सामग्रीमा जानुहोस्

गैँडाकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गैडाकोटबाट अनुप्रेषित)
गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका मा पर्दछ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला
गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका मा पर्दछ नेपाल
गैँडाकोट नगरपालिका
निर्देशाङ्क: २७°४२′N ८४°२३′E / 27.70°N 84.39°E / 27.70; 84.39
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२५ वैशाख २०७१
सरकार
  नगरप्रमुखमदनभक्त अधिकारी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखशान्ति कोइराला (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१५९.९३ किमी (६१.७५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७९,३४९
  घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविक गैँडाकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गैँडाकोट नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका गैँडाकोट, मुकुन्दपुरअमरापुरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रतनपुर गाविस यसमा गाभिएको थियो।

नारायणी नदीको पुल तरेपछि सुरू हुने गण्डकी प्रदेशनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सबैभन्दा पहिले आउने ठाँउ नै गैँडाकोट हो। शिलान्यास भन्ने ठाउँ, जुन तत्कालीन राजा श्री ५ राजा महेन्द्रले पूर्व पश्चिम राजमार्गको बाटो निर्माण गर्दा सबै भन्दा बिचको खण्ड भनेर शिलान्यास गरी काम सुरू गराएका थिए। यसका अलावा यहाँको मौलाकालिका मन्दिर, दिब्यधाम, देवघाटधामको पारीपट्टी पर्ने दोभान, विभिन्न वेदाश्रमहरू पर्यटकिय एवं धार्मिक हिसावले प्रख्यात स्थानहरू हुन्। यसका साथै चीनले बनाइदिएको नेपालको सवै भन्दा ठूलो कागज कारखाना भृकुटी पल्प एन्ड पेपर लिमिटेड, लुम्बिनी ग्याँस, कोसी ग्याँस, कुखुराको मासु कारखाना, डिष्टिलरी आदी कारखानाहरू प्रमुख छन्। भित्री मधेस पर्ने हावापानी राम्रो भएको यहाँ पानी केही बढी पर्छ भने नारायणी नदीको कारण जाडोमा हुस्सु पनि बढी लाग्छ। बढ्दो सहरीकरणले गर्दा कुनै बेला गैंडा बढी आउने ठाँउ "गैंडाको कोट" (कोट = घर) गैंडाकोटमा अहिले विरलै गैंडाहरू आउने गर्दछन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गैँडाकोट नगरपालिकाको कुल जनसङ्ख्या ७९,३४९ रहेको छ भने यहाँ २०,१९१ घरधुरी रहेका छन्।[]

गैँडाकोट नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गैँडाकोट (१)९४३९२.४६३८३७.००
गैँडाकोट (२)८७९११.९९४४१७.५९
गैँडाकोट (३) र रतनपुर (२, ३)३१६२६१.६४५१.३०
गैँडाकोट (४)५९८१२.९४२०३४.३५
गैँडाकोट (५)७९३१०.९२८६२०.६५
गैँडाकोट (६)३७८४०.९१४१५८.२४
गैँडाकोट (७)३४८८५.८६०१.३८
गैँडाकोट (८)४४०८२.६३१६७६.०५
गैँडाकोट (९)२१८८२.१६१०१२.९६
१०मुकुन्दपुर (५-६)४४७३१०.५७४२३.१८
११मुकुन्दपुर (३,७)४४०५७.५७५८१.९०
१२मुकुन्दपुर (२,४)४००३७.१७५५८.३०
१३मुकुन्दपुर (१,८-९)३८३६२.२६१६९७.३५
१४अमरापुरी (१-२) र रतनपुर (६)४३१११५.११२८५.३१
१५अमरापुरी (३-५)३१०६२.५८१२०३.८८
१६अमरापुरी (६-७)२६९५१.९११४११.००
१७अमरापुरी (८-९)१८४४२.१८८४५.८७
१८रतनपुर (१,४-५, ७–९)१५०४२९.१६५१.५८
जम्मा७९,३४९१५९.९६४९६.०५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]