक टिसी स्पोर्टस् क्लबका लागि अनुबन्ध भएका थिए। २०१६ मा नेपालले पहिलो एएफसी आधिकारिक प्रतियोगिताको उपाधि जित्दा उत्कृष्ट प्रदर्शनी गरेको आधारमा उनलाई टिसी स्पोर्ट्स क्लबले अनुबन्ध गरेको थियो। उनी सम्मिलित टिमले २०१७ मा भारतमा आयोजित सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ जितेको थियोे। उनले पहिलो खेल टिसी स्पोर्ट्स क्लबको लागि फेब्रुअरी २०१७ मा बाङ्लादेशको क्लब विरुद्ध खेलेका थिए जसमा उनले निकै प्रभावशाली प्रदर्शन देखाएका थिए। उक्त खेल क्लबले १-० ले जित्न सफल भएको थियो।[५] प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शनी गरेका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा गोलरक्षक समेत घोषित भएका थिए। किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिग २०१८ धिवेही प्रिमियर लिगको उपाधि जितेको थियो। लिग उपाधिसँगै किरण प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए।[६] किरणको टिसी स्पोर्ट्स क्लबले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अङ्क जोड्दै लिग उपाधिमाथि कब्जा जमाएको थियो। किरणले प्रतियोगिता अवधिभर खेलेका १६ खेल मध्ये ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए। उनले जम्मा ५ खेलमा मात्र गोल खाएका थिए। किरणलाई यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोलरक्षकको उपाधि पनि प्रदान गरिएको थियो।

मिनर्वा पञ्जाब[सम्पादन गर्नुहोस्]

२०१८ जनवरी २३, मा किरणले हिरो आई लिग क्लब मिनर्वा पञ्जाब फुटबल क्लबसँग उक्त संस्करणको आई लिगका लागि सम्झौता गरेका थिए।[७] किरणले आफ्नो पहिलो खेल नेरोका एफसी विरूद्व उसैको घरेलु मैदानमा गरेका थिए। उनले इस्ट बङ्गाल फुटबल क्लब विरूद्वको खेलमा ५० औँ मिनेटमा एक उत्कृष्ट पेनाल्टी बचाउ समेत गरेका थिए साथै उनले उक्त खेलमा म्यान अफ दि म्याच वा हिरो अफ द म्याचको सम्मान प्राप्त गरेका थिए ।[८] किरणले यस क्लबबाट कुल ८ खेलहरू खेलेका थिए भने यसै क्लबबाट भारतको प्रतिस्थित लिग २०१७-१८ आई-लिगको उपाधि समेत जितेका थिए।[९] सन् २०१९ देखि उनी भारतको आइलिगमा खेल्ने पञ्जाबको एक व्यवसायीक फुटबल क्लब मिनार्व पञ्जाबमा अनुबन्धित भएका छन्।[४]

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

चेम्जोङ सन् २०१३बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाई राष्ट्रिय टिमका लागि खेल्न सुरू गरेका हुन् ।

नेपाले पहिलो पटक एसियाली फुटबल महासङ्घ (एएफसी) ले आयोजना गरेको प्रतियोगिताको रूपमा २०१६ एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्त्वपूर्ण भूमिका रहेको थियो । लाओसबिरुद्धको सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भए ।

उनले २०१८ मा सम्पन्न ओलम्पिक छनोटमा पनि जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहेको थियो ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

मुख्य-उपाधिहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

नेपाल

क्लब[सम्पादन गर्नुहोस्]

थ्री स्टार[सम्पादन गर्नुहोस्]

टिसी स्पोर्ट्स क्लब[सम्पादन गर्नुहोस्]

मिन्नरेभा पञ्जाब[सम्पादन गर्नुहोस्]

व्यक्तिगत सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

  • सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ उत्कृष्ट खेलाडी
  • सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ उत्कृष्ट गोलकिपर
  • २०१८ धिवेही प्रिमियर लिग उत्कृष्ट गोलरक्षक

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal - K. Chemzong - Profile with news, career statistics and history - Soccerway", सकरवे डटकम, अन्तिम पहुँच २०१९-०७-२२ 
  2. https://www.fifa.com/fifa-tournaments/players-coaches/people=345313/index.html
  3. http://www.national-football-teams.com/player/39267/Kiran_Chemjong.html
  4. ४.० ४.१ "किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा दोस्रोपटक अनुबन्धित", अनलाइन खबर, २०७६ साउन २, अन्तिम पहुँच १७ माघ २०७६ 
  5. "गोल नेपाल डटकममा किरण चेमजोङको प्रोफाइल", गोल नेपाल, अन्तिम पहुँच ६ जून २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति
  6. "किरणको टिसी स्पोर्ट्सलाई लिग उपाधि, किरण उत्कृष्ट गोलरक्षक चुनिए", हाम्रो खेलकुद, अन्तिम पहुँच माघ २०७६ [dead link]
  7. "Hero I-League: Minerva Punjab FC signs Nepal's Kiran Chemjong", अन्तिम पहुँच २४ Jan २०१८ 
  8. "I-League: East Bengal miss penalty, hold Minerva for a 2-2 draw", टाइम्स अफ इन्डिया 
  9. "Minerva give India another champion team from Punjab", इएसपिएन 
  10. "अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ 
  11. "पुलिस दमक गोल्डकप च्याम्पियन, गोलरक्षक किरण चेम्जोङ उत्कृष्ट खेलाडी घोषित", नयाँ बुलन्द, बैशाख २०७५, अन्तिम पहुँच १७ माघ २०७६