साल्पासिलिछो गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साल्पासिलिछो
साल्पासिलिछो is located in कोशी प्रदेश
साल्पासिलिछो
साल्पासिलिछो
कोशी प्रदेश मा रहेको स्थान
साल्पासिलिछो is located in नेपाल
साल्पासिलिछो
साल्पासिलिछो
साल्पासिलिछो (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८७°०४′E / २७.४३°N ८७.०६°E / 27.43; 87.06निर्देशाङ्कहरू: २७°२६′N ८७°०४′E / २७.४३°N ८७.०६°E / 27.43; 87.06
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
केन्द्रचौकीडाँडा
सरकार
 • प्रकारगाउँपालिका
क्षेत्रफल
 • जम्मा१९३ किमी (७५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२२८४
 • घनत्व६४/किमी (१६०/वर्ग माइल)
वेबसाइटआधिकारिक वेबसाइट

साल्पासिलिछो भोजपुर जिल्लाको ७ गाउँपालिका मध्येको एउटा गाउँपालिका हो। चौकीडाँडा यो पालिकाको प्रशासकीय केन्द्र हो।

नेपालको बार्हौं राष्ट्रिय जनगणना २०७८ अनुसार यो गाउँपालिकाको कुल जनसंख्या १२,२८४ छ।[१]


राष्ट्रिय जनगणना - २०७८ अनुसार साल्पासिलिछो गाउँपालिका भोजपुरको जनसंख्याको अन्तिम तथ्यांक

तथ्यांक संकलन तथा लेखन- सुदीप बहादुर अधिकारी


जम्मा जनसंख्या- १२,२८४

पुरुष- ४९.७ %

महिला- ५०.३ %

कुल परिवार संख्या- २९९८

जनघनत्व (प्रति बर्गकिलोमीटर)- ६४ जना।

साक्षरता दर- ७९.३ % (पुरुष- ८५.२ % र महिला- ७३.६ %)


वडागत जनसंख्या

वडा नं १                               वडा नं २

पुरुष-१०९९                          पुरुष- १००१                                 

महिला-११०१ जम्मा- २२००    महिला-१०२५  जम्मा-२०२६

वडा नं ३                               वडा नं ४

पुरुष- ९४२                           पुरुष- ८७७

महिला- ९८९  जम्मा- १९३१    महिला- ९०५  जम्मा-१७८२

वडा नं ५                                वडा नं ६

पुरुष- १००५                          पुरुष- ११८४

महिला- १०२९  जम्मा- २०३४   महिला-११२७  जम्मा-२३११ साल्पासिलिछोमा सबैभन्दा बढी जनसंख्याको बसोबास वार्ड नं ६ मा २३११ जना रहेको देखियो भने सबैभन्दा कम जनसंख्याको बसोबास वार्ड नं ४ मा १७८२ जनाको बसोबास रहेको छ।

साल्पासिलिछोमा सबैभन्दा बढी जनसंख्याको बसोबास वार्ड नं ६ मा २३११ जना रहेको देखियो भने सबैभन्दा कम जनसंख्याको बसोबास वार्ड नं ४ मा १७८२ जनाको बसोबास रहेको छ।

जम्मा जनसंख्यामा अपाङ्गता भएका जनसंख्याको प्रतिशत- २.८ %

अपाङ्गता भएका पुरुषहरुको प्रतिशत- ३.२ %

अपाङ्गता भएका महिलाहरुको प्रतिशत- २.३ %

उमेर समुहमा सबैभन्दा बढी जनसंख्या- ११.६ % (११-१४ बर्ष उमेर)

उमेर समुहमा सबैभन्दा कम जनसंख्या- ०.०४ % (९५ बर्ष माथी)

जन्मदर्ता भएकाहरुको प्रतिशत- ६३.७ %

जन्मदर्ता नभएकाहरुको प्रतिशत- ३६.३ %

३० देखी ३९ बर्ष समुहमा परिवारका मूलीको रुपमा महिलाको नेत्रीत्व प्रतिशत- ४.१ छ जुन अन्य उमेर समुहभन्दा यो बढी देखिएको छ। यो बिबरणलाई बिश्लेषण गर्दा यो उमेर समुहका बढी पुरुष बैदेशीक रोजगारीमा वा अन्य कतै कमाउन गएका छन्।

वैवाहिक स्थिति

°°°°°°°°°°°°°°

साल्पासिलिछो गाउँपालिकाको बिबाहयोग्य जम्मा पुरुष जनसंख्या (४९८०) को- ५६ % (२७९० जना) पुरुषको बिबाह भैसकेको छ भने अबिबाहीत पुरुष जनसंख्या- ३९.८ % (१९८० जना) छन्। साल्पसिलिछोमा विधुर पुरुष- ३.२ % , पारपाचुके गरेका पुरुष- ०.१ % र छुट्टिएर बसेका- ०.९ % छन्।

त्यस्तै साल्पासिलिछो गाउँपालिकाको बिबाहयोग्य जम्मा महिला जनसंख्या (५०३२) को- ६०.१ % (३०२३ जना) महिलाको बिबाह भैसकेको छ भने अबिबाहीत महिला जनसंख्या- ३२.१ % (१६१३ जना) छन्। साल्पासिलिछोमा बिधवा महिला- ७ %, पारपाचुके गरेका महिला- ०.२ % र छुट्टिएर बसेका- ०.७ % छन्।

यस पालिकाको बिबाहयोग्य जम्मा जनसंख्या- १०,०१२ जना रहेको राष्ट्रिय जणगणना-२०७८ को अन्तिम तथ्यांक बिबरणमा उल्लेख गरिएको छ। यो भनेको जम्मा जनसंख्या (१२,२८४ जना) को ८१.५० % हो। राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको बैबाहिक स्थितीलाई प्रकाशन गर्दा नेपालमा १० बर्ष उमेर भन्दा माथिका सबै पुरुष महिलालाई बिवाहयोग्य उमेर मानेको पाईयो।

जनसंख्या घट्यो

°°°°°°°°°°°°°°°

मुख्य पक्ष भने के देखिएको छ भने साल्पासिलिछो गाउँपालिकाको जनसंख्या अघिल्लो जनगणना राष्ट्रिय जनगणना-२०६८ को भन्दा अहिले घटेको पाईएको छ। अघिल्लो जनगणना (२०६८) मा पालिकाको जम्मा जनसंख्या १३,१११ थियो। पछिल्लो राष्ट्रिय जनगणना-२०७८ ले पालिकाको जम्मा जनसंख्या १२,२८४ देखाउँदा जनसंख्या ६.३० % ले घटेको देखिएको छ।

( नोट: यो तथ्यांक राष्ट्रिय जनगणना-२०७८ राष्ट्रिय तथ्यांक कार्यालय, थापाथली, काठमाडौंबाट प्रकाशीत आधिकारीक बिबरणमा आधारित छ। )

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "साल्पासिलिछो गाउँपालिका", साल्पासिलिछो गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]