सामग्रीमा जानुहोस्

मूल वक्ताहरूको सङ्ख्या अनुसार भाषाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानव भाषा परिवारहरूको हालको वितरण

स्थानीय वक्ताहरूको सङ्ख्याको आधारमा मानव भाषाहरू निम्नानुसार छन्। यस्ता सबै वरीयताहरू सावधानीका साथ प्रयोग गरिनुपर्दछ, किनकि बोलीको निरन्तरतामा भाषाहरू छुट्याउनका लागि भाषिक मापदण्डहरूको सुसङ्गत समूह तयार गर्न सम्भव छैन।[१] उदाहरणका लागि, भाषालाई प्रायः पारस्परिक रूपमा बोधगम्य किसिमहरूको समूहको रूपमा परिभाषित गरिन्छ। स्वतन्त्र राष्ट्रिय मानक भाषाहरूलाई अलग-अलग भाषाहरू मान्न सकिन्छ यद्यपि तिनीहरू डेनमार्केली र नर्वेली मामलामा जस्तै पारस्परिक रूपमा अन्तरसम्बन्धित छन्।[२] यसको विपरीत, जर्मनेली, इटालेलीअङ्ग्रेजी लगायत धेरै सामान्य रूपमा स्वीकृत भाषाहरूमा पारस्परिक रूपमा बोधगम्य नभएका किसिमहरू समावेश छन्।[१] अरबीलाई कहिलेकाहीँ आधुनिक मानक अरबीमा केन्द्रित एकल भाषा मानिन्छ, अन्य लेखकहरूले यसको पारस्परिक रूपमा अस्पष्ट किसिमहरूलाई अलग-अलग भाषाहरू मान्दछन्।[३] त्यसै गरी, साझा संस्कृति र साझा साहित्यिक भाषाको कारण चिनियाँलाई कहिलेकाहीँ एकल भाषाको रूपमा हेरिन्छ। मन्दारिन, वु र यु जस्ता विभिन्न चिनियाँ भाषिक समूहहरूलाई भाषाको रूपमा वर्णन गर्नु सामान्य हो, यद्यपि यी समूहहरू मध्ये प्रत्येकमा धेरै पारस्परिक रूपमा नबुझिने स्वरूपहरू अवस्थित छन्।[४][५]

वक्ताहरूको भरपर्दो गणना प्राप्त गर्न धेरै कठिनाइहरू छन्, जुन जनसङ्ख्या परिवर्तन र भाषा परिवर्तनको कारण समयको साथ फरक हुन्छ। कुनै-कुनै क्षेत्रमा जनगणनाको भरपर्दो तथ्याङ्क छैन, तथ्याङ्क हालको छैन, वा जनगणनाले बोलिने भाषाहरू रेकर्ड गर्न सक्दैन। कहिलेकाहीँ राजनीतिक कारणले गर्दा वक्ताहरूको सङ्ख्या अतिरञ्जित हुन्छ वा अल्पसङ्ख्यक भाषा बोल्नेहरूलाई राष्ट्रिय भाषा जुन हो त्यसैको दर्तामा राखिन्छ।[६]

शीर्ष भाषाहरू[सम्पादन गर्नुहोस्]

एथ्नोलन (सन् २०२४)[सम्पादन गर्नुहोस्]

सन् २०२४ मा प्रकाशित एथ्नोलगको २७औँ संस्करणमा निम्न भाषाहरूलाई कम्तीमा ५ करोड भन्दा बढी जनसङ्ख्याले बोल्ने भाषाको रूपमा सूचीबद्ध गरिएको छ।[७] यस खण्डमा एथ्नोलगले अरबी, लहन्दा, फारसी, मलय, पस्तो र चिनियाँ जस्ता सबै सम्बन्धित विविधताहरू समावेश गर्ने उपभाषाको रूपमा पहिचान गर्ने प्रविष्टिहरू समावेश गर्दैन।

मातृभाषी ५ करोड भन्दा बढी भएका भाषाहरू [७]
भाषा मातृभाषी
(करोडमा)
भाषा परिवार शाखा
मन्दारिन चिनियाँ ९४.१ चिनियाँ तिब्बती Sinitic
स्पेनी ४८.६ भारोपेली रोमानी
अङ्ग्रेजी ३८.० भारोपेली जर्मनेली
हिन्दी ३४.५ भारोपेली आर्य भाषा
बङ्गाली २३.७ भारोपेली आर्य भाषा
पोर्तगाली २३.६ भारोपेली रोमानी
रुसी १४.८ भारोपेली बाल्टो-स्लाभेली
जापानी १२.३ जापानी जापानी
यु चिनियाँ ८.६ चिनियाँ तिब्बती Sinitic
भियतनामी ८.५ आग्नेली Vietic
तुर्केली ८.४ तुर्केली ओगुज
वु चिनियाँ ८.३ चिनियाँ तिब्बती Sinitic
मराठी ८.३ भारोपेली आर्य भाषा
तेलुगु ८.३ द्रविड दक्षिण-मध्य
पश्चिमी पन्जाबी ८.२ भारोपेली आर्य भाषा
कोरियाली ८.१ कोरियाली उपलब्ध/नभएको
तमिल ७.९ द्रविड दक्षिण
मिस्री अरबी ८.८ अफ्रोएसियाली सामी
मानक जर्मनेली ७.६ भारोपेली जर्मनेली
फ्रान्सेली ७.४ भारोपेली रोमानी
उर्दू ७.० भारोपेली आर्य भाषा
जाभानी ६.८ अस्ट्रोनेसियाली मलय-पोलिनेसियाली
इटालेली ६.४ भारोपेली रोमानी
इरानेली फारसी ६.२ भारोपेली इरानेली
गुजराती ५.८ भारोपेली आर्य भाषा
हाउसा ५.४ अफ्रोएसियाली चाडी
भोजपुरी ५.३ भारोपेली आर्य भाषा
सामी अरबी ५.१ अफ्रोएसियाली सामी
दक्षिणी मिन ५.१ भोट बर्मेली Sinitic

वर्ल्ड फ्याक्टबुक (सन् २०१८ अनुमानित)[सम्पादन गर्नुहोस्]

केन्द्रीय गुप्तचर संस्थाको द वर्ल्ड फ्याक्टबुकका अनुसार सन् २०१८ मा सबैभन्दा धेरै बोलिने पहिलो भाषाहरू निम्नानुसार छन्:[८]

केन्द्रीय गुप्तचर संस्थाको अनुसार शीर्ष भाषाहरू[८]
क्रम भाषा विश्वको जनसङ्ख्याको प्रतिशत(सन् २०१८)
मन्दारिन चिनियाँ १२.३%
स्पेनी ६.०%
अङ्ग्रेजी ५.१%
अरबी ५.१%
हिन्दी ३.४%
बङ्गाली ३.३%
पोर्तगाली ३.०%
रुसी २.१%
जापानी १७%
१० पश्चिमी पन्जाबी १.३%
११ जाभानी १.१%

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Paolillo, John C.; Das, Anupam (३१ मार्च २००६), "Evaluating language statistics: the Ethnologue and beyond", युनेस्को तथ्याङ्क विभाग, पृ: 3–5, मूलबाट २०१७-०१-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०१८ 
  2. Chambers, J.K.; Trudgill, Peter (१९९८), Dialectology (2nd संस्करण), Cambridge University Press, आइएसबिएन 978-0-521-59646-6 
  3. Kaye, Alan S.; Rosenhouse, Judith (१९९७), "Arabic Dialects and Maltese", in Hetzron, Robert, The Semitic Languages, Routledge, पृ: 263–311, आइएसबिएन 978-0-415-05767-7 
  4. Norman, Jerry (१९८८), Chinese, Cambridge University Press, पृ: २, आइएसबिएन 978-0-521-29653-3 
  5. Norman, Jerry (२००३), "The Chinese dialects: phonology", in Thurgood, Graham; LaPolla, Randy J., The Sino-Tibetan languages, Routledge, पृ: 72–83, आइएसबिएन 978-0-7007-1129-1 
  6. Crystal, David (१९८८), The Cambridge Encyclopedia of Language, Cambridge University Press, पृ: 286–287, आइएसबिएन 978-0-521-26438-9 
  7. ७.० ७.१ Statistics, in Eberhard, David M.; Simons, Gary F.; Fennig, Charles D., सम्पादकहरू (२०२४), Ethnologue: Languages of the World (२७औँ संस्करण), डालस, टेक्सस: एसआइएल इन्टरनेसनल। 
  8. ८.० ८.१ "The World Factbook. People and Society. Languages", द वर्ल्ड फ्याक्टबुक, केन्द्रीय गुप्तचर संस्था, २०२३-११-२९, अन्तिम पहुँच ३० नोभेम्बर २०२३