आरुचौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आरुचौर
स्याङ्गजामा आरुचौर
स्याङ्गजामा आरुचौर
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी अञ्चल
जिल्लास्याङ्जा जिल्ला
क्षेत्रफल
 • जम्मा१०.९५ किमी (४.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,९५६
 • घनत्व२७०/किमी (७००/वर्ग माइल)
 • जातीयता
ब्राह्मण क्षेत्री मगर गुरुङ नेवार
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३

आरुचौर नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति हो । स्थानिय निकायहरु पुनः संरचना हुॅदा आरुचौर गाउॅ बिकास समितिबाट परिवर्तन भएर अर्जुनचौपारी गाउँ पालिकाको वडा नम्बर ४ र ५ मा परिणत भएको छ । कार्किनेटा, शिरुबारी, घण्टेबजार यहाॅबाट नजिकै पर्दछन । डहरे देवी मन्दिर धेरै उचाईमा रहेकाले यहाँबाट टाढा टाढासम्म देख्न सकिन्छ। तालपोखरी स्कुलमा कक्षा १२ सम्म पढाई हुन्छ । चितवन र पोखराबाट त्यहाँ जान बसहरु चल्दछन् । कार्किनेटा हुॅदै मुलपानी सडक र अर्को पाखापानी, अर्जुनचौपारी हुँदै सडक आरुचौर पुग्दछ । बसाईसराईको कारण आजकल जनसंङ्ख्या धेरै बढेको छैन । पहाडी ठाउॅ भएकोले अन्य साधन पाईदैन । बयले बजारबाट केही सवारीसाधन पाउन सकिन्छ । जाडो महिनामा हुस्सु लाग्नेहुॅदा सडकबाट तल कुहिरोको पोखरी जस्तो देखिन्छ । ससाना खोलाहरु भएपनि खोलाले पैदल हिड्न कठिनाई हुॅदैन । पानीका मुहानहरु भएकोले बर्षे खेतिको लागि कठिन छैन । हिउँदमा भने सिँचाई सम्भब देखिदैन । पिउने पानीको लागि पाईपहरु पुगेका छन् । आजकल घोप्टेओडार हुॅदै तल्लो आरुचौर तर्फ नयाँ सडक बनेको छ । कारिम्लेका घरहरुबाट तल झरेपछी कारिम्ले चौपारीमा केहिबेर आराम गरेर निभारे तर्फबाट सो सडक हुॅदै काउरे जान सकिन्छ । [१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

आरुचौर गाविसको जनसङ्ख्या २,९५६ रहेको छ।[२]

धार्मिक स्थल[सम्पादन गर्नुहोस्]

आरुचौर गाउँ विकास समिति वाड नं २ मा रहेको डहरे देउराली मन्दिर स्याङ्जा जिल्लाभर कै प्रसिद्धऐतिहासिक मन्दिर हो। बाला चतुर्दशी का दिन यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा (तथ्याङ्कीय जानकारी)", जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]