धुस्कुन नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। धुस्कुन गाविस जिल्ला सदरमुकामबाट पूर्वमा पर्दछ। सदरमुकाबाट करिव ७ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.१२ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा चोकटी, पश्चिममा राम्चे, उत्तरमा बाह्रबिसे, कर्थली र दक्षिणमा पिस्कर गाविस पर्दछन। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा केही भागमा चिसो हावापानी पाइन्छ। यस गाविसका अधिकांश मानिसहरू कृषिमा निर्भर छन। गाविसको प्रमुख कृषिबालीमा धान मकै गहुँ तथा फापरहरू पर्दछन। धुस्कुन गाविसमा क्षेत्री तथा तामाङ जातिको बाक्लो बसोबास छ। निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा विसं २०५८ सालको जनगणना अनुसार कुल ७२८ घरपरिवार मध्ये कुल जनसंख्या ३७४३ थियो। [१]
- ↑ "धुस्कुन"