सामग्रीमा जानुहोस्

इन्द्रावती गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्द्रावती गाउँपालिका
इन्द्रावती गाउँपालिका is located in बागमती प्रदेश
इन्द्रावती गाउँपालिका
बागमती प्रदेशको नक्सामा इन्द्रावती गाउँपालिकाको अवस्थिति
इन्द्रावती गाउँपालिका is located in नेपाल
इन्द्रावती गाउँपालिका
इन्द्रावती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′उ॰ ८५°४७′पू॰ / २७.७३३°N ८५.७८३°E / 27.733; 85.783निर्देशाङ्कहरू: २७°४४′उ॰ ८५°४७′पू॰ / २७.७३३°N ८५.७८३°E / 27.733; 85.783
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षझम्कनाथ नेपाल (नेकपा (एमाले))
 • उपाध्यक्षशोभना तामाङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०५.०९ किमी (४०.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,०८५
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
वेबसाइटआधिकारिक वेबसाइट

इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा सिपाल काभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपाभीमटार गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकामा १२ वडाहरू रहेका छन्।

इन्द्रावती गाउँपालिका गाउँपालिका समुद्री सतहबाट ६५४ मिटर उँचाई देखि २८३५ मिटर सम्मको उँचाईमा अवस्थित छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०५.११ व.कि.मी. क्षेत्रफलमा फैलिएकोे यस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल गाउँपालिकाजुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभ्रे जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका एवं जुगल गाउँपालिका रहेका छन्। पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको केही भागमा खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि अधिकांश भाग पहाडी भागले ओगटेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इन्द्रावती गाउँपालिकाको कुल जनसङ्ख्या २५,३६५ रहेको छ भने यहाँ ६,७८० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]