विकिपिडिया:चौतारी (प्रस्ताव)/अभिलेख २

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उच्च प्रदर्शित लेख

नेपाली विकिपिडियाका सम्पादक तथा पाठकहरू माझ बढि लोकप्रिय लेखहरूलाई सुधार गरि पाठकहरूलाई गुणस्तर तथा जानकारी युक्त बनाउनको लागी उच्च प्रदर्शित लेखलाई मुख्य पृष्ठमा राखि दैनिक रूपमा परिवर्तन गर्ने गरि व्यवस्था गर्न प्रस्ताव गर्दछु ।Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

  1. मेरो  समर्थन छ । Ramesh(✉✉) ०६:४४, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  2. यस कार्यमा मेरो पुर्ण  समर्थन तथा सक्दो सहयोग गर्नेछु। --सन्दिप अधिकारीआउनुसवार्ता गरौँ ०७:०४, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  3. समर्थन छ, :) :) लर्नरktm ०७:०९, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  4. यसमा मेरो पुर्ण  समर्थन छ । Belbasesuraj (कुरा गर्ने) ०७:२३, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  5. समर्थन सहित मेरो पनि सहयोग रहनेछ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०८, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  6. समर्थन सहित मेरो पनि सहयोग पनि रहनेछ। Jhapadon (कुरा गर्नुहोस)
  7. राम्रो प्रस्ताव मेरो पूर्ण  समर्थन छ । PANKAJ DEO (कुरा गर्ने) ०५:०३, ५ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  8. मेरो पूर्ण  समर्थन छ ।--Janak Bhatta (कुरा गर्ने) ०६:३५, ५ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  9.  समर्थन गर्दछु।--Ganesh Paudel (कुरा गर्ने) ०५:३४, ७ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  10. मेरो पूर्ण  समर्थन छ । --जूनियर एनटिआर (कुरा गर्ने) ११:१०, ७ फेब्रुअरी २०१७ (युटिसी(UTC))
मतदानको आधारमा स्विकृत भई मुख्यलेख अद्याविधक गरिएको छ ।Nirjal stha (कुरा गर्ने) ११:०५, १९ फेब्रुअरी २०१७ (युटिसी(UTC))

एक जानकारी

नमस्कार नेपाली विकिपिडीयामा हाल निकै उत्कृष्ट र सक्रिय सम्पादकहरूको संख्या दिन प्रतिदिन बर्दै छ।भने त्यस्ता सम्पादकहरूको सहयोगले नेपाली विकिको स्तर पनि सकारात्मक तर्फ लम्कि रहेको छ।त्यसैले नेपाली विकिमा त्यस्ता सम्पादकहरूलाई थप सम्पादन कार्यमा जोस,जागर तथा थप उर्जा थप्नका निम्ति उत्कृष्ट सम्पादकहरू छानि सम्पादकहरूको हौसला अभिवृद्धि गराउन आवश्यक छ।मेरो मतलब प्रत्येक वर्ष विभिन्न विधाहरूमा उत्कृष्ट सम्पादकहरू छान्न सकिन्छ ।

जस्तै
  • उत्कृष्ट वर्ष सम्पादक
  • उत्कृष्ट वर्ष प्रबन्धक
  • उत्कृष्ट नयाँ सम्पादक
  • समय सापेक्ष सम्पादक
  • आदि।

जसले गर्दा सम्पादकहरू विच प्रतिस्पर्धात्मक रूपमा सम्पादन कार्यमा जोस बढ्ने र नेपाली विकिले नयाँ स्थान प्राप्त गर्ने छ भन्ने मेरो धारणा छ।यसलाई परिक्षणका निम्ति २०७३ सालमा प्रयोग गर्न सक्द छौ।माथि उल्लेखित शिर्षकका निम्ति मुख्य प्रबन्धकहरू बिच आपसी समझदारीमा उत्कृष्ट घोषणा गरे हुन्छ ,नत्र उत्कृष्ट ५ वा ३ सम्पादकको नाम छानि सक्रिय सदस्यहरू मार्फत भोट गराई जसको धेरै भोट छ उसैलाई धोषणा गरे हुन्छ।जसका निम्ति वर्षभरिको योगदान पनि नाम सँगै उल्लेख गराउन सकिन्छ ।

हेक्कारहोस्कि यो हामीले २०७४ सालमा परिक्षण गर्न सक्द छौ।

जसका निम्ति चैत १ गते नाम छनोट गरि नयाँ वर्ष तथा २०७४ वैशाख १ घोषणा गर्न सक्द छौ। धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १३:२२, ६ मार्च २०१७ (युटिसी(UTC)))

विकी विमिन एडिटाथन २०१७

यस विकिपिडियामा विगतका वर्षहरूमा हुँदै आएको विकी विमिन एडिटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।
- महिला सम्पादनथन १५ दिनसम्म हुनेछ । (२०१७ मार्च ८ देखी मार्च २२ सम्म)
- यस विकी विमिन एडिटाथनको नेतृत्व महिलाद्वारा गरिएमा राम्रो हुने मेरो तर्क रहेको छ किनभने यो पूर्णत महिला सम्बन्धी कार्यक्रम हो । यसको नेतृत्व लिनका लागि म नेपाली विकिपिडियाका सक्रिय महिला सम्पादनकर्तालाई अनुरोध गर्दछु ।
- १५ दिन सम्म हुने यस कार्यक्रममा विश्वका चर्चित महिला सम्बन्धी लेख बनाइनेछ ।
- नेपाली विकिपिडियाका प्रबन्धक तथा प्रशासकवर्ग यस कार्यक्रम सञ्चालनमा मद्दत गर्नेछन् ।
- विकी विमिन एडिटाथनको आयोजना पृष्ठ यहाँ उल्लेख गरिएका बुँदाहरूमा छलफल गरेर बनाइनेछ ।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई निम्न प्रस्तावमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु । धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०९, ६ मार्च २०१७ (युटिसी(UTC))

छलफल

आर्दणीय प्रबन्धक ज्यूहरु, म प्रयोगकर्ता:Punya नेपाली विकिपिडियाको सक्रिय महिला प्रयोगकर्ताको रुपमा योगदान गर्दै आईरहेको छु । माथी उल्लेखीत प्रस्ताव अनुसार म यस कार्यक्रमको नेतृत्व गर्ने प्रस्ताव प्रस्तुत गर्न चाहन्छु । कृपया आफ्नो विचार राखिदिनु होला । -Punya (कुरा गर्ने) ०८:०६, ८ मार्च २०१७ (युटिसी(UTC))

महिला लक्षित कार्यक्रममा नेतृत्व लिन अग्रसरता देखाउनु भएकोमा धन्यवाद पुण्य जी, मेरो  समर्थन सहित कार्यक्रम सञ्चालन गर्न आयोजना पृष्ठ निर्माण गर्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५४, ८ मार्च २०१७ (युटिसी(UTC))
 समर्थन -सरोज(Saroj) (कुरा गर्ने)
 समर्थनतुल्सी भगत (वार्तालाप) १५:२२, ८ मार्च २०१७ (युटिसी(UTC))
आर्दणीय प्रबन्धक ज्यूहरु, माथि उल्लेखित  समर्थन सहित कार्यक्रम सञ्चालन गर्न मैले निम्न परियोजना पृष्ठ निर्माण गरेको छु ।

यसका साथै हाल नेपाली विकिपिडियामा सक्रिय नयाँ प्रयोगकर्तालाई संयोजन समितिमा सुचीमा आफ्नो नामले सुसर्जित गराई कार्यक्रम सफलता पुर्वक सम्पन्न पार्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । - Punya (कुरा गर्ने) १५:३२, ८ मार्च २०१७ (युटिसी(UTC))

प्रयोगकर्ता अधिकारको लागि निवेदन

Pitambar Bhattarai

६ मे २०१७ ०९:४० युटिसी भन्दा पूर्व नसकिने

नमस्कार! प्रबन्धक ज्यूहरू, म पिताम्बर भट्टराई(कुरा गर्ने) विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ। नेपाली विकिपिडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २३००+ योगदान दिईसकेको छु। म समीक्षक भएर नेपाली विकिपिडियालाई अझ बढि केही दिन सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु। आशा छ समीक्षक पदकोलागि जिम्मेवारी पाउनेछु। धन्यवाद! पिताम्बर भट्टराई(कुरा गर्ने) ०९:४०, २२ अप्रिल २०१७ (युटिसी(UTC))

समर्थन

  1. निवेदकको रूपमा यसमा मेरो पुर्ण  समर्थन छ। पिताम्बर भट्टराई(कुरा गर्ने) ०९:४०, २२ अप्रिल २०१७ (युटिसी(UTC))
  2.  समर्थन - Rewati Pokharel (कुरा गर्ने) ०५:१९, २४ अप्रिल २०१७ (युटिसी(UTC))

विरोध

छलफल

विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए तल छलफल गरि दिनु हुन अनुरोध गर्दछु ।

सहभागिताको लागी यस पृष्ठमा जानुहोस् ।

कार्यक्रम आयोजकको रूपमा सहभागी हुन इच्छुक

छलफल

@Nirjal stha: पछिल्लो वर्षको सफलतालाई ध्यानमा राख्दै यस वर्ष अझ उत्साहका साथ यस सम्पादन-थन प्रतियोगितालाई सञ्चालन गर्न सुझाव दिन चाहन्छु । यस प्रतियोगितामा मेरो तर्फबाट कार्यक्रम आयोजकहरूलाई पूर्ण सहयोग रहनेछ साथै एउटा योगदानकर्ताको रूपमा पनि मेरो सहभागिता रहने अवगत गराउन चाहन्छु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३८, ३० अक्टोबर २०१७ (युटिसी(UTC))

गत वर्ष आयोजकको रूपमा म र बिप्लब जी ले यो कार्यक्रम सञ्चालन गरेता पनि यो वर्ष नयाँ सम्पादक मित्रहरूले आयोजनको भूमिकामा कार्यक्रम सञ्चालन गर्नको लागी सम्पादक मित्रहरूलाई सहभागिताको लागी अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:१७, ३० अक्टोबर २०१७ (युटिसी(UTC))

विकिडेटा डेटाथन २०१८

यस विकिपिडियामा विगतका वर्षहरूमा हुँदै आएको विकिडेटा डेटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।

  • कार्यक्रम फाल्गुन १ देखी फाल्गुन ३० सम्म संचालन हुने
  • फाल्गुन महिनाभर विकिडेटा समन्धित विभिन्न अनलाइन एडिटाथन तथा आउटरीच कार्यक्रम संचालन गरिने
  • यस वर्षको कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा ख्याती प्रप्त प्रतिभाशाली नेपाली ब्यक्तित्तोहरूको जानकारी उजागर गरिने

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु । धन्यवाद -- Nabin K. Sapkota (कुरा गर्ने) १७:१२, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))

मत राख्नुहोस्

छलफल

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि म समुदाय समक्ष यो प्रस्ताव प्रस्तुत गर्दैछु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला ।

जानकारी

@Nirjal stha, Nirajan pant, Tulsi Bhagat, Nirmal Dulal, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai, Krish Dulal, Nabin K. Sapkota, Ram Prasad Joshee, and Zeetendra: जी,

प्रस्तावक

समर्थन

छलफल

सूचना प्राप्त भएन् । — तुल्सी भगत (वार्तालाप) ०६:०२, १८ फेब्रुअरी २०१८ (युटिसी(UTC))

विकी विमिन एडिटाथन २०१८

विकी विमिन एडिटाथन २०१८

यस विकिपिडियामा विगतका वर्षहरूमा जस्तै हुँदै आएको कार्यक्रम विकी विमिन एडिटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।

  • कार्यक्रम मार्च ८ देखी अप्रिल ८ सम्म संचालन हुने ।
  • मार्च महिनाभर नारीमा समर्पित विभिन्न अनलाइन एडिटाथन तथा आउटरीच कार्यक्रम संचालन गरिने ।
  • यस वर्षको कार्यक्रममा महिला स्वास्थ तथा महिला समन्धित सामाजिक क्रियाकलापको लेख लेखिने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तररमा ख्याती प्राप्त प्रतिभाशाली नेपाली ब्यक्तित्वहरूको लेख नेपाली, मैथिली, डोटेली, नेवारी र नेपालमा बोलिने अन्य भाषा लगायत अन्तर्राष्ट्रिय भाषामा लेख लेखिने ।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु ।

प्रस्तावक

--निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४७, २० फेब्रुअरी २०१८ (युटिसी(UTC)) --Punam Paudel (कुरा गर्ने) ०६:२४, ८ मार्च २०१८ (युटिसी(UTC))

मत राख्नुहोस्

छलफल

ले२. विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपिडिया परियोजनामा अवस्थित लेख

यो आधारलाई परिवर्तन गरेर विदेशी भाषा प्रयोग गरिएका राख्नु सहि होला। enwiki जस्तो ठुलो विकि जसमा धेरै भाषाका प्रयोगकर्ता छन् यो नियम सहि हुन्छ तर हाम्रो जस्तो सानो विकिमा येस्तो नियमको काम नहुने र लेखहरु धेरै समय सम्म जस्ताको तस्तै रहने गर्छ। धन्यवाद-BRP ever १६:१६, १९ अप्रिल २०१८ (युटिसी(UTC))

Cats

मैले नेपाली विकिपिडियामा श्रेणीहरुको प्रयोग उचित ढंगले नभएको पाएको छु। श्रेणीकरणको उचित नियम नभएकोले वा प्रयोगकर्तालाई यसको बारेमा जानकारी नभएकोले येस्तो समस्या आएको जस्तो लाग्छ। त्यसकारण यो समस्या समाधान गर्न सहयोग र तपाईका बिचारहरुको आशा गरेको छु। समस्याहरु,

  • रित्तो वा अनावश्यक श्रेणीहरु धेरै भएका।
    • समाधान- कम्तीमा ३ भन्दा कम लेख भएका श्रेणीहरु मेटाउने।
      • सहि नाम गरेका श्रेणी राख्ने र एकै किसिमका लेखका लागि भएका दुई श्रेणीमा एक रख्ने र अर्को हटाउने।
  • जथाभावी श्रेणीको प्रयोग भएको। (categorise overcrowded)
    • श्रेणीहरुलाई रुखको हाँगा जस्तै बनाउने र उपश्रेणी जोडिएका लेखमा मुख्य श्रेणी नजोड्ने।

जस्ता समस्याहरु समाधान गर्नुपर्ने देखिन्छ यसबारे सल्लाह र छलफलको आशा छ।-BRP ever ११:११, २३ अप्रिल २०१८ (युटिसी(UTC))

समर्थन

  • उपरोक्त प्रस्तावको लागि मेरो  समर्थन छ तर यस कार्य सम्पादनको लागि बोटको अनिवार्यता रहेको हुँदा बोटबाटै कार्य गर्न मेरो सल्लाह रहेको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:५९, २३ अप्रिल २०१८ (युटिसी(UTC))
@बिप्लब आनन्द: जी, कुन बोटले कस्तो काम गर्छ भन्ने लिस्ट प्रदान गर्न अनुरोध छ। र सबै काम बोटले गर्न नसक्ने र manually गर्दा flood हुन सक्ने ले temporary Flood flag को व्यवस्था गर्न अनुरोध छ।-धन्यवाद र म एउटा परियोजना सुरु गर्न चाहन्छु र एक वा धेरै sysopको यो कार्य मा सहयोग चाहन्छु। र बोट र बोट अपरेटर को सहभागिता भए सो कार्य बोट द्वारा गराउने या नभए आफै flood flagमा गर्ने जानकारी दिन्छु। र तपाईलाई templateहरु को जानकारी भएकाले maintainance cat र धेरै आवस्यक मात्र टेम्प्लेट त्रुटि cat र यस संबंधी टेम्प्लेट बनाई सहयोग गर्न अनुरोध छ।(please import those template from simplewiki, both user warning and popcat and also maintainance cat template) धन्यबाद-BRP ever १४:३५, २३ अप्रिल २०१८ (युटिसी(UTC))

टिप्पणी

  • बिप्लबज्यूको कुरालाई समर्थन गर्न चाहन्छु । मेरो Tulsibot खाताको सहयोगले श्रेणीहरूलाई ठीक गर्न सकिन्छ । ठीक गर्नु पुर्व मेरो खातालाई बोट अधिकार साथै हजुरहरू को सहियोग चाहिन्छ । धन्यवाद !तुल्सी भगत (वार्तालाप) ०८:४२, १३ मे २०१८ (युटिसी(UTC))
@Tulsi Bhagat: ज्यू, के तपाई एउटा स्क्रिप्ट लेखेर उपश्रेणीमा भएका पृष्ठलाई मुख्य श्रेणीबाट हटाउन सक्नु हुन्छ? म Tulsibotको वार्ता पृष्ठमा फेला परे जति सबै मूल श्रेणी र उपश्रेणी लिस्ट गरीदिदै जानेछु। पृष्ठहरू धेरै भएकाले पृष्ठलाई नै लिस्ट गर्न असम्भव छ किनभने लिस्ट गर्ने मेहनत ले त आफै काम गर्न सकिन्छ र छिटो हुन्छ जस्तो लाग्छ।-BRP ever ०९:०८, १३ मे २०१८ (युटिसी(UTC))
@BRPever: ठीक छ । हजुर, कुन मूल श्रेणी र उपश्रेणी जोड्ने र हटाउनु पर्छ त्यो कुरा हजुर वार्ता पृष्ठमा गएर निर्देशन दिनु काम सम्पन्न हुनेछ । धन्यवाद !तुल्सी भगत (वार्तालाप) ०९:१७, १३ मे २०१८ (युटिसी(UTC))

उल्लेखनियता

हाम्रो उल्लेखनियताको नीति पुर्ण नभएकोले यस् बरेमा पनि छलफल आवश्यक छ। मेरो बिचारमा अङ्ग्रेजीको उल्लेखनियताका नियमलाई अनुबाद गरे हुन्छ र पछी फेरबदल गर्दा हुन्छ। या तल छलफल गर्दा हुन्छ। र कृपया समर्थन-बिरोध नगर्नु होला, यो नियमहरु basic नियम हुन् र यो नियम हरुले विकिपिडियालाई आन्य वेबसाईट भन्दा भिन्न बनाउने गर्छ र यो नियम नभए विकि चल्दैन। त्यसकारण आफ्नु फरक बिचार भए तल लेख्नुहोला। (please don't support or oppose, if you have different opinion we welcome you)

-BRP ever ११:४८, २३ अप्रिल २०१८ (युटिसी(UTC))

विकी लभ्स अर्थ- २०१८

विकिपिडियन मित्रहरू, हरेक वर्ष मे महिनामा आयोजना गरिने अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता विकी लभ्स अर्थ यस वर्ष सन् २०१८ मा आयोजना गर्नको लागि छलफलको लागि यो प्रस्ताव पेश गर्दछु ! नेपालमा रहेका विकिमिडियनहरूले हरेक वर्ष निरन्तर रूपमा यस प्रतियोगिताको आयोजना गर्दै आइरहेका छन्। यस प्रतियोगिताको कारणले नेपालका प्राकृतिक धरोहरहरूसँग सम्बन्धित खुल्ला/स्वतन्त्र सामग्रीको संख्यात्म र गुणात्मक रूपमा उल्लेख्य बृद्धि भइरहेकोले, र भिन्न प्रकारले भए पनि हाम्रो देशको प्राकृतिक सौन्दर्यतालाई इन्टरनेटको माध्यमले प्रवर्धन गर्न योगदान पुगेकोले । यस प्रतियोगिता यस वर्ष पनि आयोजना गरिनु वाञ्छनीय देखिन्छ। यस कार्यक्रमको आयोजना र सफलताको लागि सम्पूर्ण समूदाय, खुल्ला सामग्री सचेत संस्थाहरू र अभियन्ताहरूसँगको सहकार्यको लागि यहाँको समर्थन र सहभागीताको लागि अनुरोध गर्न चाहन्छु ।

समर्थन

-  समर्थन निवेदकको रूपमा ।सरोज(Saroj) (कुरा गर्ने) १२:५०, २३ अप्रिल २०१८ (युटिसी(UTC))

  • समर्थनBRP ever १२:५७, २३ अप्रिल २०१८ (युटिसी(UTC))
  • समर्थन Nirjal stha (कुरा गर्ने) १३:५७, २३ अप्रिल २०१८ (युटिसी(UTC))

विरोध

सुझाव

- मैथिली विकिपिडियामा धेरै पहिले देखि नै योजना भइसकेको र विप्लव आनन्दले विकिमिडिया कमन्स पृष्ठ निर्माण समेत गरिसक्नु भएकोले र कार्यक्रम संयोजनको अपेक्षा राख्नु भएको जानकारीमा आएकोले, त्यस अनुरूप नै अगि बढ्नु उत्तम होला।सरोज(Saroj) (कुरा गर्ने) १८:५३, २८ अप्रिल २०१८ (युटिसी(UTC)) }

लेख र लिगेसी सम्बन्धी छलफल

आदरणीय साथीहरू नमस्कार। केही समयको निस्कृयता पछि यस छलफलमा उपस्थित भएको छु। देशका विभिन्न राजनीतिक सामाजिक परिवर्तन साथै कतिपय विषयहरू परिवर्तन भैरहेका हुन्छन्। तर परिवर्तन भएर नयाँ बनेका संरचना आदिमा पुरानो संरचनाको उत्तराधिकार (लिगेसी) रहेको देखिँदैन। त्यसरी परिवर्तन हुनु अगाडी रहेका संरचनाको राष्ट्रिय अन्तरराष्ट्रिय महत्व पनि रहिरहेकै हुन्छ। त्यसकारण त्यस्ता विषयहरूमा भएका वा नयाँ बन्ने लेखहरूलाई त्यसै रूपमा विकसित हुँदै जान दिने र नयाँ सृजना भएका संरचनालाई पनि अघिल्लो संरचना सँग लिङ्क गराउन आवश्यक देखिन्छ। जस्तो कि राणा शासन परिवर्तन भएपछि बहुदलीय संसदीय व्यवस्थामा नयाँ अवयव हरू बने। पछि पञ्चायती व्यवस्था हुँदा अलग्गै अंगहरू बने। बहुदल पुनर्स्थापना हुँदा राष्ट्रिय पञ्चायत लगायत अधिकांश संरचना भङ्ग भए। प्रतिनिधि सभाराष्ट्रिय सभा बन्यो जुन अन्तरिम संसदले विस्थापित गर्यो। पछि संविधान सभाव्यवस्थापिका संसद बन्यो। अहिले प्रदेश सभा, संघीय संसद आदि निकाय गठन भए। तिनीहरूका आफ्नै महत्व छन्। त्यसैले ती विषयमा छुट्टा छु्ट्टै लेख बन्न दिने तर कुनै भ्रम हुन गएमा समुदायले प्रष्ट्याउँदै लैजाने नीति लिनुपर्छ जस्तो लाग्छ। हालैको घटनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भए। ती दुवै पार्टीका ऐतिहासिक पृष्ठभूमि र महत्व छन्। त्यसैले ती दुवै लेख यथावत राखेर नयाँ बनेको पार्टी बारेमा लेख बनाउन उचित ठानेको छु। यस तथा यस्तै अन्य विषय आइपरेमा के गर्ने? समुदायमा छलफल गरेर अगाडी बढ्दा उचित हुने देखेकाले छलफलमा राय राखिदिनुहुन सबैमा अनुरोध गर्दछु। --Ganesh Paudel (कुरा गर्ने) १०:४६, ८ जुन २०१८ (युटिसी(UTC))

तपाईंले उठाउनुभएको कुरा तर्कसङ्गत छ। तपाईंले उल्लेख गर्नुभएका लेखहरू इतिहासका उदाहरणहरू हुन् तर यी दुई पार्टीहरू मिलेर बनेको नयाँ पार्टी वर्तमान हो। यी इतिहास भइसकेका लेखहरूलाई वर्तमानको पृष्ठभूमि खण्डमा साराशंमा उल्लेख गरी यी र यस्ता (नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)) लेखहरूको लिङ्क (पूर्णपाठको लागि) दिँदा उपयुक्त होला। यस्तो अभ्यास अरू विकिपिडियाहरूमा पनि हुनुपर्छ।--Nirajan pant (कुरा गर्ने) १४:४३, २० जुन २०१८ (युटिसी(UTC))
म निराजनजीको रायमा सहमत छु । विकिपिडियामा सबै प्रकारका जानकारीहरू समेट्नु पर्ने भएकाले निराजनजीले भने झैं गर्नु वेस होला। --  वार्ता  ११:०१, २१ जुन २०१८ (युटिसी(UTC))
@Ganesh Paudel जी तपाइले निकै महत्वपूर्ण कुरा उठाउनु भएको छ तर चौतारीमा लेख र लिगेसी सम्बन्धी छलफलमा कमि आयो । यो प्रसंगमा एक निश्चित धारणा बनाएर हामीले धेरै लेखहरुलाइ सुधार गर्नुपर्ने रहेकोछ । निराजन जीले भने अनुसार पुराना लेखहरूको लिङ्क राखेर वा नयाँ पृष्ठ सिर्जना गर्दा कुनै खण्डमा इतिहास भइसकेका लेखहरूलाई समेट्दा राम्रो हुन्छ होला । यस बिषयमा अरु साथीहरुको पनि धारणा आवोस् र हामि एउटा निर्णयमा पुग्न सकौ । -Janak Bhatta (कुरा गर्ने) ०३:०९, ३ जुलाई २०१८ (युटिसी(UTC))
यसमा बहस गर्नुभन्दा पनि काम गरौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभा र बहुदलीय ब्यबस्थाको राष्ट्रिय सभा फरक भैहाल्छ पहिला सामग्री हुनु जरूरी छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:२१, ४ जुलाई २०१८ (युटिसी(UTC))

प्रमुख लेख सम्बन्धमा

नेपाली विकिपिडियामा प्रमुख लेख महिनामा एक पटक परिवर्तन हुने व्यवस्था रहेको छ । सन् २०१४ जुन देखि प्रमुख लेखलाई निरन्तर घोषित गरिँदै आएको छ । हाल आएर प्रमुख लेख जस्तो गहन विषयमा समुदायको उपस्थिति न्यून देखिएको हुनाले प्रमुख लेख महिनेपिच्छे परिवर्तन, चयनको लागि नयाँ मापदण्ड बनाउन आवश्यक भएको छ । यस विषयमा समुदायको तर्फबाट उचित सल्लाह, सुझाव तथा निर्णय आवश्यक भएको हुँदा सबै प्रयोगकर्तावर्गलाई यस छलफलमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:५०, ३ जुलाई २०१८ (युटिसी(UTC))

टिप्पणी

@बिप्लब आनन्द: जी तपाईले उठान गर्नु भएको कुरा सहि हो । समुदायमा हरेक कार्यमा सहभागिता भएन भने कार्य निरन्तरता हुदैन । तसर्थ समुदायलाई विकिमा थप सहभागिता गराउनु पर्ने जरूरी रहेको छ । Nirjal stha (कुरा गर्ने) १६:२८, ३ जुलाई २०१८ (युटिसी(UTC))

अहिले हेर्दा, प्रत्येक महिना राखिने प्रमुख लेख छनौट, चयन तथा निर्माणको काम केवल प्रवन्धक र प्रशासकको मात्र हो कि भन्ने जस्तो देखिएको छ। यसको कारण प्रमुख लेख छनौटमा सम्पादकहरूको न्यून सहभागिता नै हो। @बिप्लब आनन्द: जी ले भन्नु भए झैं प्रमुख लेख चयनको लागि नयाँ मापदण्ड बनाउन आवश्यक छ। यसमा निम्न कुराहरूमा सम्मिलित गर्दा उपयुक्त होला।

सम्पादकहरूको सहभागिता वृद्धिको लागि

  • प्रमुख लेखको महत्तालाई वृद्धि गर्ने।
  • प्रमुख लेखलाई नेपाली विकिपिडियाका विविध सामाजिक सञ्चाजमा भएका समूह र पृष्ठमा साझा गर्ने (साझा गर्दा प्रमुख सम्पादकहरूको नाम सम्मिलित गर्नुपर्ने)।

प्रमुख लेख छनौट प्रक्रिया

  • कुनै पनि महिनाको प्रमुख लेख छनौटको लागि त्यो भन्दा अघिल्लो महिनामा निर्माण तथा विस्तार गरिएका लेखहरू मात्र प्रमुख लेख आवेदनको रूपमा पेश गर्न सकिने।
  • प्रमुख लेख आवेदन र मतदानमा वृद्धिको लागि कदम अगाडि बढाउने।

यसको अलावा प्रमुख लेख छनौटमा सम्पादक सहभागितालाई वृद्धिको लागि समुदायमा छलफल गरी निर्णय लिनु आवश्यक छ। --Nirajan pant (कुरा गर्ने) १५:२७, ४ जुलाई २०१८ (युटिसी(UTC))

प्रमुख लेख जस्तो संवेदनशील विषयमा समेत समुदायका अधिकांश सदस्यहरूद्वारा यस प्रस्तावमा कुनै प्रतिक्रिया नआएकोले यस विषयमा तत्कालै कुनै निर्णय गर्न सकिदैन । प्रमख लेख छनौटमा समुदायको सहभागिता न्यून भएकोले गर्दा प्रमुख लेख महिनेपिच्छे परिवर्तनशील बनाउन नसकिने स्पष्ट पार्न चाहन्छु । प्रमुख लेखको विषयमा मेरो सुझाव निम्नानुसार रहेको छ -

  • प्रमुख लेखलाई ३ महिनामा एक पटक परिवर्तन गर्ने
  • प्रमुख लेखको महत्वलाई समुदायमा स्पष्ट पार्ने
  • प्रस्ताव गरिएको प्रमुख लेख आवेदन छलफलमा बढी भन्दा बढी प्रयोगकर्तालाई सम्मिलित गराउने

धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:५५, ६ अगस्त २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८

विकी लभ्स मोन्युमेन्ट्स
विकी लभ्स मोन्युमेन्ट्स

आदरणीय विकिपिडियन मित्रहरू, प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता विकी लभ्स मोन्युमेन्ट्स (WLM) यस वर्ष सन् २०१८ आयोजना गर्नको लागि छलफलको लागि यो प्रस्ताव पेश गर्दछु ! नेपालमा रहेका विकिमिडियनहरूले हरेक वर्ष निरन्तर रूपमा यस प्रतियोगिताको आयोजना गर्दै आइरहेका छन्। यस प्रतियोगिताको कारणले नेपालका संस्कृतिक धरोहरहरूसँग सम्बन्धित खुल्ला/स्वतन्त्र सामग्रीको संख्यात्म र गुणात्मक रूपमा उल्लेख्य बृद्धि भइरहेकोले, र भिन्न प्रकारले भए पनि हाम्रो देशको संस्कृतिक सौन्दर्यतालाई इन्टरनेटको माध्यमले प्रवर्धन गर्न योगदान पुगेकोले; यस प्रतियोगिता यस वर्ष पनि आयोजना गरिनु वाञ्छनीय देखिन्छ। यस कार्यक्रमको आयोजना र सफलताको लागि सम्पूर्ण समूदाय, खुल्ला सामग्री सचेत संस्थाहरू र अभियन्ताहरूसँगको सहकार्यको लागि यहाँको समर्थन र सहभागीताको लागि अनुरोध गर्न चाहन्छु । -धन्यवाद

समर्थन

विरोध

  • विरोध विरोध"हाम्रो देशको संस्कृतिक सौन्दर्यतालाई इन्टरनेटको माध्यमले प्रवर्धन गर्न" यो इनसाइक्लोपीडिया वा विकिपिडिया को काम होइन। र पहिलेका कार्यक्रमले पनि धेरै प्रभाव परेको छैन किनकि हाम्रो विकिपिडिया येस्ता लेखहरूकै अभाव छ। र हामी आवश्यक चित्रहरू fair use भनेर प्रयोग गर्न सक्छौ। विकिमीडिया फाउन्डेशनको अनुदान अन्य कुनै प्रभावशाली काममा प्रयोग गर्नुहोस् । कमन्समा फोटा धेरै भए प्रयोग गर्ने ठाउँको कमि भो।-BRP ever १५:४२, २ अगस्त २०१८ (युटिसी(UTC))

सुझाव

  • अनुदान प्रस्तावित गर्नु अघि नै सामुदायमा जानकारी गराउनुभएकोमा राम्रो हुन्थ्यो कि ? — तुल्सी भगत (वार्तालाप) ०२:२१, २ अगस्त २०१८ (युटिसी(UTC))
  • विकी लभ्स मोन्युमेन्ट्स २०१८ कार्यक्रम अन्तर्गत अपलोड गरिएका तस्वीरहरूलाई विकिपिडिया/विकिश्नरी लगायत अन्य विकिपरियोजनामा भएका लेखहरूमा उपयुक्त तरिकाले उपयुक्त स्थानमा राख्नु पनि अति आवश्यक देखिन्छ। कमन्समा अपलोड गरेर मात्रै तस्वीरहरूको सार्थकता झल्किदैन। तसर्थ मेरो विचारमा यस बुँदालाई पनि विकी लभ्स मोन्युमेन्ट्स २०१८ कार्यक्रममा समावेश गरियोस्।--Nirajan pant (कुरा गर्ने) ०६:१७, ५ अगस्त २०१८ (युटिसी(UTC))

छलफल

अनुमान प्रस्तावको सम्बन्धमा हिजो विजय जीले राख्नु भएको कुराम थप प्रष्ट बनाइदिनु हुन अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ०४:१९, २ अगस्त २०१८ (युटिसी(UTC))


विकिपिडिया एसियाली महिना २०१८

विकिपिडिया एसियाली महिना
विकिपिडिया एसियाली महिना

आदरणीय विकिपिडियन मित्रहरू, विकिपिडिया एसियाली महिना प्रत्येक वर्षको नोभेम्बर महिनामा आयोजना गरिने अनलाइन सम्पादन-थन प्रतियोगिता हो । यो कार्यक्रमको मुख्य उद्देश्य एसियाली सामाग्रीहरूलाई विभिन्न भाषाहरूमा प्रर्वद्धन गर्ने र विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ । तसर्थ यस वर्ष २०१८ को संस्करणको आयोजनामा नेपाली विकिपिडिया समेत सामेल हुनको लागि प्रस्ताव गर्दछु । -धन्यवाद Nirjal stha (कुरा गर्ने) १४:१६, २५ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

समर्थन

मतदानको आधारमा कार्यक्रम सञ्चालनको लागी दर्ता गरियो । धन्यवाद Nirjal stha (कुरा गर्ने) १३:५९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

विरोध

छलफल

यदि यो कार्यक्रमलाई नेपालका दुई वा सो भन्दा बढी विकिपिडियामा एकै साथ सञ्चालन गर्न सकिए, अझ राम्रो हुन्थ्यो होला । गत वर्ष पनि नेपाली तथा मैथली विकिपिडियामा यो कार्यक्रम सञ्चालन भएकोले यस सम्बन्धमा थप छलफलको लागि अाग्रह गर्दछु । Nirjal stha (कुरा गर्ने) १५:०७, ३० सेप्टेम्बर २०१८ (युटिसी(UTC))

विकिथन २०१८ आयोजना सम्बन्धमा

यस विकिपिडियामा प्रत्येक वर्ष दशैं तिहार र छठको अवसर पारेर अक्टुबर महिनामा आयोजना गर्दै आइएको कार्यक्रम विकिथन यस वर्ष पनि आरम्भ गर्नका लागि हतार भैसकेको र यस सम्बन्धमा आज सम्म कसैले प्रस्ताव नराखेको हुनाले म समुदाय समक्ष अक्टुबर १५ देखी नोभेम्बर १५ सम्म विकिथन आयोजना गर्ने प्रस्ताव गर्दछु । साथै म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:५५, १४ अक्टोबर २०१८ (युटिसी(UTC))

समर्थन


विरोध

छलफल

  • @Nirmal Dulal: ज्यू, समुदाय समक्ष विकिथन प्रतियोगिता आयोजना गर्ने प्रस्ताव राख्नुभएकोमा धन्यवाद । विकिथन प्रतियोगिताले पक्कै पनि नेपाली विकिपिडियामा लेखको सङ्ख्यामा बृद्धि गरेको छ तर के ती निर्माण भएका लेखहरू स्तरीय (३०० शब्दको लेख, इन्फोबक्स, स्रोत) छन्? विकिथनको मुख्य उद्देश्यलाई नै परिवर्तन गर्ने समय आइसकेको मेरो बुझाई छ । मेरो भन्नुको अर्थ हामीले यस वर्षको प्रतियोगितालाई लेख निर्माण गर्ने तर्फ नलगेर यस विकीमा रहेका लेखहरूलाई सुधार गरेर स्तरीय बनाउने तर्फ लाग्नु पर्ने आवश्यकता रहेको देखेको छु । जसरी विगतमा सबैभन्दा बढी लेख बनाउनेलाई हामी पुरस्कृत गर्थ्यों त्यस मापदण्डलाई यस वर्ष परिवर्तन गरेर सबैभन्दा बढी लेखलाई सुधार गर्न सम्पादन गर्ने प्रयोगकर्तालाई हामी पुरस्कृत गर्न सक्छौं । धन्यवाद सहित शुभकामना । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:५१, १४ अक्टोबर २०१८ (युटिसी(UTC))

Proposal for Changing the name of ढाँचा:Talk header Page

Sorry for writing in English. Dear Wikipedians, The name Template:Talk header is not fully translated in Nepali. The English page Template:Talk header is in Nepali called ढाँचा:Talk header; the link is here. think, the page name should be ढाँचा:वार्तालाप. I guess that for this half-English, half Nepali name, the wikipedians are not creating enough talk (वार्तालाप) pages. Please discuss about this topic and make a decisions. --Anup Sadi (कुरा गर्ने) १६:३९, ५ नोभेम्बर २०१८ (युटिसी(UTC))

विकि लभ्स बर्ड्स परियोजना

विश्वमा ९०००+ चराका प्रजातिहरू पाइन्छन्, जस मध्य लगभग ९०० प्रजातिहरू नेपालमा पाइने गर्छन् । आइयुसिएनका अनुसार विश्वमा पाइने चराका प्रजातिहरू मध्य १३ % लोपोन्मुख अवस्थामा छन् । यस्ता लोपोन्मुख प्रजातिहरू मध्य पनि ३० वटा प्रजाति नेपालमा पाइने गर्छन् । यस्ता चराका प्रजातिहरूको तस्वीरहरू विकिमिडिया कमन्समा अपलोड गर्ने तथा यिनीहरूको बारेमा नेपाली विकिपिडिया लेखहरू निर्माण तथा भएका लेखहरू सुधार गर्ने उदेश्यले विकि लभ्स बर्ड्स परियोजना सुरूवात गर्न लागेको छु । उक्त परियोजनामा निम्न कार्यहरूमा सहभागी हुन् इच्छुक प्रयोगकर्ताहरूले आफुले गर्न सक्ने कार्य सहित नाम दर्ता गर्न अनुरोध गर्दछु :

  1. चराहरूको फोटो अपलोड गर्ने
  2. चराहरू सम्बन्धि लेखहरू निर्माण तथा भएका लेखहरू सुधार गर्ने
  3. प्राविधिक सहायता
  • नोट: यहाँ नाम मात्र सुचिकृत गरी परियोजनामा कुनै योगदान नगरेमा उक्त परियोजनाको सहभागी मानिने छैन । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०८, २७ नोभेम्बर २०१८ (युटिसी(UTC))

सहभागिता जनाउनुहोस

  •  समर्थन -(भूपेन्द्र श्रेष्ठ `भूपेन´ ०६:००, २७ नोभेम्बर २०१८ (युटिसी(UTC))) चरा सम्बन्धि लेख बनाउन र पुरानो लेखहरू सम्पादन गर्नका तथा फोटो अपलोड गर्नका निम्ति सहभागी हुन चहान्छु ।
  •  समर्थन - हिमाल सुबेदी (कुरा गर्ने)
  • फोटो अपलोड - Shree Krishna Dhital (कुरा गर्ने) ०४:५२, २ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • फोटो अपलोड -Hari Paudyel (कुरा गर्ने) ०८:१२, ८ डिसेम्बर २०१८ (युटिसी(UTC))
  •  समर्थन पर्वत सुबेदी (कुरा गर्ने) ०५:३५, १ फेब्रुअरी २०१९ (युटिसी(UTC))
  •  समर्थन - Bharatadhikarimb (कुरा गर्ने) ०२:३६, ८ फेब्रुअरी २०१९ (युटिसी(UTC)) ठुटो पृष्ठ सुधार गर्नका लागि सहभागी हुन चाहन्छु।

प्रमुख लेख थप गर्ने

नमस्कार, सबै नेपाली विकिपिडियनहरूमा - कृपया यो हामी सुबेदी दाजुभाइको सन्देश सबै पढिदिनु होला

हाल नेपाली विकिपिडियाको १७ वर्षको अवधिमा मात्र ३१ हजार लेखहरू बनेका छन् त्यहि पनि १-२ हजार लेखहरू मात्र सन्देश मुलक छन् र प्रमुख लेख पनि ४० दिनसम्म परिवर्तन भएको छैने यो नेपाली विकिपिडियाको लाजमर्दो अवस्था हो त्यसैले हामी दाजुभाइले एसियाली महिनाको समाप्ति लगत्तै प्रमुख लेखमा राख्न योग्य पृष्ठको निर्माण गर्ने सोचेका थियौं र हामीले प्रमुख लेखमा राख्ने पृष्ठमा १६०० भन्दा बढी शब्द र ३५००० बाइटको पृष्ठ बनाउनको लागि पुर्ण रुपमा तल्लीन हुनेछौँ र सुरुवाती चरणमा हामीले ३० दिनलाई घटाएर १५-१५ दिनमा परिवर्तन र पछि १-१ हप्तामा प्रमुख लेख परिवर्तन गर्ने छौँ । त्यसैले हाम्रो कुरा सहि लाग्छ भने हामीलाई समर्थन गर्नु होस् ।

अन्त्यमा, हामीले भन्ने बेलामा भन्ने र काम पनि नगर्ने अहिलेसम्म कदापि गरेका छैनौं त्यसैले तपाईंको समर्थन अायमा हामी अहिले देखिनै पृष्ठ निर्माण गर्न लागि पर्ने छौँ । -हिमाल सुबेदी (कुरा गर्ने) ०४:२६, १ डिसेम्बर २०१८ (युटिसी(UTC))

-पर्वत सुबेदी (कुरा गर्ने) ०४:२८, १ डिसेम्बर २०१८ (युटिसी(UTC))

समर्थन

  • नेपाली विकिपिडियामा तपाईहरूको योगदान कदरयोग्य छ र हाल प्रमुख लेखको लागी उत्कृषट लेख तथा प्रस्तावको कमिले गर्दा प्रमुख लेख चयन नभएको अवस्थामा रहेको छ । तसर्थ तपाईहरू थालनी गर्न लाग्नु भएको कार्यमा हाम्रो पूर्ण सहयोग हुनेछ । मेरो पूर्ण समर्थन छ । Nirjal stha (कुरा गर्ने) ०४:३३, १ डिसेम्बर २०१८ (युटिसी(UTC))
  •  समर्थन साथीहरूको नयाँ काम वा नयाँ योजना प्रति मेरो पुर्ण समर्थन, तथा आवस्यक सहयोग मैले पनि गर्ने छु ।

(श्रेष्ठ भूपेन्द्र ०४:४५, १ डिसेम्बर २०१८ (युटिसी(UTC))

  • सर्बप्रथम सुबेदी दाजुभाइ हिमाल सुबेदीपर्वत सुबेदी लाइ धेरै धेरै बधाई छ । विकिपिडिया एसियाली महिना २०१८ मा तपाईहरूको योगदान कदर योग्य तथा अनुकरणीय रहेको छ । एसियाली महिना २०१८ को समाप्ती संगै तपाईहरुले गरेको घोषणा स्वागत योग्य छ । प्रमुख लेख को लागि तपाईहरुले गरेको संकल्पमा मेरो पनि साथ तथा सहयोग रहने छ ।  समर्थन- Janak Bhatta (कुरा गर्ने) १४:५६, १ डिसेम्बर २०१८ (युटिसी(UTC))
  •  समर्थन - स्वागत योग्य प्रस्ताव - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:१६, २ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • मेरो  समर्थन छ। विकिक्याम्प नेपालमा भएको छलफल अनुसार उच्चस्तरका लेखहरूको संख्या बृद्धि गर्ने, तिनीहरूको परिक्षण गरी स्तरीय लेख श्रेणीमा राख्ने कार्यमा लाग्न सबै अनुभवी सम्पादकहरूलाई अनुरोध छ। अबको १ महिना सम्भाव्य लेखहरूको गुणस्तर सुधार गर्न घनीभूत रूपमा लाग्न सकेमा पक्कै राम्रो परिणाम निस्कनेछ। सुवेदी दाजुभाईको लगनशीलता र जाँगरको उच्च प्रसंसा गर्दछु। साथै मेरो पनि कम्तीमा एक लेख सुधार्ने प्रयत्न रहनेछ। १५ दिन वा ७ दिन वा त्यो भन्दा पनि कम समयमा नियमित परिवर्तन गर्ने विषयमा केही समय पछि (हामीसँग पर्याप्त राम्रा लेख तयार भैसकेपछि) छलफल गर्नु वेश होला। --Ganesh Paudel (कुरा गर्ने) ०५:२२, २ डिसेम्बर २०१८ (युटिसी(UTC))
  •  समर्थन- तपाईंहरूको स्वागतयोग्य प्रस्तावलाई मेरो पूर्ण समर्थन छ । -Devraj poudel (कुरा गर्ने) ०१:५३, ३ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • प्रमुख लेखतर्फ समुदायको ध्यानाकर्षण गराउनुभएकोमा तपाई दुवै दाजुभाई हिमाल सुबेदीपर्वत सुबेदीलाई धेरै धेरै धन्यवाद । प्रस्ताव अनुरुप समुदायको सम्पूर्ण प्रयोगकर्ताहरूको योगदान रहेमा मात्रै यस कार्यलाई निरन्तरता दिन सकिने भएको हुँदा यस कार्यमा सबैजना प्रयोगकर्ताले आ-आफ्नो तर्फबाट योगदान दिन अनुरोध गर्दै यस प्रस्तावको  समर्थन गर्न चाहन्छु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२८, ५ डिसेम्बर २०१८ (युटिसी(UTC))

विरोध

छलफल

के तपाइलाई थाहा छ, सम्बन्धमा

सर्वप्रथम सम्पुर्ण विकिपिडियनहरूमा नमस्कार !

नेपाली विकिपिडियाको गृह पृष्ठमा देखिने महत्त्वपूर्ण पृष्ठ अन्तर्गतको के तपाइँलाई थाहा छ ?, मा हाल प्राय नयाँ तथ्यहरू थपिन छाडेको र भएका पुराना तथ्यहरूलाई पनि पुन सम्पादन गर्दै समयसापेक्ष अनुसारको बनाउन पर्ने खाँचो रहेको सम्पुर्णमा जानकारी गराउन चहान्छु । तथा उक्त शीर्षकमा कतिपय तथ्यहरू अत्यन्तै गलत भएको पनि अवगत गराउन चहान्छु । त्यसैले उक्त सम्बन्धमा सम्बन्धित व्यक्तिहरूको ध्यान छिटोभन्दा छिटो जाओस् भन्ने अपेक्षा गर्दछु ।

धन्यवाद !

भूपेन्द्र श्रेष्ठ `भूपेन´ (श्रेष्ठ भूपेन्द्र १५:४३, १ डिसेम्बर २०१८ (युटिसी(UTC)))

समर्थन

बिरोध

छलफल

तथ्य थप गर्नको लागी आवेदनमा पेश गर्नु हुन तथा कुनै तथ्य गलत भएको खण्डमा वार्ता पृष्ठमा राख्नु हुन अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) १६:३५, १ डिसेम्बर २०१८ (युटिसी(UTC))

यो ढाँचा र संबन्धित श्रेणी प्रयोगमा छैनन् । हामीले रित्ता पृष्ठलाई शीघ्र मेट्ने गरेकाले यो ढाँचा र श्रेणी अनावश्यक छन् । म यो श्रेणी र ढाँचा मेट्ने प्रस्ताव गर्दछु ।-BRP ever १५:४८, ३ डिसेम्बर २०१८ (युटिसी(UTC))

 सफल भयो - समुदायबाट कुनै पनि प्रकारको असहमति तथा टिप्पणी प्राप्त नभएकोले यस प्रस्तावलाई सक्षम गरियो । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) ०४:३५, १५ जनवरी २०१९ (युटिसी(UTC))

प्रमूख चित्र

विकिपिडियन साथीहरू, नेपाली विकिपिडियामा हाल प्रमूख चित्र धेरै कम परिवर्तन हुने गर्छ र चित्रहरूमा गुणस्तरको कमि देखिन्छ। त्यसैले म यो काम एक बोटबाट गर्ने कुरा प्रस्ताव गर्दछु । यो बोटले कमन्समा रहेको आजको तस्वीरलाई हाम्रो प्रमूख चित्रको रुपमा प्रस्तुत गर्नेछ। यसका लागि हामीले केहि प्रक्रियाहरू परिवर्तन गर्नुपर्ने आवश्यकता छ त्यसैले प्रबन्धक तथा अन्य मित्रहरूको सहयोगको आशा छ ।-BRP ever ०५:०३, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))

छलफल

प्रक्रियाको बारेमा जानकारी गराउन आग्रह गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:४०, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))

विकिपिडिया:प्रमुख चित्र/मिति या ढाँचा:प्रमुख चित्र/मिति यस किसिमको एउटा पृष्ठ वा ढाँचा बोटले निर्माण गर्नेछ र त्यसमा कमन्समा आजको तस्वीर (POTD)को रुपमा राखिएका चित्रहरू रहनेछन् । त्यस पृष्ठ वा ढाँचालाई हाम्रो प्रक्रियासँग मिलाउनुपर्ने आवश्यकता छ । यो प्रयास पोर्चुगिज विकिपिडियामा गर्ने गरिन्छ, pt:Wikipédia:Imagem em destaque मा गएर यो प्रक्रियाको बारेमा थप जान्न सक्नुहुन्छ । यो कार्य Aleth Botद्वारा गरिनेछ।--BRP ever ०३:३१, १४ डिसेम्बर २०१८ (युटिसी(UTC))
प्रयोगकर्ता बिप्लब आनन्दद्वारा अतिरिक्त प्रश्न

जानकारीको लागि धन्यवाद बेनुप ज्यू ।

  • प्रश्न— एक पटक बोटको माध्यमद्वारा चित्र उद्द्यतन गर्ने कार्य सुरुवात भइसकेपछि कुनै प्रयोगकर्ता स्वयंले म्यानुअली चित्र अपडेट गर्न खोजेमा (चित्र नामाङ्कनको प्रक्रियाद्वारा) गर्न सकिन्छ अथवा गर्न सकिन्न?
बोटले लगभग एक महिना पछि सम्मको चित्रहरू अगाडि नै राख्ने गरको छ । हामीले विवरण अनुवाद गर्नुपर्ने हुन्छ र अनुवाद भएको बिवरण मात्र प्रदर्शन हुन्छ । चित्र नामाङ्कनको प्रक्रियाद्वारा भन्दा वार्ता पृष्ठमा यो मितिको लागि यसको सट्टा यो राख्ने भनेर छलफल र समर्थन/बिरोध गरेर परिवर्तन गर्न मिल्छ होला । मुख्य चित्र एक प्रयोगकर्ताले मात्र छान्ने प्रक्रियाले चित्रहरू गुणस्तरीय नहुने जस्तो समस्या आउने भएकाले यसो गर्नु उचित होला ।--BRP ever ०४:२३, १४ डिसेम्बर २०१८ (युटिसी(UTC))
यस कार्यलाई नियमित तथा सहज रूपले सम्पादन गर्नका लागि सबैभन्दा पहिले हामीले हाल नेपाली विकिपिडियामा रहेको प्रमुख चित्र व्यवस्थापन समितिलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको कारणले यो प्रस्ताव पेश गरेको छु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१७, १४ डिसेम्बर २०१८ (युटिसी(UTC))
प्रमुख चित्र व्यवस्थापन समितिको लागि सदस्यता आह्वान गरिएको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:०३, ६ जनवरी २०१९ (युटिसी(UTC))

मिति र विद्यालयका सम्बन्धमा

नेपाल विकिपिडियामा रहेका अत्यन्तै छोटा पृष्ठहरू जस्तै विद्यालय र मिति कहिल्यै पनि अद्यावधिक गरिएका छैनन् वा सुधार हुने वाला पनि छैन। त्यस कारण यस नेपाली विकिपिडियामा रहेका त्यस्ता पृष्ठ मेटाई दिनुहुन अनुरोध गर्दछु। बनाउन चाहने प्रयोगकर्ताहरूले पछि त्यसलाई बनाउन सक्नुहुनेछ र हाल उक्त कार्य भूपेन्द्रले गरिरहेका छन्। त्यसकारण त्यस्ता अर्थहिन (महत्वहिन) पृष्ठ मेटाइ नेपाली विकिपिडियाको गुणस्तर कायम गर्नुहुन अनुरोध गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) ०६:५२, ११ जनवरी २०१९ (युटिसी(UTC))

समर्थन

  • अर्थहीन र महत्वहिन पृष्ठ मेटाउनमा पुर्ण

 समर्थन-हिमाल सुबेदी (कुरा गर्ने) ०७:००, ११ जनवरी २०१९ (युटिसी(UTC))

  • मिति मध्ये गते अनुसारका पृष्ठहरूका लागि मैले स्रोत जुटाउदै छु र त्यस्ता पृष्ठमा थप तथ्यहरू थपी प्रयोगकर्ता तथा पाठकहरूले हेर्न लायक बनाउने कोसीसमा छु । त्यसका लागि सबैको सहयोगको पनि अपेक्षा रहेको छ किनकि यो पृष्ठलाई बढुवा दिन सकिन्छ । तर मानौ वि.स. १९९९... जस्ता पृष्ठहौ नेपाली विकिमा व्यर्थ फोहोर थुप्रै झै थुप्रेर रहेको छ । त्यो भने हटाउनु पर्दछ ।स साथै अन्य अर्थहिन र महत्त्वहिन पृष्ठहरू भने मेटाउन मेरो समर्थन रहेको छ । विद्यालयका विषयमा भन्नू पर्दा राष्ट्रिय स्तरमा चर्चित तथा ख्यातिप्राप्त विद्यालयलाई मात्र विकिमा स्थान दिदा उत्तम हुन्छ । किनकि सामान्य रूपमा हेर्दा पनि नेपालका एउटै सानो गाउमा ३/४ वटा विद्यालय हुन सक्दछ ।

नेपाली विकिको भलो तथा स्तर उन्नति हुने कुरामा मेरो  समर्थन छ ।

( नेपाल ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL ०८:१९, ११ जनवरी २०१९ (युटिसी(UTC)))

असमर्थन

छलफल

वास्तबमा नेपाली विकिपिडियामा धेरै नै पृष्ठहरु अत्यन्तै छोटा र महत्वहिन रहेका छन्। यस्ता पृष्ठहरुको एक लिस्ट तयार गरि सुधारको व्यापक अभियान चलाउदा कस्तो होला? छोटा पृष्ठहरू को सम्पादनथन नै चलाउन सके उत्तम हुने थियो। त्यस पछी पनि सुधार नभएका अत्यन्तै छोटा पृष्ठहरू (महत्वहिन)लाइ मेटाउदा ठिक होला। --Janak Bhatta (कुरा गर्ने) ०७:३६, ११ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख पृष्ठ परिवर्तन १५ - १५ दिनमा गर्ने सम्बन्धमा

नेपाली विकिपिडियामा विद्यामन रहेको १ महिनमा पृष्ठ परिवर्तन हुने हुँदा कुनै अन्य विकिपिडियाका प्रयोगकर्ताहरूले हेर्दा पनि लाजमर्दो स्थिति रहि आएको छ। तसर्थ १५ १५ दिनमा पृष्ठ परिवर्तन गराइ नेपाली विकिपिडियालाई सान्त्वना प्रदान गर्नका लागि यस सन्देश मार्फत प्रयत्न गर्दछु पर्वत सुबेदी (कुरा गर्ने) ११:०४, १८ जनवरी २०१९ (युटिसी(UTC))

समर्थन

असमर्थन

  • असमर्थन यो गर्दा उचित हुन्छ। सुन्दा राम्रो लागे पनि दिगो प्रयासको लागि यो उपयुक्त छैन। नेपाली विकिपीडियामा एक लाख भन्दा धेरै लेखहरू भएपछि यो प्रस्ताव गर्नु उचित होला।--BRP ever ११:५१, ९ फेब्रुअरी २०१९ (युटिसी(UTC))
  • असमर्थनNirjal stha (कुरा गर्ने) ०३:०८, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))

छलफल

नेपाली विकिपिडियामा प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू