कोशी अञ्चल
स्वरूप
(कोशीबाट अनुप्रेषित)
कोशी अञ्चल
कोशी अञ्चल[१] | |
---|---|
देश | नेपाल |
नामकरण | कोशी नदी |
जिल्लाहरू | |
क्षेत्रफल | |
• जम्मा | ९,६६९ किमी२ (३७३३ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २,३३५,०४७ |
• घनत्व | २४०/किमी२ (६३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
कोशी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो।[२] भोजपुर, धनकुटा, मोरङ र सङ्खुवासभा, सुनसरी, तेह्रथुम गरी छ जिल्लाहरू मिलेर बनेको थियो। कोशी अञ्चलको सदरमुकाम विराटनगर थियो, जुन यसको सबैभन्दा ठूलो सहर पनि थियो। कोशी अञ्चलका अन्य सहरहरूमा इनरुवा, धरान, धनकुटा, दुहवी, रामधुनी र इटहरी थिए। यसका प्रमुख नदीहरू अरुण, तमोर र सप्तकोशी थिए।
प्रशासनिक उपविभाजन
[सम्पादन गर्नुहोस्]मेची अञ्चललाई छवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसलाई कोशी प्रदेशमा समावेश गरिएको थियो।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
भोजपुर | पहाड | भोजपुर | कोशी प्रदेश |
धनकुटा | पहाड | धनकुटा | |
मोरङ | तराई | विराटनगर | |
सङ्खुवासभा | हिमाल | खाँदबारी | |
सुनसरी | तराई | इनरुवा | |
तेह्रथुम | पहाड | म्याङलुङ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "कोशी", नेपाली बृहत शब्दकोश (नेपालीमा), काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान।
- ↑ "गुगल नक्सा"।