रेखा पौडेल
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| जन्म मिति | २०५७ पुस २३ | |||||||||||||||||||||||||||
| जन्म स्थान | खोटाङ जिल्ला, नेपाल | |||||||||||||||||||||||||||
| उचाइ | १.६० मि | |||||||||||||||||||||||||||
| खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | |||||||||||||||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||||||||||||||
वर्तमान टोली | नेपाल पुलिस | |||||||||||||||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||||||||
| –२०७६ | विराटनगर महानगरपालिका | |||||||||||||||||||||||||||
| २०७६–२०७८ | एपीएफ | |||||||||||||||||||||||||||
| २०७८–२०७९ | नेपाल पुलिस | |||||||||||||||||||||||||||
| २०७९–२०८० | स्पोर्ट्स ओडिसा | ७ | (४) | |||||||||||||||||||||||||
| २०८१–२०८२ | अबुधाबी कन्ट्री क्लब | ४ | (२) | |||||||||||||||||||||||||
| २०८२ | माजिया | ४ | (८) | |||||||||||||||||||||||||
| २०८२– | नेपाल पुलिस | |||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||||||||
| २०७१ | नेपाल यु–१४ | ५ | (+१) | |||||||||||||||||||||||||
| २०७५ | नेपाल यु–१८ | ४ | (७) | |||||||||||||||||||||||||
| २०७५–२०७६ | नेपाल यु–१९ | ४ | (२) | |||||||||||||||||||||||||
| २०७६– | नेपाल | २० | (१२) | |||||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ पुस २०८२ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७ फागुन २०८० | ||||||||||||||||||||||||||||
रेखा पौडेल (जन्म: २३ पुस २०५७) एक नेपाली व्यावसायिक फुटबल खेलाडी हुन्, जसले नेपाली क्लब नेपाल पुलिस र नेपाल राष्ट्रिय टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्छिन्।[१][२]
क्लब खेल जीवन
[सम्पादन]वि.सं. २०७६ मा, पौडेलले उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिकालाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेल्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।[३]
वैशाख २०८० मा, उनी भारतीय महिला लिग टोली स्पोर्ट्स ओडिसामा आबद्ध भएकी थिइन्।[४][५]
अबुधाबी कन्ट्री क्लब
[सम्पादन]५ अगस्ट २०२४ (२० साउन २०८१) मा, पौडेलले २०२४–२५ एएफसी महिला च्याम्पियन्स लिगमा संयुक्त अरब इमिरेट्सको टोली अबुधाबी कन्ट्री क्लबसँग सम्झौता गरेकी थिइन्।[६] २५ अगस्ट २०२४ (९ भदौ २०८१) मा, उनले लाओसको याङ एलिफ्यान्ट्स विरुद्ध २–१ को जित निकाल्दै क्लबका लागि डेब्यु गरेकी थिइन्। उक्त खेलको ४६औँ मिनेटमा पहिलो गोल गर्दै उनी एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थियन्।[७] आयोजक अल नासरविरुद्धको अन्तिम खेलमा, उनले ६८औँ मिनेटमा निर्णायक गोल गर्दै क्लबलाई प्रतियोगिताको पहिलो संस्करणको समूह चरणमा स्थान दिलाउन सफल भएकी थिइन्।[८] ६ अक्टोबर २०२४ (२० कात्तिक २०८१) मा, रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण मात्र नभई अन्तिम चरणको समूह चरणमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी (महिला वा पुरुष) बनेकी थिइन्।[९]
अन्तर्राष्ट्रिय खेल जीवन
[सम्पादन]युवा टोली
[सम्पादन]सन् २०१८ (वि.सं. २०७५) मा, १७ वर्षीया पौडेल २०१८ साफ यु-१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली यु-१८ टोलीको सदस्य थिइन्। उनले पाकिस्तानविरुद्ध १२–० को जित निकालेको उद्घाटन खेलमै ७ गोल गरेकी थिइन्।[१०] उनले महादेशीय स्तरमा नेपालको पहिलो युवा सहभागिता रहेको २०१९ एएफसी यु-१९ महिला च्याम्पियनसिप छनोटमा पनि खेलेकी थिइन्। उनले भारतविरुद्ध दुई गोल गर्दै आफ्नो टोलीलाई अर्को चरणमा पुर्याउन सहयोग गरेकी थिइन्।[११]
वरिष्ठ टोली
[सम्पादन]सन् २०१९ (वि.सं. २०७५) मा, उनी सन् २०१९ साफ महिला च्याम्पियनसिपका लागि अन्तिम टोलीमा छानिएकी थिइन्।[१२] उनले १२ मार्च २०१९ (२८ फागुन २०७५) मा भुटानविरुद्ध ३–० को जित निकालेको खेलको ८८औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै वरिष्ठ टोलीबाट डेब्यु गरेकी थिइन्।[१३] २० मार्च २०१९ (६ चैत २०७५) मा, उनले सेमिफाइनलमा श्रीलङ्काविरुद्ध ४–० को जित दर्ता गर्दा राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो गोल गरेकी थिइन्।[१४]
तथ्याङ्क
[सम्पादन]अन्तर्राष्ट्रिय
[सम्पादन]- अद्यावधिक ८ कात्तिक २०८१ सम्मको खेल
| राष्ट्रिय टोली | वर्ष | उपस्थिति | गोल |
|---|---|---|---|
| नेपाल | २०७५/७६ | ५ | १ |
| २०७८/७९ | ३ | ० | |
| २०७९/८० | ५ | १ | |
| २०८०/८१ | ७ | ९ | |
| २०८२ | १ | ||
| जम्मा | २० | १२ | |
- अङ्क र नतिजा तालिकामा नेपालको गोल सङ्ख्या पहिले देखाइएको छ, अङ्क स्तम्भले पौडेलको प्रत्येक गोलपछिको अङ्क स्थिति जनाउँछ।
- अद्यावधिक ५ कात्तिक २०८१ सम्मको खेल
| क्र.सं. | मिति | रङ्गशाला | प्रतिद्वन्द्वी | अङ्क | नतिजा | प्रतियोगिता |
|---|---|---|---|---|---|---|
| १ | ६ चैत २०७५ | सहिद रङ्गशाला, विराटनगर, नेपाल | ४–० | ४–० | सन् २०१९ साफ महिला च्याम्पियनसिप | |
| २ | ११ असोज २०८० | वेनझोउ स्पोर्ट्स सेन्टर स्टेडियम, वेनझोउ, चीन | १–१ | १–१ | २०२२ एसियाली खेलकुद | |
| ३ | ८ फागुन २०८० | किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्भ रङ्गशाला, जेद्दा, साउदी अरब | ४–१ | ४–१ | सन् २०२४ वाफ महिला च्याम्पियनसिप | |
| ४ | १२ फागुन २०८० | २–० | ४–० | |||
| ५ | ५ कात्तिक २०८१ | दशरथ रङ्गशाला, काठमाडौँ, नेपाल | ३–० | ११–० | सन् २०२४ साफ महिला च्याम्पियनसिप | |
| ६ | ४–० | |||||
| ७ | ५–० | |||||
| ८ | ६–० | |||||
| ९ | ९–० | |||||
| १० | ८ कात्तिक २०८१ | ३–० | ६–0 | |||
| ११ | ४–० | |||||
| १२ | १८ असार २०८२ | मिलिय रङ्गशाला, तासकन्द, उज्बेकिस्तान | ७–० | ८–० | सन् २०२६ एएफसी महिला एसियाली कप छनोट | |
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "النيبالية ريخا بوديل تواصل التألق على الملاعب السعودية", kooora.com (अरबीमा), Riyan Al-Jidani, २६ अगस्ट २०२४, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", website=हाम्रो खेलकुद मूलबाट २०१९-०३-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५। अभिलेखिकरण २०१९-०३-३१ वेब्याक मेसिन
- ↑ "Biratnagar clinch women's football title", kathmandupost.com, २८ जुन २०१९, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४, "Biratnagar striker Rekha Paudel was declared the best player of the tournament and received Rs 25,000."
- ↑ "Nepal International Rekha Paudel Joins Odisha FC", goalnepal.com, १७ अप्रिल २०२३, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "Which country has the highest representation in the IWL 2023?", thebridge.in, १७ मे २०२३, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "أبوظبي يستعين بنجمة نيبال في المعترك الآسيوي" [अबुधाबीले एसियाली अभियानका लागि नेपाली स्टारलाई टोलीमा भित्र्यायो।], kooora.com (अरबीमा), ५ अगस्ट २०२४, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "Rekha Paudel Becomes First Nepali Women Player To Score A Goal In AFC Champions League", goalnepal.com, २६ अगस्ट २०२४, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "Group A: Abu Dhabi defeat Al Nassr to confirm ticket", the-afc.com, Asian Football Confederation, ३१ अगस्ट २०२४, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ Football, Gorkhali (२०२४-१०-०६), "Rekha Poudel's AFC Women's Champions League Debut Against Hyundai Steel Red Angels • Gorkhali Football", gorkhalifootball.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-०६।
- ↑ "SAFF U18 Women's Championship: Nepal U18 Thrashes Pakistan U18", goalnepal.com, २८ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "Nepal defeats India to keep qualification hopes alive", myrepublica.nagariknetwork.com, २७ अक्टोबर २०१८, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "Head Coach Khadka announce 23-women squad", the-anfa.com, All Nepal Football Association, २५ जनवरी २०१९, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "SAFF Women's Championship: Nepal 3–0 Bhutan match report", goalnepal.com, १२ मार्च २०१९, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
- ↑ "Nepal thrash Lanka 4-0 to enter SAFF championship finals", thehimalayantimes.com, २० मार्च २०१९, अन्तिम पहुँच १ सेप्टेम्बर २०२४।
बाह्य कडीहरू
[सम्पादन]- रेखा पौडेल प्रोफाइल सकरवेमा