सामग्रीमा जानुहोस्

मेची अञ्चल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेचीबाट अनुप्रेषित)
मेची अञ्चल
दुधकुण्ड, लेलेप गाँउ, पाथीभरा मन्दिरबाट देखिएको दृश्य, गुन्सा गाउँ (घडिको दिशामा माथिबाट), फुङलिङ बजार, इलामको चिया बगान, अर्जुनधारा धाम, फिदिम बजार क्षेत्र
को अवस्थिति
देश नेपाल
नामकरणमेची नदी
सदरमुकामइलाम बजार
सबैभन्दा ठुलो सहरमेचीनगर
जिल्लाहरू
क्षेत्रफल
 • जम्मा८,१९६ किमी (३१६४ वर्ग माइल)
उच्चतम उचाई८,५८६ मिटर (२८१६९ फिट)
न्यूनतम उचाई५९ मिटर (१९४ फिट)
जनसङ्ख्या
 • जम्मा१,४२२,१८२
 • क्रम११औँ
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

मेची अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो।[] इलाम, झापा, पाँचथर र ताप्लेजुङ गरी चार जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम इलाममा रहेको छ। यो नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ। यस अञ्चलको दक्षिणमा बिहार, पूर्वमा पश्चिम बङ्गालसिक्किम तथा उत्तरमा तिब्बत रहेको छ। यहाँको सबैभन्दा ठूलो सहर दमक हो। यहाँ राई, लिम्बू, क्षेत्री, ब्राह्मण, मैथिल र मेचेको बाहुल्यता रहेको छ।

प्रशासनिक उपविभाजन

[सम्पादन गर्नुहोस्]

मेची अञ्चललाई चारवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसलाई कोशी प्रदेशमा समावेश गरिएको थियो।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
इलाम पहाड इलाम कोशी प्रदेश
झापा तराई भद्रपुर
पाँचथर हिमाल फिदिम
ताप्लेजुङ हिमाल फुङलिङ

चार जिल्लामध्ये झापा तराईमा पर्छ र अन्य तीन जिल्लाभन्दा बढी विकसित छ। इलाम र पाँचथर पहाडी क्षेत्रमा पर्दछन् । इलाम पनि विकासको चरणमा छ, जहाँ बर्सेनि धेरै पर्यटक आउने गरेका छन्। कन्याम आफ्नो चिया बगानको लागि लोकप्रिय छ। अन्तुमा उदाउँदो सूर्यलाई देख्न सकिन्छ। चार जिल्लामध्ये ताप्लेजुङ सबैभन्दा कम विकसित जिल्ला हो। ताप्लेजुङ हिमाली क्षेत्रमा पर्छ।

मेचीभित्र भद्रपुरमा एउटा र ताप्लेजुङमा एउटा गरी दुई विमानस्थलहरू रहेका छन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]