परराष्ट्र मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परराष्ट्र मन्त्रालय
निकाय विवरण
निकाय कार्यकारीहरू
  • शेर बहादुर दउवा, परराष्ट्रमन्त्री
  • भरतराज पैाडेल, परराष्ट्र सचिव
वेबसाइटmofa.gov.np

परराष्ट्र मन्त्रालय नेपालको अन्य राज्यहरू संगका मामिलाहरू हेर्ने सबैभन्दा उच्च सरकारी निकाय हो। नेपाल सरकारले कुनै पनि राज्यसँग गर्ने कुटनैतिक तथा औपचारिक संबन्धहरू यही मन्त्रालय मार्फत गर्दछ। यस मन्त्रालय अर्न्तर्गत विदेशमा २४ वटा कुटनैतिक नियोगहरू स्थापित छन् र कुटनैतिक तालीम सम्बन्धी कार्यमा काठमाडौ त्रिपुरेश्वरस्थित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान कार्यरत छ। हाल केन्द्रीय निकायको रूपमा यस मन्त्रालय र यस अर्न्तगत अतिथि सत्कार विभाग रहेको छ भने जिल्ला स्थित सर्म्पर्क कार्यालय वीरगञ्जमा छ।

सुरूमा जैशी कोठाको नाममा स्थापना भई प्रधानमन्त्री भीमसेन थापाको पालामा मुन्सीखाना भनिने सरकारी कार्यालयलाई परराष्ट्र विभाग बनाइयो। हाल उक्त विभाग परराष्ट्र मन्त्रालयको नामले चिनिन्छ।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • नेपाल संविधान, २०७२ मा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त तथा नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम व्यापक राष्ट्रिय स्वार्थको अभिवृद्धि गर्न परराष्ट्र नैतिको निर्माण गरी प्रभावकारी रूपमा लागू गर्नु।
  • नेपाल सरकारको नीति र मार्गदर्शन अनुसार नेपालको परराष्ट्र नीति सञ्चालन गर्नु।
  • नेपालको सामाजिक एवम् आर्थिक विकासको प्रबर्द्धनको निम्ति नेपालको द्विपक्षीय, क्षेत्रीय एवम् बहुपक्षीय सम्बन्धलाई विकसित गर्नु।
  • नेपालको र्सार्वभौमसत्ता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता तथा राष्ट्रिय स्वार्थलाई विदेशमा अभिवृद्धि गर्नु।
  • आपसी हित, सम्मान र भाइचाराको आधारमा मित्रराष्ट्रहरू खास गरी छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध विस्तार गर्नु।
  • अन्तराष्ट्रिय, शान्ति, सुरक्षा एवम् विकासको निम्ति संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूमा सक्रिय भूमिका खेल्नु।
  • विश्वको बदलिँदो परिवेश अनुरूप असंलग्न अभियानमा र्सार्थक एवम् सकारात्मक रूपले भूमिका निर्वाह गर्नु।
  • दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) लाई क्षेत्रीय सहयोग अभिवृद्धि गर्न सक्षम बनाउन सक्रिय भूमिका निवार्ह गर्नु।
  • नेपालको आर्थिक कूटनीतिलाई सक्रिय रूपमा लागू गर्दै नेपालको व्यापार, लगानि, आर्थिक सहयोग एवं पर्यटनको प्रवर्धन गरी नेपालका प्राकृतीक स्रोतहरूको विकासमा सहयोग गर्नु।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य विभाजन) नियमावली अनुसार परराष्ट्र मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्नानुसार रहेको छ :

  • नेपालको परराष्ट्र नीति सम्बन्धी,
  • विदेशी राष्ट्रहरूसँगको सम्बन्ध सम्बन्धी,
  • नेपालस्थित विदेशी नियोगहरू सम्बन्धी,
  • विदेशमा नेपालको प्रतिनिधित्व सम्बन्धी,
  • विदेशमा नेपाल सम्बन्धी प्रचार प्रसार सम्बन्धी,
  • विदेशी राष्ट्रहरूसँग लेखापढी सम्बन्धी,
  • संयुक्त राष्ट्रसंघ तथा अन्तर्रराष्ट्रिय वा क्षेत्रीय संस्थाहरू सम्बन्धी,
  • सुपुर्दगी सम्बन्धी,
  • राहदानी (पासपोर्ट) तथा विदेशमा दिने भिसा सम्बन्धी,
  • अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सम्बन्धी,
  • अतिथि सत्कार सम्बन्धी,
  • शिष्टाचार (प्रोटोकल) सम्बन्धी,
  • नेपाल एवम् अरु देशका नागरिकहरूको आ-आफ्नो सरकारबाट व्यक्तिमाथिको दावा सम्बन्धी,
  • विदेशमा रहेका नेपाली नागरिकहरूको अभिलेख तथा तिनीहरूको हक हित र संरक्षण सम्बन्धी,
  • आर्थिक कुटनीति, अन्तर्रराष्ट्रिय व्यापार तथा पर्यटन प्रवर्द्धन सम्बन्धी,
  • अन्तर्राष्ट्रिय स्तरमा जनस्तरीय एवम् गैरसरकारी संस्था स्तरीय सम्बन्ध विकास र प्रवर्द्धन सम्बन्धी।

यस मन्त्रालय र अर्न्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]

  • विभिन्न १० वटा महाशाखाहरू,सिंहदरवार
  • राहदानी विभाग, नारायणहिटी
  • कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर
  • अतिथि सत्कार विभाग,
  • सम्पर्क कार्यालय बीरगञ्ज

राजदूतावासहरू भएका स्थानहरू[सम्पादन गर्नुहोस्]

नेपालका राजदूतावासहरू भएका स्थानहरू[सम्पादन गर्नुहोस्]

अबुधावी, बैङ्कक, बेइजिङ्ग, बर्लिन, ब्रसेल्स, कायरो, कोलम्बो,कोपनहेगन, ढाका,दोहा, इस्लामावाद, लण्डन, मस्को, नयाँ दिल्ली, पेरिस, रियाद, टोकियो, वासिङ्टन डि.सी., याङगुन,बहराइन, सउल, क्यानवेरा र क्वालालम्पुरमा नेपाली राजदूतावास

राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग भएका स्थानहरू[सम्पादन गर्नुहोस्]

भियना, न्यु योर्क र जेनेभा

नेपाली महावाणिज्य दूतावास भएका स्थानहरू[सम्पादन गर्नुहोस्]

जेदा , न्यु योर्क, हङकङ, ल्हासाकोलकाता दिल्ली

सर्म्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

परराष्ट्र मन्त्रालय
नारायणहिटी, काठमाडौ
फोन नं.: ४४१६०११, ४४१६०१२
फ्याक्स: ९७७-१-४४१६०१६/ ४४१९०४४
इमेल: adm@mofa.gov.np

आधिकारीक वेबसाइट[सम्पादन गर्नुहोस्]

www.mofa.gov.np