ढाँचा:प्रमुख लेख/घोराही उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{2}}}

घोराही (पूर्व नाम: त्रिभुवननगर) नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको सदरमुकाम तथा एक उपमहानगरपालिका हो। यो उपमहनगरपालिका दाङ उपत्यकाभित्र पर्दछ। लमहीबाट फेडर रोडले जोडिएको यो क्षेत्र पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। सदरमुकाम भएको कारणले यो उपमहानगरपालिका दाङ जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। भित्री तराई क्षेत्रमा अवस्थित, यो नेपालको राजधानी काठमाडौँबाट ४१३ किलोमिटर (२५७ माइल) दक्षिण-पश्चिममा अवस्थित छ। यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो सहर हो। यो सहर दक्षिणमा शिवालिक पहाड र उत्तरमा महाभारत शृङ्खलाले घेरिएको छ। यो सहर यसको परिदृश्य र आफ्नो हावापानीका लागि परिचित त छ नै यो सहर रोल्पा, प्युठान, सल्यानरुकुम वरपरका क्षेत्रहरूको प्रवेशद्वारको सुविधा प्रदान गर्दछ। यो सहर पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तर-पश्चिममा सुर्खेत, थवाङ, रारा ताल, स्वर्गद्वारीको हिन्दू पवित्र भूमि र पाण्डवेश्वर र अम्बिकेश्वरी मन्दिर जस्ता पर्यटकीय गन्तव्यहरूसँग राम्रोसँग जोडिएको र नजिक छ। घोराही उच्च गुणस्तरको महअल्लो कपडाको लागि परिचित छ।(पूरा  पढ्नुहोस्...)