काँकडभिट्टा गोल्डकप २०७४
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | काँकडभिट्टा |
| मिति | २०७४, मंसिर ०४ गतेदेखि मंसिर १५ गतेसम्म |
| टोलीहरू | ८ |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| अन्तिम स्थान | |
| विजेता | नेपाल आर्मी क्लब (१th उपाधि) |
| उप-विजेता | मनाङ मर्स्याङ्दी क्लब |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | ७ |
| शीर्ष गोलकर्ता(हरू) | दिनेश हेन्जन (२ गोल) |
| उत्कृष्ट खेलाडी(हरू) | विशाल राई |
| उत्कृष्ट गोलरक्षक | विकेश कुथु |
काँकडभिट्टा गोल्डकप २०७४ काँकडभिट्टा गोल्डकपको तेस्रो संस्करण हो। जुन २०७४ सालमा कार्तिक मंसिरमा सञ्चालन भएको थियो।
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो ।
- हिमालय शेर्पा क्लब
- एपीएफ क्लब
- फ्रेन्डस् क्लब
- नेपाल आर्मी क्लब
- संकटा क्लब
- नेपाल पुलिस क्लब
- मनाङ मर्स्याङ्दी क्लब
- काकडभिट्टा युथ क्लब(आयोजक)
खेलहरू
[सम्पादन गर्नुहोस्]सेमिफाइनल
[सम्पादन गर्नुहोस्]| ०-३ | ||
|---|---|---|
| v | ||
|---|---|---|
फाइनल
[सम्पादन गर्नुहोस्]| ०-० (३-२) |
||
|---|---|---|
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]- विजेता:-रू.७ लाख
- उप-विजेता:-२ लाख ५० हजार
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]प्रतियोगिता समापनमा विभिन्न विधाका उत्कृष्ट घोषित खेलाडीहरू पनि नगद पुरस्कारबाट पुरस्कृत बनेका थिए। फाइनलको म्यान अफ दी म्याच आर्मीका विकास खवासले १० हजार रुपियाँ पुरस्कार पाए । राइजिङ प्लेयर आयोजक काँकडभिट्टाका मिलन राईलाई १० हजार रुपियाँ दिइयो । आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, काँकडभिट्टाका भूषण राई उत्कृष्ट रक्षक, मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर, आर्मीका भरत खवास उत्कृष्ट स्ट्राइकर र आर्मीका नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही २०÷२० हजार नगद प्राप्त गर्न सफल भए । आर्मीकै दिनेश हेन्जन उच्च गोलकर्ता (२ गोल) बन्दै २५ हजार जित्न सफल भए । मनाङका गोलरक्षक दिनेश थापा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै ५१ हजार पाउन सफल भए । पुरस्कृतहरूलाई राखेप सदस्यसचिव केशवबहादुर विष्टले पुरस्कार प्रदान गरेका थिए।[१]
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ www.nagariknews आर्मीलाई काँकडभिट्टा गोल्डकप उपाधि