रेनुका नगरकोटी
![]() नेपाली राष्ट्रिय फुटबल टिमको पोशाकमा रेनुका नगरकोटी | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
खेल्ने स्थान | मध्यपंक्ति | ||
क्लबको विवरण | |||
हालको क्लब | एपीएफ क्लब | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
एपीएफ क्लब | |||
राष्ट्रिय टोली | |||
२०१०- | नेपाल | २४ | (०) |
|
रेनुका नगरकोटी एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी तथा वर्तमान उपकप्तान समेत हुन्। साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्[१]।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
रेनुका नगरकोटी उनको परिवारमा ६ छोरीहरू मध्यकी ठाइँली हुन्। पहिले उनको परिवारमा बुवाले मात्रै काम गरदथे। त्यसैले जेनतेन परिवारको दैनिकी चलिरहेकै थियो।
खेलजीवन[सम्पादन गर्ने]
वि.स. २०६५ सालतिरको कुरा, रेनुकाले पहिलोपटक फुटबल प्रतियोगिता खेल्दा नै ‘प्लेयर अफ द टुर्नामेन्ट’ भएकी थिइन्। बारा जिल्लाको सिमरामा भएको उक्त प्रतियोगिता उनको लागि निकै स्मरणीय रहेको छ। त्यतिबेला उनले आफूले पाएको पुरस्कार आमालाई सुम्पिइन् ।
एपीएफ क्लब[सम्पादन गर्ने]

उनी पहिले रौतहटबाट एपीएफको टिममा आएकी थिइन्। तर त्यहाँ एक वर्ष बस्दा प्लेइङ सेटमा नपरेपछि भने उनी एक वर्ष आर्मीमा गइन्। अर्को वर्ष एपीएफले प्लेइङ सेटमा राख्ने भन्दै पैसा बढाएर बोलाएपछि उनी एपीएफबाटै खेलेकी थिइन्[२]।
नेपाल राष्ट्रिय टिम[सम्पादन गर्ने]
सन् २०११ मा रेनुका राष्ट्रिय टिममा परेकी थिइन्। सन् २०१६ मा उनी नेपाली राष्ट्रिय महिला टिमको कप्तान भएकी थिइन्। त्यसपछि उनको जिम्मेवारी थपिएको थियोे। सानो सानो टुर्नामेन्टमा कहिल्यै पनि कप्तान नभएकी उनी सिधै राष्ट्रिय टिमको कप्तान बनेकी थिइन्। तर पछि निरु थापा नेपाली टिमको कप्तान भए पछि भने उनी नेपाली टिमको उपकप्तान बनेकी थिइन्।
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५।
- ↑ आमाको आँचलमा लपेटिएको फुटबलर रेनुकाको जिन्दगी (अनलाइन खबर)