टोबा टेक सिंह सहर
टोबा टेक सिंह
ٹوبہ ٹیک سنگھ | |
---|---|
निर्देशाङ्क: ३०°५८′१६″उ॰ ७२°२८′५७″पू॰ / ३०.९७१११°N ७२.४८२५०°Eनिर्देशाङ्कहरू: ३०°५८′१६″उ॰ ७२°२८′५७″पू॰ / ३०.९७१११°N ७२.४८२५०°E | |
देश | पाकिस्तान |
प्रदेश | पञ्जाब |
जिल्ला | टोबा टेक सिंह |
क्षेत्रफल | |
• जम्मा | ३,२५२ किमी२ (१२५६ वर्ग माइल) |
उन्नतांश | १४९ मिटर (४८९ फिट) |
जनसङ्ख्या (१९९८) | |
• जम्मा | २८४,७९७ |
• घनत्व | ४९८/किमी२ (१२९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०४६ |
सहर सङ्ख्या | ६ |
सङ्घीय परिसर सङ्ख्या | ३ |
टोबा टेक सिंह सहर (पञ्जाबी र उर्दु: ٹوبہ ٹیک سنگھ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको टोबा टेक सिंह जिल्लाको सदरमुकाम सहर हो ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]यस सहर सिख धार्मिका एक विद्वान टेक सिंह को नामबाट राखिएको थियो । यस जिल्लामा प्राचीन कालमा एक पोखरी थियो जहाँ एक टेक सिंह बस्ने गर्थे र उनले यस पोखरी हुँदै जाने यात्रीहरूको लागि पानी र आवासको सुविधा प्रदान गरेका थिए । त्यसैले यस ठाउँको नाम टोबा टेक सिंह राखिएको थियो भन्ने उल्लेख छ । यस जिल्लाको नामाङ्करण पछि यहाँ बिस्तारै मानिसहरूको जनसङ्ख्यामा विद्धि भयो र विकास र निर्माण कार्यहरू भएका थिए । टोबा टेक सिंह सहर १९ औँ शताब्दीमा ब्रिटिस्ट शासन कालबाट विकसित हुँदै आएको थियो जसको सुरुवाती क्रममा पञ्जाबमा (बर्तमान भारतीय र पाकिस्तानी पञ्जाब) बसोबास गर्ने मानिसहरूको कृषिमा सहभागीता बढाउन एक संचाइ आयोजनाको निर्माण गरिएको थियो । अधिकांश मानिसहरू जो त्यहाँ आएका थिए उनिहरू लाहौर, जलन्धर, होशियारपुर जिल्लाका थिए । पाकिस्ताको स्वतन्त्रता पश्चात सन् १९४७ मा बेलायतका शासकहरूको नामबाट राखिएको सहर, धरोहर, विद्यालय आदिको नाम परिवर्तन गरेको पुरानो अथवा मुल नाम राखिएको थियो । सन् १९८२ मा टोबा टेक सिंह एक उप विभाजित फैसलाबाद जिल्लाबाट छुट्टिएर एक छुट्टै जिल्ला बनेको थियो ।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस सहरको कुल जनसङ्ख्या ७,३९८,२६ छ भने घरहरूको सङ्ख्या १,१७५,४९ रहेको छ । टोबा टेक सिंह पञ्जाब प्रदेशको मध्य क्षेत्रमा अवस्थित छ र यो सहर ३,२५२ वर्ग किलोमिटरमा फैलिएको छ । वर्षा ऋतुमा यस सहरमा बाढी आउने गरेको छ जसले घन जनमा ठूलो क्षति पुराउँदै आएको छ । बाढी विषेशगरि रवि नदीबाट उत्पन्न हुन्छ जुन दक्षिणी र दक्षिणपूर्वी सिमान सम्म फैलिन्छ । यस सहरका अधिकांश सिख मानिसहरू सन् १९४७ मा आधुनिक भारतको पुर्वी पञ्जाबमा बसाइँसराइ गरेका थिए । [२]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]टोबा टेक सिंह सहर यहाँ पाइने सुन्तलाको उत्कृष्ट उत्पादकको रूपमा रहेको छ ("स्थानीय भाषामा केने भनिन्छ") । यो सहरले पाकिस्तानमा सुन्तलाको मागलाई पूरा गर्छ र उत्पादन भएका अतिरिक्त सुन्तलाको निर्यात पनि गरेको छ । यस जिल्ला मा बसोबास गर्ने अधिकांश मानिसहरू कृषि पेशामा आवद्ध भएको हुँदा यहाँ मासु, अण्डा, कपास, गोलभेडा, खरबुजा, आँप, खैनी, आलु, प्याज, गेडागुडी आदिको उत्पादन हुन्छ ।
संस्कृति
[सम्पादन गर्नुहोस्]उर्दु भाषाका निवन्धकार सआदत हसन मन्टोले टोबा टेक सिंह नामक एक छोटो कथा लेखेका थिए जुसमा यहाँ रहेका कला, संस्कृति, भेष,भुषा आदिको बणन गरेका थिए । यस कथामा उनले भनेका छन्, "टोबा टेक सिंह भारतको होकी पाकिस्तानको" । सन् २००५ मा पाकिस्तानी चलचित्र निर्माता अफिया नाथनीयल द्वारा निर्देशित यहि नामको एक चलचित्र निर्माण भएको थियो जसलाई भारतीय चलचित्र निर्माताहरूले पनि आफ्नै भाषामा एक छोटो चलचित्र बनाएका थिए ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ टोबा टेक सिंह सहरको जानकारी वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१७ मिति
- ↑ "पञ्जाब प्रदेशका जिल्ला र सहरहरूको जनसङ्ख्याको विवरण", पिबिएस सेन्सस। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२७ मिति