ढाँचा:प्रमुख लेख/बागमती प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागमती प्रदेश

बागमती प्रदेश नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ। यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा कोशी प्रदेश र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा प्रदेश नं. २ तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित तथ्य अनुसार, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोकरामेछाप गरि पाँचवटा हिमाली जिल्ला, नुवाकोटकाभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुरललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवनमकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्। (पूरा  पढ्नुहोस्...)