नेपालका परम्परागत बाजाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

परम्परागत रूपमा नेपालमा बजाईने बाजाहरूको बारेमा लेखहरू संकलन गर्ने उद्देश्यले नेपालका परम्परागत बाजाहरू आयोजना सुरू गरिएको छ । हाल निम्न लिखित शिर्षकहरू समावेश गरिएका छन् । नयाँ शिर्षक थप्न, भैरहेका शिर्षकमा लेख सुरू गर्न तथा लेखिई सकेका लेखहरूलाई परिमार्जन गर्न सबैलाई स्वागत छ । नयाँ शिर्षकहरू थप्दा बर्गीकरम अनुसार मिलाएर थप्न अनुरोध छ ।

शिर्षकहरू[सम्पादन गर्ने]

छुटेका बाजाका नामहरू थप्दै जानुहोस् ।

शास्त्रीय बाजाहरू[सम्पादन गर्ने]

धार्मिक कृयाकलापसंग सम्बन्धित बाजाहरू[सम्पादन गर्ने]

लोकबाजाहरू[सम्पादन गर्ने]

तामाङ्, शेर्पा बाजा[सम्पादन गर्ने]

गन्धर्व बाजा[सम्पादन गर्ने]

दमाई बाजा[सम्पादन गर्ने]

नेवारी बाजा[सम्पादन गर्ने]

मानव विकास क्रमकाे जंगली अवस्थामा जंगली जनावरबाट अाफ्नाे सुरक्षा हाेस भनेर विभिन्न ध्वनिहरु निकाल्ने क्रममा वाजागाजाकाे उत्पति भएकाे मानिन्छ।बाजागाजा बजाउने बेला निस्किएको ध्वनिले मानिस मात्रै नभई जनावर,चराचुरुङ्गीलाई समेट नाचु नाचु लाग्ने गरि मन माेहित गर्दछ।मानिस मानिस बिच बाेलिने भाषाहरु फरकफरक हुन्छन।एकले अरुकाे भाषा नबुझ्न सक्छन् तर,बाजागाजाबाट निस्किएकाे ध्वनि जसलाई संगित भनिन्छ,याे विश्वभाषा हाे।विश्वकाे जुनसुकै कुनामा बजाईने संगितले सबैलाई मन माेहित गर्ने सामर्थ्य राख्दछ।मुख्यतः संगित निकाल्ने बाजागाजालाई तीन समुहमा विभाजन गर्न सकिन्छ। १.मुखबाट हावा पठाएर बजाईने बाजा जस्तै बाँसुरी,मुहाली,शंख अादि २.तार वा तार रेटेर बजाईने बाजा जस्तै गीतार,वीणा,भ्वाईलिन अादि ३.कुनै लठ्ठी अथवा हातैले सिधै बजाईने बाजा जस्तै मादल,पश्चिमाय,ढाेलक अादि हुन।

नेपालमा विशेषगरी नेवा समुदाय संस्कृति,परम्परा,बाजागाजाकाे लागि धनी समुदाय हाे।अाफ्नाे माैलिक वाद्यवादन समाग्री भएकाे,बजाउने तरिका पनि उत्कृष्ट भएकाे समुदायकाे रुपमा नेवार समुदायलाई लिईन्छ।अादिकालदेखि नेवार समुदाय काठमाडौ उपत्यकामा बसाेवास गर्छन।प्रत्येक महिना जात्रा भाेजभतेर गरिरहनु पर्ने,प्रत्येक दिन दाफाभजन गर्नुपर्ने,जीवन्त संस्कृति नेवार समुदायसंग रहेकाे छ। नेवार समुदायमा बजाईने विभिन्न बाजागाजामध्ये सबैभन्दा मनपराईने बाजाकाे रुपमा धिमे बाजालाई लिईन्छ। नेवारी बाजाहरू अन्तर्गत धिमे महत्त्वपूर्ण जात्रा,चाडपर्वमा बजाईने बाजा हाे।भुछ्या,सिछ्या र धिमा सयुक्त बजाईन्छ।परापुर्व कालमा सतिदेविकाे मृत्यु पछि महादेव विरक्तिएर पुरै पृथ्वी घुम्न थाल्छन्।घुम्दै जान्दा एउटा पुरानाे रुखकाे फेदमा बस्छन्।महादेवकाे मनमा एउटा अनाैठाे विचार अाउन्छ कि डमरुभन्दा ठुलाे बाजा बनाउ भनेर,साेहि क्रमा त्याे पुरानाे रुख काटेर बागकाे छाला माेडेर घिमे बनाएर बजाउन्छन।भनिन्छ कि धिमे महादेवकाे डमरुपछिकाे प्रिय बाजा हाे। नेपालमा जहाँजहाँ नेवार समुदायकाे बसाेबार रहेकाे छ,त्यहाँ अरु बाजा नबजाए पनि अनिवार्य रुपमा धिमे चाहिँ बजाएकै हुन्छ।धिमे बाजा मात्रै यस्तो बाजा हाे जस्काे धुनले सबैलाई मनैदेखि राेमान्चित गराउन्छ। धिमे बाजामा धिमे,भुछ्या,सिछ्या संयुक्त रुपमा बजाईन्छ। धिमे बजाउन्दा एक हातमा पुचा(बेटकाे लठ्ठी ) अर्को हातले सिधै बजाईन्छ।धिमे बाजाकाे विकास भक्तपुर नगरबाट भएर ललितपुर ,काठमाडौ हुन्दै देश विदेश फैलिएको हाे।भक्तपुरकाे ठिमी क्षेत्रलाई धिमेकाे पर्यायकाे रुपमा लिईन्छ।भक्तपुर नगरकाे हकमा धिमे अन्यत्रकाे तुलना माैलिक धुनमै बजाईन्छ।भक्तपुरमा विशेषगरी तालाक्व,सुर्यमदि,तुछिमला,नगांचा जहाँ प्रजापतिहरुकाे बाहुल्यता रहेका छन्,त्यहाँ कुम्ह बाेलि बजाईन्छ,बाकी ठाउँमा अरुले ज्यापू बाेलि बजाईन्छ। १.कुम्ह बाेलि भक्तपुरमा विशेषगरी तालाक्व,सुर्यमदि,तुछिमला,नगांचा जहाँ अवाल, प्रजापतिहरुकाे बाहुल्यता रहेका छन्,त्यहाँ कुम्ह बाेलि बजाईन्छ।कुम्ह बाेलि कलखिं बाजाकाे बाेलबाट धेरै प्रभाव पारेकाे बाेल हाे।भक्तपुरमा भैल प्याखं प्रजापति र अवाल समुदायले मात्रै प्रस्तुत गर्ने गर्दछ।कुम्ह बाेलिमा अन्तर्गत माँ,कचा,सम्पूर्ण ,धाँ बाेलि,माक प्याँख बजाईन्छ। २.ज्यापू बाेलि

भक्तपुरको धेरै प्रचलित बाेलि ज्यापू बाेलि हाे।याे बाेलि भक्तपुरमा धेरैले बजाउने बाेलि हाे।पुरानाे समयमा दैनिक जनजीवनकै व्यवहारलाई बाेल बनाई बजाउने गरिएकाेले याे बाेलि लाेकप्रिय भएकाे हाे।ज्यापू बाेलि भित्र मा,छुवां,न्ह्या बजाईन्छ।कुनैकुनै समुहमा मा नबजाईए पनि मा बाेल भित्र काे

सबै बाेल चलकाे रुपमा बजाईन्छ। धिमे बाजाको बाेलि बजाउने तरिका १.द्याे ल्हायगु बाजा शुरु गर्नु भन्दा अघि र सिधिएपछि लामाे द्याे ल्हायगु बजाईन्छ।यस्काे साथै ताैमदीकाे भैरवनाथ ,लायकुकाे तलेजु,क्वाथण्डाैकाे नवदुर्गा,तचपालकाे दत्तात्रय अगाडि र मुख्य देवताकाे अगाडि लामाे द्याे ल्हाय गरिन्छ।बाटाेमा बाजा बजाउन्दै जान्दा मन्दिरैबाट फर्किन्दा मन्दिरै पिच्छे सानाे द्याे ल्हाय गरिन्छ। २.माँ माँ बाेलि बाटोमा बजाईने चलन छैन।याे बाेलि मन्दिरमा उभिएर बजाईन्छ।याे बाेलि बजाउन्दा माथिदेखि तलसम्म राेलक्रम अनुसार सरर बजाईन्छ। ३.छुवां छुवां गणेश भगवानलाई समर्पित बाेलि हाे।शुरुमा द्याे ल्हाय गरिसकेपछि अरु बाेलि बजाउनु अगाडि छुवां बजाईन्छ। ४.न्ह्या ह्या भनेकाे अगाडि हिड्नु अथवा जानू हाे।ह्या बाेलि बाटोमा बजाईन्छ। ५.धाँ बाेलि धाँ बाेलि भन्नाले कल खिं बाजाकाे बाेलि हाे ।कुम्ह बाेलिमा याे छुट्टै बजाईन्छ भने ज्यापू बाेलिमा न्ह्यामा मिसाएर बजाईन्छ। ६.माक प्याँख कुम बाेलमा मात्रै भएकाे माक प्याँख मन्दिरमा बसेर बजाईन्छ। ७.कचा कचा न्ह्या जस्तै गरप बाटोमा बजाईन्छ।



यस्तै गरि नेवार समुदायमा धेरै प्रकारका बाजाहरू प्राचिनकाल देखि बजाउदै आइरहेका छन् त्यसैको बारेमामा लेख्दै छु | १,लालाखिं बाजा २,धा:बाजा ३,काँ:बाजा ४,जुगी बाजा (माल पु ) ५ नगरा बाजा ६,मृगंद:बाजा ७,पछिमा:बाजा ८,दाफा ९,दम दम १०.धलक ११.नाय् बाजा

सन्दर्भसूची तथा सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.roomtoread.org/shs/teachers/nepal_music.html
  2. http://www.himalayanmart.com/HimalayanMusicalInstruments.php
  3. http://www.welcomenepal.com/brand/interests_music_instruments.asp
  4. http://www.spinybabbler.org/traditional_arts/music/instruments.php
  5. http://www.spinybabbler.org/traditional_arts/music/beatsandmelodies.php
  6. http://www.spinybabbler.org/traditional_arts/music/profiles.php
  7. http://www.spinybabbler.org/traditional_arts/music/status.php
  8. http://www.gorkhapatra.org.np/mag.php?p=yubamanch/2063/10/inner/inner2
  9. http://www.nepalilokbaja.org/news_details.php?id=11
  1. "Frame Drum (Dhyāngro), Nepal, early 20th century", www.usd.edu 
  2. "Lute (Tungna), Nepal, 19th century", usd.edu 
  3. "instruments", spinybabbler.org 
  4. "Idiophones", jwajalapa.com