पाल (थर)
पाल नेपाल तथा भारतको विभिन्न स्थानहरूमा बसोवास गर्ने उच्च ठकुरी थर हो । पालन गर्ने वा संरक्षण गर्ने भएका कारण पाल थर भएको मान्यता छ । नेपालको इतिहासमा कत्युरी राजवंशका पाल राजाको इतिहास उल्लेख भएको पाइन्छ । भारतको मध्यकालीन इतिहास अनुसार कुमाउँ-गढवाल र डोटी क्षेत्रमाकत्युरी राजवंशका पाल राजाहरूको राज्य थियो । यी पाल राजाहरूका वंशज दार्चुला जिल्लाको लेकम गर्खा (उकूं, देथला र निस्ल), भारतको कुमाऊ पिथौरागढ जिल्लाको अस्कोट र डोटी बोगटान क्षेत्रमा फैलिएर रहेका छन् । कुमाऊको गडवालमा पनि पाल वंशजको राज्य रहेको थियो । गडवालका पाल राजाका वंशज बर्तमानमा शाह थर लेख्छन । वर्तमान नेपालमा पर्ने दार्चुलाको उकुं दरवार, डडेल्धुरा जिल्लाको अजयमेरू दरवार, डोटीको निरोलि र रिसेडीको दरवार यिनै पाल राजाद्वारा बनाउन लगाईएको थियो । ठकुरी पालहरूको इतिहास बैदिक आर्य राजपुतसंग जोडिएको छ । अयोध्याका राजा रामसँग जोडिएको छ । शौनक गोत्रीय, सुर्यवंशी रघुकुल का पाल ठकुरीहरू अयोध्यपति रामका जेष्ठ पुत्र लवका सन्तान हुन् । केदार, मलिकार्जुन, कार्तिकेय (मोहन्याल) (कार्तिकेय), गणेश, कालिका, भगवती जस्ता बैदिक देबी /देवता मान्दछन् । पाल ठकुरी कुलीन राजपुत कुलका मानिन्छन् । प्राचीन इतिहासमा गोपाल (गाई पाल्ने ) महिसपाल (भैसी) पाल्ने राजाको इतिहास पनि आउछ । नेपालमा ठकुरी मात्रै पाल छैनन। बर्तमानमा आएर अन्य वैश्य जातिहरूले पनि पाल थर लेख्ने गरेका छन् । जस्तै नेपालको पूर्वी तराई जिल्ला क्षेत्रमा भेडा पाल्ने भएर पाल, राउत, लेख्ने गर्छन् जुन गडेरी/भेडिहर जाति अन्तर्गत पर्छन् जुन मधेशी वर्गमा छन । डडेल्धुरा जिल्लाका बुढा र ठगुन्ना जातिका वैश्यहरू बर्तमानमा पाल थर लेख्छन । कञ्चनपुर जिल्लाको महेन्द्रनगर नगरपालिका सुकासाल, बाँसखेडा सहितका क्षेत्रमा बसोबास गर्छन । यिनको बैबाहिक सम्बन्ध छेत्री वैश्य जातिसंग हुन्छ । तर उच्च राजपुत ठकुरी कुलका पालहरु नेपालको सुदूरपश्चिम र भारतको कुमाउ गढवाल मा बसोबास गर्दछन। पालबंशका ठकुरी कर्णाली लगायत अन्य ठाउहरुमा पनि बसोबास गर्ने पाइएको छ।
कत्युरी वंशजका रजवारको इतिहास
[सम्पादन गर्नुहोस्]कत्युरी पाल राजाका वंशज अस्कोटी र बोगटानीको इतिहास सम्बन्धमा के मान्यता छ भने कार्तिकेयपुर राजधानीको बिघटन पश्चात कत्युरी राजवंशको प्रमुख शाखा मध्ये एक शाखा असी ओटा कोटको राज्य समाली बसेको कारण अस्कोटी भनियो। अस्कोट भारत पिथौरागड जिल्लामा पर्छ। अर्को शाखा बाह्र (१२) वटा कोटको राज्य समाली बसेको कारण बारह कोट टानी भन्दै गर्दा बोगटानी भनियो पनि भनिन्छ । कुमाउ पिथौरागढ असकोटका पाल रजवार, बोगटानी रजवार र दार्चुलाको लेकम गर्खाका रजवारका पूर्वज एकै हुन् । एकै वंशजकाहरु मध्ये अस्कोट र दार्चुलाका वंशज पाल थर लेख्छन भने डोटी बोगटानका वंशज बम (थर) लेख्छन। यिनको वर्तमान को बास स्थान फरक-फरक भए पनि यिनका गोत्र, वंश, इतिहास, मान्यता र देवता एकै गण (आल ) का छन् । यि पाल ठकुरीलाइ राजपुत तथा रजवार भन्ने गरिन्छ ।[१]
बोगटानी पाल वंशावली
[सम्पादन गर्नुहोस्]डोटी बोगटान क्षेत्रमा बसेको कारण बोगटानी भनिएका डोटी बोगटानका पाल राजाका वंशज बम (थर) /बोगटी रजवारहरु त्यस क्षेत्रका उच्च राजपुत ठाकुर मानिन्छन । कार्तिकेयपुर(कत्युर)बाट डोटी आएको यो शाखा कत्युरी राजवंश को प्रमुख र अन्तिम समय सम्म राज्य गर्ने शाखा हो । डोटी रैका राजवंश ले कत्युरी वंशज को डोटी राज्य १४औ शताब्दीमा बिजय गरेपछि पनि यस वंशजले रैका अधिनस्त बोगटान राज्यका राजा /रजवार भएर शासन गरेको थियो । यस वंशजसंग कार्तिकेयपुर राजवंश प्रमाणित गर्ने धेरै अवशेषहरु अहिले पनि देख्न सकिन्छ ।
- बोगटानको शाखा
- चन्द्रपाल:
- जगतीपाल:
- त्रिलोक पाल / लोकपाल:
- निरयपाल
- नाग पाल
- रतनपाल
- कल्याण पाल (कल्याण पाल पछि यो शाखा पालबाट ब्रह्मवकोटि/वकोटी/बोगटी बन्यो । डोटी बोगटानको राजपरिवार यसै पाल वंशजका ठकुरी बोगटी रजवार हुन् । )
- परताप ब्रम्हमवकोटी
- राज ब्रहमवकोटि:
- सागरी ब्रहमवकोटि:
- पिरोज बम वकोटि:
- अर्जुन ब्रहमवकोटि:
- राउ ब्रह्म वकोटि:
- जसु बोगटी
- बहादुर बोगटी रजवार:
- कृति बोगटी रजवार:
- मथुरा बोगटी रजवार:
- महेन्द्र बोगटी रजवार:
- अबैरयन बोगटी रजवार:
- नाथु बोगटी रजवार:
- परताप बोगटी रजवार:
- पुरन बोगटी रजवार:
- नागी बोगटी रजवार
- भूपाल बोगटी रजवार
- कृतिसिंहका भीमसिंह भए ।
- भीमसिंहको ग्वानीमा अपुताली भयो ।
- भूपालकी कान्छी रानी तर्फका पितमसिहका
- जेठा केशर र कान्छा दिलिप रिसेडी गाउँमा बसे ।
- केशरसिंहका जेष्ठपुत्र - केवलसिंह र कनिस्टपुत्र - लालसिंह भए भने दिलिप सिंहका पुत्र - महासिंह भए । यस वंशजकाहरु बर्तमानमा बम /बम रजवार थर लेख्छन । आफुलाई ठकुरी बताउने गर्दछन । यी बोगटानको उच्च खानदानी राजपरिवार भनेर चिनिन्छन ।
- निगालीको वंशज
- कृतिसिंहकी कान्छी रानी तर्फका निगाली वाला ठकुरी रजवार हुन् ।
- कृतिभान, रंजित, गंगजित
- भिमसिंह, दलजित, जमान सिंह:
- जंगबिर, धर्मसिंह, कृतिभान, लक्ष्मन:
- मसिंह, नरसिंह, तापसिंह, पदमसिंह, तारासिंह, बहादुर, हरिलाल, रैभान, खडकबहादुर
- यस पछि बोगटानको यो शाखा बोगटी रजवारबाट बम /बम रजवार बन्यो ।
- ..............
- .............
वर्छैनी तथा तल्लो बुङ्गे पाल वंशावली
[सम्पादन गर्नुहोस्]तल्लो बोगटान तल्लो बुङ्गे रजवार भनिएकाहरु सनातन धर्मसँग सम्बन्धित पालहरुका शाखा सन्तान थिए । सिजा राजाधिराज पृथ्वीमल्लदेवको दुर्लङ्ध्घनगरको कोटिस्तम्भको अभिलेखमा उल्लेख निम्न उल्लेखित पाल वंशावली यिनै तल्लो बुङ्गे ठकुरी रजवारका पूर्वजको नाममा आधारित वंशावली हो । जो यस प्रकार छ ।
- आदिपाल,
- अमरपाल,
- जयपाल(प्रथम),
- विजयपाल,
- वीरपाल,
- विक्रमपाल,
- श्रीपाल,
- धीरपाल,
- सोमपाल,
- सूर्यपाल,
- समुन्दपाल,
- शुंखपाल,
- गृहपाल,
- महिपाल,वरपाल,गजपाल,
- विश्वपाल,
- जीवपाल, (महाराजाधिराज गेला),
- सरलपाल,
- जयपाल(द्वितीय)श्रीजाव),
- पुण्यपाल/मल्ल रानी संजनमाला(शकुनमाला),
- राजाश्रीमल्ल –पुण्यमल्ल र शकुनमालाका जेठा छोरा आदि ।
यी बोगटान ठूलीगाडदेखि दक्षिण पूर्वक्षेत्रको रैती माथिको शासनसत्ता, जिम्मेवारी र सम्पूर्ण काम सुम्पीएका कारण तल्लोबुङ्गे रजवार भए । यिनलाई एउटै शब्दमा भन्ने हो, भने बर्छैनी भन्ने गरिन्छ । यस बर्छैनी अन्तरगतकाहरु हाल बर्छैन गाउँ विकास समितिको बर्छैनगाउँ, वेरवाटागाउँ, मोहन्याल गाउँ विकास समितिको वार्ड नं १ धमकोट र डोटी डडेल्धुराक्षेत्रमा बसोबास गर्ने केही मल्ल परिवारहरु हुन् । यस परिवारका अनुसार राजा निरयपालको खान्दानले सुर्खेत फर्कन नदिएपछि यी मध्येको
- जेठोभाइ धमकोट गाउँमा बस्यो,
- माईलोभाइ बर्छैन गाउँमा बस्यो र
- कान्छोभाइ वेरवाटा गाउँमा बस्यो भन्ने छ । शौनक गोत्रीय, सूर्यवंशी यो शाखा पनि बोगटान बसे पछि पालबाट बोगटी बन्यो । बोगटी रजवारबाट बर्तमानमा बम /बम (थर) बनेर रहेको छ । बोगटान को ठकुरी बम मानिन्छ । ज्योतिष गणपति भन्दा पहिले कश्यप गोत्रका वडु बामन तल्लो बुँगे ठकुरीका कुलगुरु थिए । गणपति आएपछि गणपतिले देवता पूज्ने र जजमानि समालेका हुन् । सुर्खेत सलामबाट भैरौ देवता ल्याएका हुन । मोहन्यालसँग धितधरम भएपछि, मोहन्यालको स्तरकै भैरौ वेताल भएको हो । रिसड्याल (रिसेडीबसेकाहरु) र निगल्याल(निगालीबसेकाहरु) राजा निरयपालका सन्तान हुन । गणपति बामन पनि यिनै रिसड्याल, निगल्यालका पूर्खा पाल राजासँग रुपाल क्षेत्रबाट बोगटान आएका हुन् । १२ वोगटान भनेको सुर्खेत देखि कुमाउ, गढवालसम्मको क्षेत्र हो । प्राचीनकाल देखि कुमाउ गढवालबाटै सुर्खेत हुँदै नेपाल (वर्तमान काठमाण्डौ) सम्म आवत जावत हुने गर्दथ्यो ।
दार्चुले पाल वंशावली
[सम्पादन गर्नुहोस्]दार्चुलाको लेकम क्षेत्रमा बसेको कारण लेक्मेले ठाकुर भनिएको दार्चुलाका पाल रजवार त्यस क्षेत्रमा उच्च राजपुत ठाकुर मानिन्छन । लेकम गर्खामा पनि तीन स्थानहरू ऊकुं, देथाला र निस्ल मा यिनको वंशज भेटिन्छन ।
- ऊकुं
- देथाला
- निसिल (निस्ल )
- दार्चुला (उकु)का पाल रजवारको वंशवृक्
- जगतीपाल,
- शाईपाल,
- श्रीपाल(सिनलपाल),
- केशरीपाल,
- कल्याणपाल,
- बहादुरपाल,
- प्रतापपाल,
- रिरापाल,
- सूर्यमलपाल,
- लालसिहपाल,
- रिरापाल,
- विरापाल भए ।
- विरापालका अर्जुनपाल हुन् ।
- अर्जुनपालका २ छोराहरु जेठा : कर्णबहादुर पाल, कान्छा धर्म बहादुर पाल भए ।
- कर्णबहादुर पालका ५ छोराहरु हुन । ५ छोराहरु क्रमसः जेठाः सुरेन्द्रपाल, माईलाः टिकेन्द्रपाल, साईलाः अजवपाल, काँईला दिनेशपाल, कान्छाः धिरेन्द्रपाल हुन । सुरेन्द्रपालका छोरा छैनन् । माईला टिकेन्द्रपालका कल्पीतपाल हुन । साईला अजवपालका विवेकपाल र रोशनपाल हुन । काईलाः दिनेश पालका मुकेशपाल भए । कान्छाः धिरेन्द्रपालका आक्रोशपाल हुन ।
- कान्छा धर्मबहादुर पालका २ पुत्र भए जेठा गणेशपाल, कान्छा टेकबहादुर पाल हुन । जेठा गणेशपालका सन्तोषपाल र शंकल्प पाल हुन ।
- दार्चुला देथलाका पाल रजवारको वंशवृक्ष
- जगतीपाल,
- खडकपाल,
- करणपाल,
- भैरवपाल,
- साहीपाल,
- सम्भुपाल,
- लक्षुपाल,
- सिनलपाल,
- विजपसिहपाल,
- विरापाल,
- विजयका २ छोरा भए । क) परिपाल, ख)
- पिरापाल, परिबाट मल्लागाँई भए, पिराबाट तल्लागाँई भए ,
- १—रामपाल, २—महा पाल, ३—नेफापाल भए । नेफापालका दुईछोरा जेठाः महेन्दपाल र कान्छा हिरापाल हुन ।
- महेन्द्रपाल तर्फ ः
- महेन्द्रपालका ४ पुरत्रहरू क्रमस : जेठा बहादुर पाल माईलाः भैरब पाल,साईपालला अकबर पाल , कान्छा : हरिचन्द्व हुन । भैरब पाल : दुई छोरा जेठा: बिष्णु पाल, कान्छा: कृष्ण पाल, बिष्णु पालका तिन छोरा :जेठा चक्र पाल, माहिला :शंकर पाल, कान्छा :उत्तर पाल, चक्र पाल का छोरा :पदम पाल, शंकर पाल का दुई छोरा :प्रकाश पाल,भिम पाल उत्तर पाल का तिन छोरा: जेठा हरिश पाल, माईला :बिपिन पाल, कान्छा :हिमालय पाल हरिश पाल का छोरा :पुजन पाल बिपिन पाल का छोरा :कपुर पाल कान्छा कृष्ण पालका चार छोरा जेठा जनक पाल, माहिला लोकेन्द्व पाल, साहिला बिनोद पाल र कान्छा जंग पाल। जनक पालका तीन छोरा नरेन्द, दमन, रमेश पाल। लोकेन्द पालका तीन छोरा हेमन्त, अक्कल र दिपक। हेमन्त का छोरा सुजल, अक्कलका छोरा सुदर्शन र दिपकका छोरा अयान । बिनोदका छोरा चेतन, जंगका छोरा डम्मर र उमेश।
- जेठा बहादुरपालका ४ छोराहरु भए । जेठा : विरबहादुरपालको अपुताली भयो । माईला : कमानबहादुर पालका ३ पुरत्रहरू क्रमसः जेठा मानबहादुरपाल, माईलाः धिरेन्द्रपाल, कान्छाः कुमोदपाल हुन । मानबहादुर पालका ३ पुरत्रहरू क्रमसः जेठा : किशोरपाल, माईलाः सुरेन्द्रपाल, कान्छा : रमेशपाल हुन । साईलाः बमबहादुर पालका ४ छोराहरु क्रमसः जेठाः प्रेमबहादुरपाल, माईलाः तेजबहादुरपाल, साईला : असोजकपाल, कान्छा : जनकपाल हुन । कान्छा : रणबहादुरपालका ४ छोराहरु क्रमसः जेठाः हेमन्तपाल, माईलाः बसन्तपाल, साईलाः पुर्णेशपाल, कान्छा : दिनेशपाल हुन ।
- हिरापाल तर्फ
- हिरापालका एकपुत्र कृतविरपाल भए । कृतिविरपालका २ पुरत्रहरू भए । जेठा माधवपाल, कान्छा कर्णबहादुरपाल ।
- माधवपालका ६ छोराहरु भए । जेठा विक्रमपाल, माईला, प्रेमबहादुरपाल, साईलाः उत्तमपाल, काँईला : जगदिशपाल, राईला : ज्ञानेन्द्रपाल, कान्छा : तेजबहादुर पाल हुन । जेठा : *विक्रमपालका २ पुरत्रहरू क्रमस सुरेन्द्रपाल , भिमबहादुरपाल हुन । माईला प्रेमबहादुर पालका २ पुरत्रहरू क्रमसः संदीप पाल र सन्दभ्रपाल छन् । उत्तमपालका २ छोराहरु क्रमसः रोशन पाल र रवीपाल छन् । जगदीश पालका एकपुत्र अवसर पाल छन् । ज्ञानेन्द्रपालका एकपुत्र पृथवीर पाल छन् ।
- कान्छा कर्णबहादुर पालतर्फ : कर्णबहादुरपालका ५ छोराहरुभए । क्रमसः जेठाः राजेन्द्रपाल, माईलाः दमनपाल, साईलाः डम्मर बहादुर पाल, काँईला : तिलकपाल, कान्छा : प्रकाश पाल हुन् । राजेन्दपालका २ पुरत्रहरू क्रमसः महेशपाल र दिनेशपाल छन् । दमनपालका २ पुरत्रहरू क्रमस : अरुणपाल र जिवन पाल, डम्मरबहादुर पालका एकपुत्र शुभम पाल, तिलक पालका एकपुत्र अर्पन पाल र कान्छा प्रकास पालका एकपुत्र अपिपाल छन् ।
- निसिलका पालको वंशवृक्ष
- जगतीपाल,
- उच्छयपाल,
- रुद्रपाल,
- मोहनपाल,
- विक्रमपाल,
- सिजापाल,
- रत्नपाल,
- मेघपाल,
- नाकुपाल
अस्कोटी पाल वंशावली
[सम्पादन गर्नुहोस्]भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको अस्कोट क्षेत्रमा बसेको कारण अस्कोटी भनिएको हो । अस्कोटी पाल रजवार त्यस क्षेत्रमा उच्च राजपुत ठाकुर मानिन्छन ।
- भारत पिथौरागड जिल्लाको असकोटका अस्कोटी पाल रजवारका केही नामहरु
- अभयपाल,
- निर्भयपाल,
- भारतीपाल,
- भैरवपाल,
- भुपाल,
- रतनपाल,
- श्यामपाल,
- शहजपाल,
- भोजपाल,
- सुर्जनपाल,
- भरतपाल,
- सुरतनपाल,
- अछपाल,,
- तिलकपाल,
- सुरपाल,
- जगतपाल,
- पर्जापाल,
- राईपाल,
- महेन्द्रपाल,
- जयन्तपाल,
- विरवलपाल,
- अमरसिहपाल,
- ब्रहमपाल,
- उच्छवपाल,
- विजयपाल,
- महेन्द्रपाल,
- रुद्रपाल,
- बहादुरपाल,
- पुस्करपाल,
- गजेन्द्रपाल,
- भुपेन्द्रसिह पाल,
- विक्रमसिह पाल
गढवालका पाल वंशावली
[सम्पादन गर्नुहोस्]गडवाल को पाल वंशज लाई पनि कत्युरी वंशजका पाल भन्ने गरिएको छ । गढवाली पाल वंशज पनि अयोध्यसँग सम्बन्ध राख्ने गर्दछ । गडवाल को पाल लाई पनि कत्युरी पाल वंशजको एक शाखा भएको मान्यता छ ।
- कनकपाल(७४५ई)
- श्यामपाल
- अभिगतपाल
- सिगतपाल
- रत्नपाल
- सालीपाल
- विधिपाल
- मदनपाल
- भक्तिपाल
- जयचन्दपाल
- पृथ्वीपाल
- मदनसिहपाल
- अगस्त्यपाल
- सुरतिपाल
- जयसिहपाल
- अनन्तपाल
- पाण्डुपाल
- आनन्दपाल
- विभोगपाल
- सुवियानपाल
- विक्रमपाल
- विचित्रपाल
- हंसपाल
- सोनपाल
- कांन्तिपाल
- कामदेवपाल
- लक्ष्मणदेवपाल
- सुदक्षणदेवपाल
- अनन्तपाल
- पृथ्वीदेवपाल
- अभयदेवपाल
- जयरामदेवपाल
- आशलदेवपाल
- जगतपाल
- जीतपाल
- आनन्दपाल
- अजयपाल
- कल्याणपाल
- सुन्दरपाल
- हंसदेवपाल
- विजयपाल
- सहपाल
- बलभद्रपाल (शाह) (ई.१५७५ देखि १५९१) यस पछि यो शाखा पालबाट शाह भयो ।
- मानशाह
- श्यामशाह
बैबाहिक सम्बन्ध
[सम्पादन गर्नुहोस्]फरक -फरक स्थानमा बसोबश भएपनि राजपुत पाल वंशजका रजवारहरु को बैबाहिक सम्बन्ध यिनको जात मिल्ने फरक गोत्रका समान स्तरिय अन्य राजपुतसँग हुने गर्दछ । स्थानीय समाज अनुसार कुमाऊ अस्कोट देखि डोटी बोगटान सम्म फैलिएका यस वंशजको बैबाहिक लेनदेन चन्द, मल्ल, शाही, सिंह, देउवा, शाह, राठौर, हमाल, पुलस्त्य गोत्रका बम (थर) सँग भएको भेटिन्छ । यिनको वंशज को बिबाहमा राजकीय सम्मानका साथ पाल्कीको प्रयोग हुने गर्दछ ।
कुलदेवता तथा देवी देवता
[सम्पादन गर्नुहोस्]कार्तिकेयपुरी राजवंशका कुलका देवता तथा कुलदेवता स्वामी कार्तिकेय (मोहन्याल) भए पनि यस वंशजसँग सम्बन्धित यिनका शाखा सन्तानहरू केदार (शिव ) मलिकर्जुंन लटिनाथ, बेताल सहितका सनातनी शैवगणका देवता मान्दछन । यिनको वंशज मष्ट/मष्टो देवतासँग सम्बन्धित छैनन् ।
पुर्खेउली मान्यता
[सम्पादन गर्नुहोस्]यिनको परम्परागत मान्यता अनुसार यिनका महारानीहरू अधेका रहन्छन । पुरुषहरु हलो जोत्दैनन । महिलाहरू खेत नरोप्ने डोकोमा पर्सो (गोबर) नबोक्ने गर्दछन । यिनको वंशज मा देवताका धामी र भरंडे हुँदैनन् । रैती र देवताबाट राजकीय सम्मान यिनलाई हुने गर्दछ । समाजमा न्यायका मुर्ति मानिन्छन । यीबाट सत्य न्याय को पक्षमा बोल्ने र सत्य न्याय दिने कार्य हुन्छ । यो कलियुग मा कोहि कसैले कहिँ कतै परम्परागत मान्यता अनुसार कार्य नगरेको भेटिए पनि अधिकांशबाट परम्परागत मान्यता को पालना गरेको सङ्केत भेटिन्छ । यस वंशज संग-संगै बोहरा जाति को बसोबास भेटिन्छ । बोहराहरु यिनका पुर्खेउली सहयोगी रैती हुन् । मारकाट, दरवारमा दियो बत्ति बाल्ने देवता को कार्य गर्ने भैसी चराउने जस्ता धेरै कार्यहरु बोहरा लाई यिनको राज्यकाल मा दिएको थियो । बोहराका साथै कठायत, ताडी, धामी जस्ता थर का मान्छेहरू पनि यी संग-संगै बसोबास गर्दछन ।
कार्तिकेयपुरी राजाका वंशजका कुलगुरु
[सम्पादन गर्नुहोस्]कार्तिकेयपुरी राजाका वंशजका कुलका बामन (ब्राहमण )
- कौडिन्य गोत्रीय पनेरु (जोशी) ,
- भारद्वाज गोत्रीय जोशी, भट्ट, भण्डारी, पन्त,
- कश्यप गोत्रीय बडू, जोशी, भट्ट र गड्तौला
- बशिष्ट गोत्रीय जोशीहरु भेटिन्छन ।
यी सबै ब्राहमण केदार, भागेश्वर, मलिकर्जुंन, कार्तिकेय (मोहन्याल), बेताल, पासो, कैलपाल देवतासँग सम्बन्धित छन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ , कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), विभिन्न व्यक्ति हरूसँगको भेटघाट, सोधपुछ, जानकारी सङ्कलन |