सामग्रीमा जानुहोस्

काँकडभिट्टा गोल्डकप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ काँकडभिट्टा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
काँकडभिट्टा
मिति२०७४, मंसिर ०४ गतेदेखि मंसिर १५ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब (१औँ उपाधि)
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
शीर्ष गोलकर्ता(हरू)दिनेश हेन्जन
(२ गोल)
उत्कृष्ट खेलाडी(हरू)विशाल राई
उत्कृष्ट गोलरक्षकविकेश कुथु


काँकडभिट्टा गोल्डकप २०७४ काँकडभिट्टा गोल्डकपको तेस्रो संस्करण हो। जुन २०७४ सालमा कार्तिक मंसिरमा सञ्चालन भएको थियो।


सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो ।

  • हिमालय शेर्पा क्लब
  • एपीएफ क्लब
  • फ्रेन्डस् क्लब
  • नेपाल आर्मी क्लब
  • संकटा क्लब
  • नेपाल पुलिस क्लब
  • मनाङ मर्स्याङ्दी क्लब
  • काकडभिट्टा युथ क्लब(आयोजक)

नेपाल नेपाल पुलिस क्लब ०-३ नेपाल नेपाल आर्मी क्लब
काँकडभिट्टा मा.वि. खेल मैदान


नेपाल मनाङ मर्स्याङ्दी क्लब v नेपाल काँकडभिट्टा युथ क्लब
काँकडभिट्टा मा.वि. खेल मैदान


नेपाल नेपाल आर्मी क्लब ०-०
(३-२)
नेपाल मनाङ मर्स्याङ्दी क्लब
काँकडभिट्टा मा.वि. खेल मैदान

पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]
  • विजेता:-रू.७ लाख
  • उप-विजेता:-२ लाख ५० हजार

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]

प्रतियोगिता समापनमा विभिन्न विधाका उत्कृष्ट घोषित खेलाडीहरू पनि नगद पुरस्कारबाट पुरस्कृत बनेका थिए। फाइनलको म्यान अफ दी म्याच आर्मीका विकास खवासले १० हजार रुपियाँ पुरस्कार पाए । राइजिङ प्लेयर आयोजक काँकडभिट्टाका मिलन राईलाई १० हजार रुपियाँ दिइयो । आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, काँकडभिट्टाका भूषण राई उत्कृष्ट रक्षक, मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर, आर्मीका भरत खवास उत्कृष्ट स्ट्राइकर र आर्मीका नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही २०÷२० हजार नगद प्राप्त गर्न सफल भए । आर्मीकै दिनेश हेन्जन उच्च गोलकर्ता (२ गोल) बन्दै २५ हजार जित्न सफल भए । मनाङका गोलरक्षक दिनेश थापा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै ५१ हजार पाउन सफल भए । पुरस्कृतहरूलाई राखेप सदस्यसचिव केशवबहादुर विष्टले पुरस्कार प्रदान गरेका थिए।[१]

  1. www.nagariknews आर्मीलाई काँकडभिट्टा गोल्डकप उपाधि