उर्दु भाषा
उर्दु (اردو) | |
---|---|
ur | |
उच्चारण | हिन्दुस्तानी: [ˈʊrd̪u] |
मूलभाषी | पाकिस्तान, भारत, मरिसस, दक्षिण अफ्रिका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेट्स, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफगानिस्तान, ताजकिस्तान, उज्बेकिस्तान |
मातृभाषी वक्ता | १०-१५ करोड |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ |
|
आइएसओ ६३९-२ |
|
आइएसओ ६३९-३ | urd |
भाषाविद् प्रयोगशाला | 59-AAF-q |

उर्दु भाषा हिन्द आर्य भाषा हो। उर्दु भाषालाई हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसी र संस्कृतबाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः दक्षिण एसियामा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो।[१] यस बाहेक यो भारतको राज्य तेलङ्गाना, दिल्ली, बिहार[२] तथा उत्तर प्रदेशको अतिरिक्त शासकीय [३]भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। मुगल कालदेखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दु भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र हिन्दी भाषामा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपि चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ।
'उर्दु' शब्द को उत्पत्ति[सम्पादन गर्नुहोस्]
'उर्दु' शब्द मूलतः तुर्केली भाषाबाट आएको हो र यसको अर्थ 'शाही शिविर’ हुन्छ। तुर्केलीहरूसँगै यो शब्द भारतमा प्रवेश गर्यो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो। शाहजहाँँले दिल्लीमा लाल किला बनाएका थिए। यो पनि एक प्रकारको ‘उर्दु’ (शाही तथा सैन्य) थियो र धेरै ठुलो थियो। अतः यसलाइ ‘उर्दु’ न भनेर ‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दु ए मुअल्ला’ (श्रेष्ठ शाही पडावको भाषा) बन्न पुग्यो। भाषा विशेषको अर्थमा ‘उर्दु’ शब्द ‘जबान ए उर्दु ए मुअल्ला’ को सङ्क्षेप हो।
मुहम्मद हुसैन आजाद, उर्दुको उत्पत्ति ब्रज भाषासँग मानिने गरिन्छ। 'आबे हयात' मा उनी लेख्छन् कि हाम्रो आवाज ब्रज भाषाबाट निक्लेको हो।'[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ http://www.ethnologue.com/language/urd
- ↑ "Urdu in Bihar", Language in India, अन्तिम पहुँच १७ मे २००८।
- ↑ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०८ मिति
- ↑ भाषा और प्रौद्योगिकी, पृष्ठ ३७
- असमर्थित सूचना क्षेत्रहरू सहितका भाषा लेखहरू
- आर्य भाषा परिवार
- भारतका आधिकारिक भाषाहरू
- साहित्य अकादमीले मान्यता दिएका भाषाहरू
- पश्चिम बङ्गालमा बोलिने भाषाहरू
- सम्पर्क भाषाहरू
- मानक भाषाहरू
- विषय–वस्तु–क्रिया भाषाहरू
- उत्तर प्रदेशमा बोलिने भाषाहरू
- आन्ध्र प्रदेशमा बोलिने भाषाहरू
- बिहारमा बोलिने भाषाहरू
- गुजरातमा बोलिने भाषाहरू
- पाकिस्तानमा बोलिने भाषाहरू
- जम्मु र कश्मीरमा बोलिने भाषाहरू
- झारखण्डमा बोलिने भाषाहरू
- कर्नाटकमा बोलिने भाषाहरू
- महाराष्ट्रमा बोलिने भाषाहरू
- मध्य प्रदेशमा बोलिने भाषाहरू
- मिश्रण भाषाहरू
- तेलङ्गानामा बोलिने भाषाहरू