सामग्रीमा जानुहोस्

बेसीसहर नगरपालिका

(बेसीशहर नगरपालिकाबाट अनुप्रेषित)
बेसीसहर नगरपालिका
बेसीसहर नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
बेसीसहर नगरपालिका
गण्डकी प्रदेशको नक्सामा बेसीसहर नगरपालिकाको अवस्थिति
बेसीसहर नगरपालिका मा पर्दछ नेपाल
बेसीसहर नगरपालिका
बेसीसहर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१३′५२″उ ८४°२२′३९″पू / 28.23111°N 84.37750°E / 28.23111; 84.37750
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२०७१ वैशाख १५
सरकार
  नगरप्रमुखगुमानसिंह अर्याल (नेकपा (एमाले))
  उपप्रमुखपदमा गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२७.६४ किमी (४९.२८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३८,२३२
  घनत्व३००/किमी (७८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
वेबसाइटआधिकारिक वेबसाइट

बेसीसहर नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो। बेसीसहर बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[] यसलाई नगरपालिका घोषणा गर्दा बेसीसहर,उदीपुर,गाउँसहरचण्डीस्थान गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने १ असोज २०७२ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका पुरानोकोटनाल्मा र २७ फागुन २०७३ मा दोस्रो पटक क्षेत्र विस्तार गर्दा बाग्लुङपानी (३,४,७-९), बाँझाखेत, हिलेटक्सार(९) र चिती गाविसलाई पनि यसमा गाभिएको थियो। यस नगरपालिकामा ११ वटा वडाहरू रहेका छन्।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेसीसहर नगरपालिकाको कुल जनसङ्ख्या ३८,२३२ रहेको छ भने यहाँ ११,०३८ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार बेसीसहर नगरपालिकाको कुल जनसङ्ख्या ३८,२३२ रहेको छ। यस नगरपालिकालाई ११ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

बेसीशहर नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
उदिपुर२,४६३११.३४२१७.२०
गाउँसहर (६-९)३,४१५११.५५२९५.६७
गाउँसहर (१-५)२,८१४१०.१०२७८.६१
पुरानोकोट८३१११.०२७५.४१
नाल्मा१,४३३१५.७७९०.८७
चण्डीस्थानबाग्लुङपानी (३-४,७)२,२८०९.४६२४१.०१
बेसीसहर (२-४)८,०८३२.८६२,८२६.२२
बेसीसहर (१,९)७,८८३१.५४५,११८.८३
बेसीसहर (५-८) र बाग्लुङपानी१,८४०६.४८२८३.९५
१०बाँझाखेतहिलेटक्सार (९)२,८६४२९.९०९५.७९
११चिती४,३२६१७.६२२४५.५२
जम्मा३८,२३२१२७.६४२९९.५३

बेसीसहर नगरपालिकाको चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]
  4. "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५ अभिलेखिकरण २०१८-०७-०७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]