करापुटार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु यी ४ गाउँ विकास समितिहरूलाई समेटेर करापुटार नगरपालिका घोषणा गरिएको हो।[४] करापुटार नगरपालिकाको केन्द्र भोर्लेटार गाउँ विकास समितिको भोर्लेटार बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर करापुटार नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसंख्यालाई जोडेर करापुटार नगरपालिकाको जनसङ्ख्या १०,८३६ रहेको छ।[५]
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२. अन्तिम पहुँच मिति:१ असोज २०७२.
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२. अन्तिम पहुँच मिति:१ असोज २०७२.
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२. अन्तिम पहुँच मिति:१ असोज २०७२.
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १. अन्तिम पहुँच मिति:२०७२ आस्विन १.
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. अन्तिम पहुँच मिति:नोभेम्बर २०१२.