टोखा सरस्वती
स्वरूप
(टोखाबाट अनुप्रेषित)
टोखा सरस्वती | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २७°४५′०″उ ८५°२५′४८″पू / 27.75000°N 85.43000°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | काठमाडौँ जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | १.९३ किमी२ (०.७५ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ५,१५२ |
| • घनत्व | २७००/किमी२ (६९००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
टोखा सरस्वती नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१५२ रहेको थियो जसमध्ये २५५४ पुरुष र २४८८ महिला रहेका थिए भने यहाँ ११८९ घरधुरी रहेको थियो।[१][२] यो हाल टोखा नगरपालिकामा पर्दछ।
यो टोखा नगरपालिकाको वडा नम्बर ३ हो।
परिचय
[सम्पादन गर्नुहोस्]टोखा सरस्वतीलाई टोखा का नामले पनि चिनिन्छ। जुन प्राचिन नेवार सामुदायले भरिएको एक सुन्दर सहर हो। काठमाडौको उत्तरी प्रबेशद्वारको रूपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।
चाडपर्बहरू
[सम्पादन गर्नुहोस्]टोखामा मनाइने मुख्य चाडपर्वहरू
- टोखा बिस्केट जात्रा
- देवाली पुजा
- सिथि नख:
- ह्वोगं जात्रा
- घण्टाकर्ण जात्रा
- श्रीक्रिष्ण जन्माष्टमी
- इन्द्रजात्रा
- गाईजात्रा
- दशै
- खंण् द्य जात्रा
- योमरि पुन्हि
- हरमार पुन्हि
- घ्युचाकु सन्हु
- शिवरात्रि
- लखद्य सन्ङ्क्टामाई जात्रा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन