विकिपिडिया:प्रमुख लेख/जेठ, २०७८
|
विशेष सामग्रीहरू प्रमुख लेख औजारहरू |
२०७८ जेठ पहिलो
[सम्पादन गर्नुहोस्]पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यो प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यसमा धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठी प्रतिशतभन्दा बढी भाग ओगटेको छ। ७,२४६ मिटरको उचाईमा रहेको धौलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) भएको यो प्रदेशको एक मात्र हिमाली जिल्ला पनि हो। पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।
यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं २०५२ देखि २०६२ सम्म पूर्वी रुकुम दश वर्षे माओवादी जनयुद्धको केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।
२०७८ जेठ दोस्रो
[सम्पादन गर्नुहोस्]ध्यानी बकुल्ला ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने बकुल्लो प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम रोमन भाषाबाट उत्पत्ति भएको थियो। यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
यो हेर्दा खेरी फुस्रो बकुल्ला जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ। यो छल्नमा माहिर हुन्छ। यो पन्छी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ। यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ। (पूरा पढ्नुहोस्...)