मुन्सी खाना
मुन्शी खाना | |
| गठन | १८२६ |
|---|---|
| संस्थापक | श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह |
| प्रकार | सरकारी अड्डा |
| लक्ष्य | पररास्ट्र मामिला |
| प्रधान कार्यालय | काठमाडौँ |
मूल सङ्गठनहरू | परराष्ट्र मन्त्रालय |
| वेबसाइट | https://mofa.gov.np/ |
पूर्व नाम | जैशी कोठा |
मुन्सी खाना (मुन्शी खाना) राणाकालिन प्रशासनमा परराष्ट्र मामिलासम्बन्धी कार्य गर्ने निकाय थियो।
स्थापना
[सम्पादन गर्नुहोस्]नेपालको पररास्ट्र मामिलाको कार्यालय एसियाकै पुरानो मानिन्छ। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहबाट १८२६ मा नेपालको एकीकरण पछी; पररास्ट्र मामिला हेर्न जैशी कोठा नाम गरेको एक अड्डाको स्थापना भयो; विशेष गरी तिब्बत र चीनसंगको सम्बन्धको लागि। यो जैशी कोठा नामक अड्डा नै नेपालको इतिहासको पहिलो परराष्ट्र मामिला सम्बन्धि कार्यालय मानिन्छ। जनरल भीमसेन थापाको प्रधानमन्त्रीत्व कालिन समयमा जैशी कोठाको नाम परिवर्तन गरी "मुन्सी खाना" कायम गरियो ; जाशी कोठालाई मुन्सी खाना मातहतको इकाईको कार्यालयमा राखियो।[१]
राणा शासन
[सम्पादन गर्नुहोस्]राणा शासनभरि नै "मुन्सी खाना "को नाम निरन्तर यहि विद्यमान रह्यो र समय-समयमा यसको सङ्गठनिक सरचनामा परिवर्तनहरु भईरहे।
प्रधानमन्त्री जंगबहादुर राणा
[सम्पादन गर्नुहोस्]राणा शासनमा यसको पहिलो पुनर्संरचना प्रधानमन्त्री जंगबहादुर राणाको पालामा भयो । जंगबहादुरले मुन्सी खाना अन्तर्गत तीन इकाइको स्थापना गरे :
- ब्रिटिश भारत डिभिजन,
- जैशी कोठा , र
- मुन्सी कप्तानको अड्डा ।
प्रधानमन्त्री चन्द्र शमशेर
[सम्पादन गर्नुहोस्]प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको कार्यकालमा अर्को ठुलो सङ्गठनिक पुनर्संरचनाको काम भयो। मुन्सी खानाको मातहत अन्तर्गत थप पांच डिभिजन र एक सहायक डिभिजन स्थापना गरिए। ती डिभिजनहरूको नाम यस प्रकार थियो :
- जैशी कोठा
- सदर अमिनी गोश्वारा
- सीमा सर्वे
- भारत - ब्रिटेन डिभिजन
- मुन्सी कप्तानको अड्डा र
- सिंहदरबार फर्मैसी अड्डा नामक सहायक डिभिजन।
प्रधानमन्त्री जुद्धशमशेर
[सम्पादन गर्नुहोस्]प्रधानमन्त्री जुद्धशमशेरको समयमा वि. सं १९९० पछि मुन्सी खानालाई अंग्रजी समकक्षताको विदेश विभागको रूपमा समेत हेरियो । यसलाई विभागको स्तरसम्म उन्नत गरियो र यसको प्रमुखको रूपमा डाइरेक्टर जनरल नियुक्त हुने भए । मुन्सी खानाकोको मुख्य काम भनेको तत्कालिन समयको शासकहरूबाट प्राप्त हुने निर्देशनको पालना गराउने तथा भारत तथा ल्हासामा स्थापना भएका कार्यालयको समकक्षताको रूपमा काम गर्ने थियो। तिनीहरु थिए :
- पटनाको "अलैची कोठा";
- ल्हासाको " वकिलको कार्यालय";
- बनारसको "सम्माननीय वकिलको कार्यालय " र
- कलकत्ताको "वकिलको कार्यालय" ।
भारतको राजधानी कलकताबाट नयाँ दिल्ली सरे संगै कलकत्ताको वकिलको कार्यालय पनि नयाँ दिल्ली सरेको थियो । राणा शासन सय वर्ष भन्दा धेरै समय चले पनि नेपालको भारत; फ्रान्स; बेलायत र संयुक्त राज्य अमेरिका केवल चार देशसंग मात्र कूटनीतिक सम्बन्ध कायम भएको थियो।[२][३]
प्रजातन्त्र स्थापना पछी
[सम्पादन गर्नुहोस्]२००७ को क्रान्ति पछि नेपालमा परराष्ट्र मन्त्रालय को स्थापना भयो र मोहन शमशेर पहिलो परराष्ट्र मन्न्री बने ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Introduction | Ministry Of Foreign Affairs", mofa.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०६-११।
- ↑ History of the Ministry of Foreign Affairs अभिलेखिकरण २०१८-०८-३१ वेब्याक मेसिन
- ↑ राजदूत नियुक्तिमा राजनीति