फुल्पिङडाँडा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जिल्ला सदरमुकाम चौताराबाट ५ किलोमिटर दुरीमा रहेको फूल्पिङडाँडा गाउँ विकास समितिको पूर्वमा मांखा, पश्चिममा कुविण्डे र इर्खु गाविस पर्दछ। उत्तरमा फुल्पिङकोट र मांखा गाविस पर्दछ भने दक्षिणमा पांग्रेटार, यमुनाडाँडा र कदमबास गाविस पर्दछ। सुनकोशी र ब्रम्हायणी नदीले घेरिएको छातिमा फलाँटे कालिका र कपिलेश्वर महादेव स्थानलाई राखेर गाउँबस्ती,वनजङ्गल, खोलानालाहरूले सिंगारिएको फूल्पिङडाँडा चारकुने आकारमा फैलिएको छ। भौगोलिक हिसावले अधिकांश भाग भिरालो रहेको यस गाविस ब्रम्हायणी र सुनकोशी नदीको बहावले दुई धारमा फर्केर रहेको छ। समुन्द्र सतहबाट ७०० मिटर उचाईमा रहेको बलेफी स्थित कपिलेश्वर महादेव स्थान देखि १६०० मिटर उचाई रहेको करंगैरा डाँडासम्म फैलिएको छ। ठण्डा हावापानी देखि टार तथा बेसीको उष्ण हावापानीका कारण उहाँको प्राकृतिक वातावरण सुन्दर लाग्दछ। यहाँ धान, मकै, गहुँ, आलु जस्ता अन्न तथा तरकारी बालीनाली राम्रो उत्पादन हुने गर्दछ। अधिकांश जनता कृषिमा नै आश्रित यस गाविसमा बिन्ज्यालबेसी, ज्यामिरेबेसी र निवुवाबोटे बेसी, सान्टार, टिप्टार लगायतका खेतीयोग्य फाँटहरू पर्दछन।[१]
नेपालको विसं २०५८को जनगणना अनुसार फुल्पिडडाँडाको जनसङ्ख्या ४,९९७ छ।[२] यस मध्य पुरुष ५०%, र महिला ५०% छन।
- ↑ १.० १.१ १.२ "फुल्पिङडाँडा"
- ↑ "नेपाल जनगणना २००१"