सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेप्टेम्बर २८ सन् २००३ देखि सूचनाको हकका वकालतकर्ताहरूले सेप्टेम्बर २८ लाई 'थाहा पाउने' दिवसका रूपमा अन्तर्राष्ट्रियस्तरमा सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरेका छन्। यसै दिनदेखि सूचनाको हकको क्षेत्रमा कार्य गर्ने सूचनाको हकका वकालतकर्ताहरूको विश्वव्यापी सन्जाल पनि सञ्चालनमा छ। सूचनाको हकले नागरिकलाई सरकारको कामकारबाहीका बारेमा जान्न पाउने अधिकार प्रदान गर्छ। राज्यद्वारा सम्पादन हुने कार्यहरूको नतीजा, प्रक्रिया तथा स्रोतका बारेमा तथा कुनै पनि सार्वजनिक महत्त्वका विषयमा जान्न पाउने कुरालाई सूचनाको हक तथा थाहा पाउने अधिकारले संरक्षण गर्छ।

नेपालमा सूचनाको हकसम्बन्धी[सम्पादन गर्नुहोस्]

हाल(वि सं २०६८ सम्म) विश्वका ९५ देशमा सूचनाको हकसम्बन्धी कानुनको व्यवस्था गरिएको छ जसमध्ये ५० भन्दा बढी मुलुकमा त यस मौलिक हकका रूपमा संविधानद्वारा नै संरक्षण गरिएको छ। नेपालमा पनि सूचनाको हकलाई अन्तरिम संविधान २०६३को धारा २७ले नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिसकेको छ साथै सूचनाको हकका सम्बन्धमा व्यवस्था गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ पनि कार्यान्वयनमा आइसकेको छ। सूचनाको हकको प्रचलनमा देखिएका विवाद निराकरण गर्न स्वतन्त्र निकायका रूपमा राष्ट्रिय सूचना आयोग पनि क्रियाशील छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]