सामग्रीमा जानुहोस्

गौमुल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौमुल गाउँपालिका
गौमुल गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
गौमुल गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा गौमुल गाउँपालिकाको अवस्थिति
गौमुल गाउँपालिका मा पर्दछ नेपाल
गौमुल गाउँपालिका
गौमुल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / 29.49°N 81.29°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहरिबहादुर रोकाया (नेकपा (एमाले))
  उपाध्यक्षसीता रोकाया (थापा) (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३१४.६६ किमी (१२१.४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८,९१३
  घनत्व२८/किमी (७३/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रवडा नं. ६ घटमुना
वेबसाइटआधिकारिक वेबसाइट

गौमुल गाउँपालिका बाजुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍बडीमालिका नगरपालिका वडा नम्बर १ (साविकको जुगाडा गाविसको वडा नम्बर ६ र ७), दहकोटमानाकोट गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सीमाना पूर्वमा बुढीनन्दा नगरपालिका , पश्चिममा बझाङ जिल्ला, उत्तरमा हिमाली गाउँपालिका र बझाङ जिल्ला तथा दक्षिणमा बडीमालिका नगरपालिकाखप्तड छेडेदह गाउँपालिका सँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौमुल गाउँपालिकाको कुल जनसङ्ख्या ८,९१३ रहेको छ भने यहाँ १,७१६ घरधुरी रहेका छन्।[]

गौमुल गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
दहकोट (८, ९)१,४०८१५७.४३८.९४
दहकोट (५-७)१,६८३६१.२२७.५०
दहकोट (१-४)१,३२१३१.५२४१.९१
मानाकोट (१-५)१,७२९९.२५१८६.९२
मानाकोट (६-९)१,२८६४४.५४२८.८७
जुगाडा (६-७)१,४८६१०.७२१३८.६२
जम्मा८,९१३३१४.६६२८.३३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]