भेरी नगरपालिका
(भेरीमालिका नगरपालिका बाट पठाईएको)
Jump to navigation
Jump to search
भेरी नगरपालिका | |
---|---|
देश | ![]() |
राज्य | मध्य-पश्चिमाञ्चल |
जिल्ला | भेरी अञ्चल |
जिल्ला | जाजरकोट जिल्ला |
स्थापना | २०७२ असोज १ |
सरकार | |
• मेयर | चन्द्र प्रकाश घर्ती |
• उप मेयर | भावना भण्डारी |
जनसङ्ख्या | |
• जम्मा | ३३,५१५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-८९ |
वेबसाइट | bherimalikamun.gov.np |
(नेपाल सम्बन्धि लेखको अंश) |
प्रशासनिक विभाजन |
---|
![]() |
|
|
|
नेपाल पोर्टल हिमालय पोर्टल |
भेरी नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने जाजरकोट जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा जाजरकोटमा खलङ्गा, पुन्मा, जगतिपुर र भुर यी ४ गाउँ विकास समितिहरूलाई समेटेर भेरीमालिका नगरपालिका घोषणा गरिएको हो।[४] भेरी नगरपालिकाको केन्द्र साबिकको खलङ्गा गाउँ विकास समितिको खलङ्गा बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
जनसङ्ख्या[सम्पादन गर्ने]
खलङ्गा, पुन्मा, जगतिपुर र भुर यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर भेरी नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भेरी नगरपालिकाको जनसङ्ख्या ३३,५१५ रहेको छ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १।
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |