"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा +सफल घोषित
पङ्क्ति १९७: पङ्क्ति १९७:
* प्रस्ताव प्रति समर्थन र पूर्ण सहयोगको प्रतिबद्धता --[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०९:३५, ८ मे २०१९ (युटिसी(UTC))
* प्रस्ताव प्रति समर्थन र पूर्ण सहयोगको प्रतिबद्धता --[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०९:३५, ८ मे २०१९ (युटिसी(UTC))

{{Discussion top|{{done}}--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:१९, २० मे २०१९ (युटिसी(UTC))}}
==व्यक्तिको जीवनी लेखनमा प्रचलित(चिनिने) नाम राख्ने वा आधिकारिक नाम राख्ने सम्बन्धमा==
==व्यक्तिको जीवनी लेखनमा प्रचलित(चिनिने) नाम राख्ने वा आधिकारिक नाम राख्ने सम्बन्धमा==
नेपाली विकिपीडियामा व्यक्तिको जीवनी लेखनमा एकरुपता नरहेको हुँदा, अन्यौल देखिन्छ। प्रचलित(चिनिने) नाम राख्ने वा अधिकारिक नाम राख्ने सम्बन्धमा विवाद आइरहन्छ। त्यसैले जीवनी लेखनमा एकरुपता ल्याउन आवश्यक छ। मेरो बिचारमा प्रचलित(चिनिने) नामबाट नै लेख लेख्ने र आधिकारिक नामलाइ पुन: निर्देशित गर्दा उचित हुन्छ। प्रचलित(चिनिने) नामबाट बनाइएका केहि लेख उदाहणार्थ निम्न रहेका छन्।

पङ्क्ति २३७: पङ्क्ति २३८:

* म विकिपिडियामा नयाँ हुँ तर विकिपिडिया प्रयोगकर्ताको रूपमा भने नयाँ हैन। म विकिपिडियालाई धेरै वर्षदेखि पछ्याइरहेको छु। जहाँसम्म प्रचलन वा चलनचल्तीको नाममा कसैको पनि विषयवस्तु राख्ने वा आधिकारिक नाम खोज्दै त्यो नाममा राख्ने भन्ने सवाल छ यो साह्रै विवादको विषय हो जस्तो लाग्दैन। सजिलोको लागि ठाउँको नाम नै हेरौँ अझ काठमाडौँलाई नै हेरौँ। पहिलेपहिले [[काठमाडौँ]]लाई [[काष्ठमण्डप]] भनिन्थ्यो। [[भक्तपुर]]लाई [[भादगाउँ]] भनिन्थ्यो। [[ललितपुर]]लाई [[पाटन]] भनिन्थ्यो। आधिकारिक नाम खोज्दै जाँदा [[काठमाडौँ]]लाई [[काष्ठमण्डप]] भन्नुपर्ने हुनसक्छ। [[काष्ठमण्डप]] भन्दाभन्दै वा अपभ्रम्स हुँदै [[काठमाडौँ]]मा आइपुग्यो। अर्थात् [[काठमाडौँ]] अब प्रचलित नाम भयो। अब हामीले [[काठमाडौँ]]को नाममा विषयबस्तु राख्ने कि [[काष्ठमण्डप]]? पक्कै पनि [[काठमाडौँ]] नै राख्नुपर्ला। जहाँसम्म [[प्रचण्ड]] राख्ने कि [[पुष्पकमल दाहाल]] भन्ने सबाल छ त्यसको बारेमा मेरो मत फरक छ। [[प्रचण्ड]] वा [[पुष्पकमल दाहाल]] दुवै नाम उत्तिकै प्रचलित नाम हो। यस्तै [[खड्गप्रसाद ओली]] कि केपी भन्ने बारेमा पनि केपी खड्गप्रसादको छोटकरी रूप हो। मान्छेहरूले दुवै नाम उत्तिकै चिन्छन्। उन्नाइस बीस फरक होला। यसैले यस्तो नामहरूको बारेमा लेख्दा आधिकारिक नाम नै प्रयोग गर्दा उचित होला। [[विशेश्वरप्रसाद कोइराला]]ले साहित्यमा [[विपी]] कोइरालाको नाममा साहित्य लेखे। उनी नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा उत्तिकै लोकप्रिय व्यक्ति हुन्। यसैले यस्ता व्यक्तिहरूको नाममा लेख्दा आधिकारिक नाम प्रयोग गर्दा ठिकै होला। किनकि आममानिसले दुवै नाम उत्तिकै चिन्छन्। तर केही नामहरू यस्ता छन् जुन नामहरूको आधिकारिक नाम के हो भनेर आममानिसलाई थाहा नै छैन। अझ आममानिसलाई सरोकारै छैन। उनीहरूको वास्तविक नाम के हो भन्ने बारे मतलव नै छैन। तर प्रचलित नाम मजाले चिन्छन्। सम्मान गर्छन्। आहुतीलाई मान्छेहरू चिन्छन्। [[बैरागी काइलाँ]]लाई चिन्छन्। [[मञ्जुल]], [[रामेश]] वा [[रायन]]लाई चिन्छन्। [[भूपि]]लाई चिन्छन्। [[सरूभक्रत]]लाई चिन्छन्। पारिजातलाई चिन्छन्। [[आलोक श्री]]लाई चिन्छन्। [[तुलसी दिवस]]लाई चिन्छन्। तर मान्छेहरूले '''सूर्यबहादुर खाती''' चिन्दैनन्। '''विष्णुकुमारी वाइवा''' चिन्दैनन्। '''विश्वभक्त दुलाल'''लाई चिन्दैनन्। '''तीलबिक्रम नेम्बाङ्ला'''ई चिन्दैनन्। यहाँ चिन्दैनन् भनेको कसैले पनि चिन्दैनन् भनेको हैन। धेरैले चिन्दैनन्। यो विषयमा धेरै खोजिने नाम भनेको उनीहरूको प्रचलित नाम हो। अथवा उपनाम नै होला। वास्तवमा उनीहरूको यो क्षेत्रमा आधिकारिक नाम भनेको उनीहरूको प्रचलित नाम नै हो। त्यही नामले बोलाइन्छ चिनिन्छ र त्यही नाममा व्यवहार गरिन्छ। अब उनीहरूलाई बोलाउँदा प्रचलित नामबाहेक अरू नामले बोलायो भने उनीहरू नै अचम्म मान्छन् वा उनीहरू आफेँ झुकिन्छन्। यति मात्र हैन उनीहरूले आफ्नो कृति वा सिर्जना नै प्रचलित नामलाई नै आधिकारिकता दिएर त्यही नाममा प्रकाशित वा सिर्जना गर्छन्। त्यही नामले चिनिन रूचाउँछन्। यस्तो अवस्थामा उनीहरूको नागरिकताको नाम के हो वा न्वारनको नाम के हो भनेर खोज्दै त्यही नाममा उनीहरूको बारेमा लेख्नु भनेको उनीहरूको वा उनीहरूको कर्मको अपमान गर्नु हो। उनीहरू माथि अन्याय गर्नु हो। उनीहरूको नाममा विकिपिडियामा केही लेख्नु भनेको उनीहरूको कर्मलाई सम्मान गर्नु हो। जब कि उनीहरू त्यही नामबाट कर्म गरिरहेका छन् भने हामीलाई विकिमा त्यही नामले परिचित गराउन किन गाह्रो? [[पारिजात]] धेरैभन्दा धेरै मान्छेहरूले खोज्ने भनेको [[पारिजात]]को नामले नै हो। विष्णुकुमारी वाइवाको नामले खोज्ने भनेको एकदम नगन्य नै हुन्छन् वा हुँदै हुँदैनन् भने हामीले उनको पेज कुन नाममा राख्ने? यसैले प्रचलित नाममा नै उनीहरूको आधिकारिक पृष्ठ बनाउन उचित हुन्छ भन्ने मेरो विचार छ।--[[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]]) ०५:१४, ९ मे २०१९ (युटिसी(UTC))

:* उपरोक्त छलफलको आधारमा ४ जना प्रयोगकर्ताले प्रचलित नामको प्रयोग गर्ने सल्लाह दिएका छन् (१ जना प्रस्तावक वाहेक) भने ३ जना प्रयोगकर्ताले आधिकारिक नाम प्रयोग गर्ने सल्लाह दिएका छन्। यस सामुदायिक छलफललाई निष्कर्षमा टुङ्ग्याउन तथा यसै छलफललाई आधार मानेर नेपाली विकिपिडियामा लेख शीर्षक सम्बन्धी ठोस [[विकिपिडिया:लेख शीर्षकहरू|नीति]] निर्माण गर्नका लागि यस प्रस्तावलाई छलफल तथा टिप्पणीको आधारमा अब उपरान्त— मुख्य नामपद लेख शीर्षकमा प्रचलित नामको प्रयोग गर्ने तथा आधिकारिक नामलाई प्रचलित लेख नाम शीर्षकमा अनुप्रेषित गर्ने प्रस्ताव सफल घोषित गरियो। धन्यवाद--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:१९, २० मे २०१९ (युटिसी(UTC))
{{Discussion bottom}}

१३:०४, २० मे २०१९ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,

विकी विमिन एडिटाथन २०१९

विकी विमिन एडिटाथन २०१९

यस विकिपिडियामा विगतका वर्षहरूमा जस्तै हुँदै आएको कार्यक्रम विकी विमिन एडिटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।

  • कार्यक्रम मार्च ८ देखी अप्रिल ८ सम्म संचालन हुने ।
  • मार्च महिनाभर नारीमा समर्पित विभिन्न अनलाइन एडिटाथन तथा आउटरीच कार्यक्रम संचालन गरिने ।
  • यस वर्षको कार्यक्रममा महिला स्वास्थ तथा महिला समन्धित सामाजिक क्रियाकलापको लेख लेखिने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तररमा ख्याती प्राप्त प्रतिभाशाली नेपाली ब्यक्तित्वहरूको लेख नेपाली, मैथिली, डोटेली, नेवारी र नेपालमा बोलिने अन्य भाषा लगायत अन्तर्राष्ट्रिय भाषामा लेख लेखिने ।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु ।

प्रस्तावक

-Nabin K. Sapkota (कुरा गर्ने) १२:४४, ७ मार्च २०१९ (युटिसी(UTC))

मत राख्नुहोस्

छलफल

विकी लभ्स अर्थ २०१९ आयोजन समूह गठनको लागि प्रक्रिया थाल्न आह्वान

नमस्ते
प्रत्येक वर्ष मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता विकी लभ्स अर्थमा विभिन्न राष्ट्रहरूको सहभागिता हुँदै आएको प्रायः सबै विकिपिडियनमा सर्वविदितै छ। राष्ट्रिय आयोजकको रुपमा नेपालले सन् २०१४ देखि नै यस फोटोग्राफी प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। यस फोटोग्राफी प्रतियोगितामा नेपालको सहभागितालाई यस वर्षपनि सक्रियताका साथ निरन्तरता दिनको लागि २४ दिन मात्र बाँकी रहेकोले सो समयावधि भन्दा अगावै एउटा ससक्त आयोजन समूहको गठनको लागि प्रक्रिया थाल्न सबैमा अनुरोध गर्दछु। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०७, ६ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समूह

प्रतियोगिता आयोजन समूहको सदस्यताको लागि आफ्नो नाम सहित आफ्नो विकी अनुभव र प्रतियोगिता आयोजक समूहमा आफ्नो भूमिका सम्बन्धी विवरण (५० शब्दमा) सन् २०१९ अप्रिल २१ सम्ममा आफ्नो नाम यहाँ प्रस्ताव गर्न सबैमा अनुरोध गर्दछु।

  • विगत ५ वर्ष देखि नेपालको विकिपिडिया अन्दोलनमा एक उलेखनीय भूमिका निभाउदै आएको र बार्षिक रुपमा संचालन हुदै गरेको यस कार्यक्रम विकी लभ्स अर्थको छैठों संस्करण विकी लभ्स अर्थ २०१९ मा विगतका कार्यगत कमीकमजोरीहरूलाई सच्चाई, नेपालको प्राकृतिक सम्पदाको भरपुर उजागर र उचित मुल्यांकन हुने गरि कार्यक्रम संचालन गर्न कार्यक्रम संयोजकको रुपमा म प्रयोगकर्ता:Nabin K. Sapkota आफ्नो नाम प्रस्ताब गर्न चाहन्छु । यसका साथै विकिपिडियामा संचालन हुने अन्य कार्यक्रममा जस्तै यस कार्यक्रममा पनि सम्पूर्ण प्रयोगकर्ता मित्रहरूमा उलेखनीय योगदान गर्नहुन आग्रह गर्न चाहन्छु । धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) ०५:५३, ७ अप्रिल २०१९ (युटिसी(UTC))
  • प्रयोगकर्ता:Nirmal Dulal २०१० देखि विकिपीडियामा सकृय रही योगदान गर्दै आएको छु तथा विभिन्न प्रतियोगिता तथा परियोजनाको संयोजकको रूपमा पनि कार्य गरिसकेको छु, यस कार्यक्रम विकी लभ्स अर्थको छैठों संस्करण विकी लभ्स अर्थ २०१९ मा म फोटोवक संयोजकको रूपमा सहभागी हुन चाहन्छु। - निर्मल दुलाल (कुरा गर्नुहोस) १०:०९, १० अप्रिल २०१९ (युटिसी(UTC))
  • विकिपिडियाका विभिन्न परियोजनाहरूमा सक्रिय रही योगदान गर्दै आइरहेको तथा विकिपिडिया/विकिमिडियाका अनलाइन र अफलाइन कार्यक्रमहरूमा पनि आयोजकको रूपमा सहभागी भइसकेको हुनाले म निराजन पन्त (User:Nirajan pant) यस आयोजन समूहमा सदस्यताको लागि निवेदन गर्दछु। --Nirajan pant (कुरा गर्ने) ०७:०८, २१ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समितिको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्ताव

आयोजन समितिको गठन भइसकेपछि प्रतियोगिताको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्तावको रूपरेखा आयोजन समितिद्वारा सन् २०१९ अप्रिल २५ सम्ममा अद्यावधिक गरिनेछ।

उद्देश्य

  • नेपालको विभिन्न क्षेत्रमा अवस्थित प्राकृतिक सम्पदाहरुको पहिचान र उजागर गर्ने।
  • नेपालमका अवस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू भ्रमण गरि उजागर गर्ने।
  • प्रतियोगितामा गरिएका तस्वीर नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडिया पृष्ठ तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।
  • विभिन्न फोटोग्राफी संस्था तथा फोटोग्राफरहरूसँग सहकार्य गर्ने।
  • नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडियामा आबद्ध विकिपिडियन प्रयोगकर्ताको सभागिता गराई सद्भावका साथ नेपालमा विकिपिडिया संस्कृतिको विकास गर्ने।

अनुदान प्रस्ताव

प्रयोगकर्ता:Biplab Anand जी द्वारा निम्न उल्लेखित सुझाबको आधारमा समयको पवान्दिलाई ख्याल गर्दै समुदायको नाममा अनुदान प्रस्ताव प्रस्तुत गरिएको कुरा अवगत गराउन चाहन्छु । --Nabin K. Sapkota (कुरा गर्ने) १६:१३, १५ अप्रिल २०१९ (युटिसी(UTC))

टिप्पणी

  •  टिप्पणी विकिमिडिया फाउन्डेसनद्वारा शीघ्रातिशीघ्र अनुदान अङ्ग्रेजी महिनाको १ तारिख देखि १५ तारिखसम्म मात्र गर्न सकिने प्रावधान भएको हुनाले उपरोक्त प्रस्तावित समयसीमामा अनुदान आउन समेत समय लाग्ने भएको हुनाले कार्यक्रम प्रभावित हुनसक्ने मेरो बुझाई रहेको छ। तसर्थ मेरो विचारमा हालसम्म आयोजन समितिको लागि इक्षा देखाउनुभएका सदस्यहरूले प्रतियोगिताको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्तावको रुपरेखा बनाउन ध्यान दिनु आवश्यक देखिन्छ। आफ्नो मत राख्नहुन सबैमा अनुरोध गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:११, १३ अप्रिल २०१९ (युटिसी(UTC))
  •  टिप्पणी यस संस्करणमा विगतमा नसमेटिएका क्षेत्रहरू तथा विषयवस्तुहरू समेटिन आवश्यक छ। यसै गरी अहिले सम्मका संस्करणहरूलाई हेर्दा गुणस्तरीय तस्वीरहरूको अभाव नै देखिन्छ साथै अपलोड गरिएका तस्वीरहरू विवरण बिना राखिएका छन् जुन उपयुक्त छैनन्। तसर्थ एउटा व्यवस्थित मापदण्डको आवश्यकता देख्तछु। प्रस्तावित विकी लभ्स अर्थ २०१९को दौरानमा विवरण बिना अपलोड गरिएका, कम गुणस्तरीय र दोहोरिएका तस्वीरहरूलाई मेटाउन सकिने कुराहरू पनि मापदण्डमा राखिनु पर्दछ। यसले पक्कै पनि गुणस्तर कायम राख्न मद्दत गर्नेछ।--Nirajan pant (कुरा गर्ने) १२:२५, २१ अप्रिल २०१९ (युटिसी(UTC))
  •  टिप्पणी यस वर्षको विकी लभ्स अर्थ, नेपाल प्रतियोगिताको मुख्य प्राथमिकतामा हामीले प्रयोगकर्ताहरूद्वारा गुणस्तरीय तस्वीर अपलोड गराउनुमा केन्द्रित राख्नुपर्ने देखिन्छ साथै त्यस्ता प्राकृतिक सम्पदाहरूलाई सूचीको अग्रपङ्क्तिमा राख्नुपर्छ जुन सम्पदाको तस्वीर अहिलेसम्म विकिमिडिया कमन्समा अपलोड भइसकेको छैन। यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न हामीले गुणस्तरीय तस्वीर अपलोड गर्ने र विशेष तस्वीर अपलोड गर्ने प्रयोगकर्तालाई छुट्टै पुरस्कारको व्यवस्था गर्नुपर्ने मेरो बुझाई रहेको छ। कमन्समा रहेको प्रतियोगिता पृष्ठमा हामीले त्यस्ता सम्पदाहरूको सूचीलाई सुधार गर्नुपर्छ जसले पक्कै पनि हामीलाई सहयोग गर्नेछ। यस वाहेक अनुदान प्रस्तावमा तय गरिएको लक्षित तस्वीर सङ्ख्यालाई घटाएर ५००, गुणस्तरीय तस्वीरको सङ्ख्या १०० र विशेष तस्वीर सङ्ख्यालाई २५ गर्न सकिन्छ। यसले प्रत्यक्ष रुपमा प्रतियोगिता अवधिमा अपलोड हुने तस्वीरको प्रयोग विकी लेखमा हुनेछ। हामीले सङ्ख्याभन्दा गुणस्तरीयतामा ध्यान दिनु आवश्यक छ।

—प्रतियोगिता अवधि भरिमा अपलोड हुने तस्वीरहरूलाई कमन्सको गुणस्तरीय अनुभागमा राख्ने कार्यमा मेरो सक्दो सहयोग रहनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३२, २१ अप्रिल २०१९ (युटिसी(UTC))

प्रस्तावित आयोजन समिति

आदरणीय मित्रहरू, बिगत केही साता देखि चलिरहेको यस चौतारीको छलफल र छलफलले पच्चाएको सहभागिता, समर्थन अनि गहकिला सुझावको आधारमा समुदायको एककृत पहलमा कार्यक्रम सञ्चालनको निम्ति निम्न उल्लेखित प्रयोगकर्ता साथीहरूमा जिम्मेवारी वहन गरिदिनहुन हार्दिक आग्रह गर्दै यस आयोजन समिति प्रस्ताव गर्न चाहन्छु।

  • कार्यक्रम संयोजन तथा सामाजिक सञ्जाल व्यवस्थापन
Nabin K. Sapkota
  • फोटोवाक कार्यक्रम संयोजन
Nirmal Dulal
Bijay chaurasia
  • गुणस्तरीय तस्वीर छनोट प्रक्रिया
Biplab Anand
  • आर्थिक व्यवस्थापन तथा आर्थिक पारदर्शिता
Nabin K. Sapkota
Nirjal Shrestha
Nirajan pant
  • फोटो एडिटाथन सञ्चालन
BRPever
Nirajan pant
  • श्रेणी व्यवस्थापन
Tulsi Bhagat
BRPever
  • उत्कृस्ट तस्वीर छनोट तथा नतिजा प्रकाशन
Nabin K. Sapkota
Nirmal Dulal
Bijay chaurasia
  • प्रतिवेदन तथा ब्लग निर्माण
Nabin K. Sapkota
Biplab Anand

माथि प्रस्तावित कार्यसमिति समिति बाहेक पनि सम्पूर्ण प्रयोगकर्ता साथीहरूमा आफुले देहाएको कार्य पङ्क्तिमा आफ्नो नाम उल्लेख गर्नहुन तथा माथि उल्लेखित कार्यसमिति प्रति कुनै सल्लाह, सहमती र असहमति छ भने शीघ्र आफ्नो धारणा प्रस्तुत गर्नुहुन अनुरोध गर्न चाहन्छु। -Nabin K. Sapkota (कुरा गर्ने) १०:४०, २७ अप्रिल २०१९ (युटिसी(UTC))

फोटो एडिटाथन सञ्चालन सम्बन्धमा

फोटो एडिटाथन सञ्चालन सम्बन्धमा भएको छलफलबाट फोटो एडिटाथन को निम्नानुसारको कार्यबिधि प्रस्ताव गरिएको छ।

प्रस्तावित एडिटाथनको उद्देश्य विकी लभ्स अर्थ २०१९ को अवधिमा अपलोड गरिएका तस्वीरहरूलाई व्यवस्थित गर्ने तथा ती तस्वीरहरूलाई विकिपिडियामा रहेका लेखहरूमा आवश्यक स्थानमा उचित रूपले प्रयोग गर्ने रहेको छ।

क्रियाकलाप

  1. अपलोड भएका तस्वीरहरूलाई विकिपिडियाका लेखहरूमा प्रयोग गर्ने। (प्रतियोगिता अवधिभरिमा अपलोड गरिएका तस्वीरहरूलाई नेपाली, मैथिली, डोटेली, नेवारी, संस्कृत, भोजपुरी, सान्थाली विकिपिडियाहरूका लेखमा तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।)
  2. तस्वीर प्रयोग गरी लेख सामग्री सुधार गर्ने।
  3. तस्वीरहरूको श्रेणीकरण गर्ने
  4. अपलोड गरिएका तस्वीरहरूलाई आवश्यक सुधारको लागि नामाङ्कन गर्ने
    1. छुटेको विवरण थप्नको लागि अपलोडकर्तालाई सूचित गर्ने,
    2. दोहोरिएका, कम गुणस्तरीय तथा प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने तस्वीरहरूलाई मेटाउन नामाङ्कन गर्ने, इत्यादि

एडिटाथनको अवधि विकी लभ्स अर्थ २०१९ शुरू भएको १५औं दिन देखि ४५औं दिनसम्म एडिटाथन चल्नेछ।

ध्यान दिनुपर्ने कुराहरू

  • फोटो एडिटाथन कार्यक्रम माथि उल्लेख गरिएका विकि परियोजनाहरूमा मात्र सञ्चालन गर्न सकिनेछ।
  • कार्यक्रममा अपलोड भएका चित्र मात्र मान्य हुनेछन्।
  • जथाभावी चित्र प्रयोग गर्न र आवश्यकता नभएको अवस्थामा चित्रावली बनाउन पाइनेछैन्।

फोटो एडिटाथन सञ्चालन समितिको तर्फ बाट Nirajan pant (कुरा गर्ने) ०३:४४, ६ मे २०१९ (युटिसी(UTC))

माथिको प्रस्ताव माथि आफ्नो विचार तथा टिप्पणीको लागि सबैलाई स्वागत छ।--Nirajan pant (कुरा गर्ने) ०३:४४, ६ मे २०१९ (युटिसी(UTC))

छलफल/विचार/टिप्पणी