संयुक्त राष्ट्रसङ्घको वडापत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Charter of the United Nations
संयुक्त राष्ट्रसंघको वडापत्र
{{{image_alt}}}
UN Charter
Drafted१४ अगस्ट १९४१
हस्ताक्षर२६ जुन १९४५
स्थानसान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य
कार्यान्वयन२४ अक्टोबर १९४५
अवस्थाचीन, फ्रान्स, सोभियत संघ, the संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र अन्य हस्ताक्षरकर्ता अधिकांश राज्यहरूद्वारा अनुमोदन
पक्षहरु१९३
जम्माकर्तासंयुक्त राज्य अमेरिका
भाषाहरूअरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी, र स्पेनी
Charter of the United Nations at Wikisource

संयुक्त राष्ट्र संघको बडापत्र संयुक्त राष्ट्र संघको अधारशिला तयार गर्ने एक सन्धि हो। संयुक्त राष्ट्र संघ अन्तरसरकारी संस्था हो। [१] यसले सचिवालय, महासभा, सुरक्षा परिषद, आर्थिक र सामाजिक परिषद, अन्तर्राष्ट्रिय न्याय अदालत र विश्वस्त परिषद जस्ता संयुक्त राष्ट्रसंघको प्रमुख अंगहरू र संयुक्त राष्ट्रसघीय प्रणालीको उद्देश्य, शासकीय संरचना र समग्र रूपरेखा स्थापना गर्दछ।

संयुक्त राष्ट्र सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरू- चीन,[Note १] फ्रान्स,[Note २] सोभियत संघ ,[Note ३] संयुक्त अधिराज्य, र संयुक्त राज्य अमेरिका—र अन्य बहुमत हस्ताक्षरकर्ताहरूले २४ अक्टोबर १९४५ मा अनुमोदन गरेपछि वडापत्र कार्यान्वयनमा आएको थियो; र यस मितिलाई संयुक्त राष्ट्रसंघको सुरुवात भएको आधिकारिक मिति मानिन्छ र आउँदो जनवरीमा लन्डनमा ५१ प्रारम्भिक राष्ट्रहरूको प्रतिनिधि हरूको महासभाको पहिलो सत्रको बैठक बसेको थियो। महासभाले १९४७ मा औपचारिक रुपमा २४ अगस्टलाई संयुक्त राष्ट्र दिवसको रुपमा मान्यता दियो र यसलाई आधिकारिक अन्तराष्ट्रिय बिदा दिन सुरु गर्यो। १९३ पक्षहरू सहित, अधिकांश देशहरूले यस वडापत्रलाई अनुमोदन गरेका छन्।

सारांश[सम्पादन गर्नुहोस्]

इग्निनिया संयुक्त राष्ट्र संघको हालको लोगोको प्रोटोटाइप चार्टरको फ्रन्टस्पीसमा देखा पर्‍यो।

वडापत्रमा एक प्रस्तावना र १११ लेखहरू समाविष्ट १९ भाग (अध्याय) छन्। [१]

प्रस्तावनामा दुई प्रमुख खण्ड छन्। पहिलो खण्डले शान्ति र अन्तर्राष्ट्रिय सुरक्षाको कायम गर्न र मानव अधिकारको सम्मानका लागि आह्वान गर्दछ। प्रस्तावनाको दोस्रो खण्ड "संयुक्त राष्ट्रका देशका सरकारले वडापत्रमा सहमति जनाइसकेको छ र यो मानव अधिकार सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय कागजात हो" भन्ने कुरा घोषणा गरिएको छ।

  • पहिलो अध्यायले संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय शान्ति र सुरक्षाको मर्मतको महत्वपूर्ण प्रावधान सहितका उद्देश्यहरू तय गर्दछ।
  • दोस्रो अध्यायले संयुक्त राष्ट्र संघमा सदस्यताका लागि मापदण्ड परिभाषित गर्दछ।
  • अध्याय ३-१५,संयुक्त राष्ट्र संघका अंग र संस्थाहरू र उनीहरूको सम्बन्धित शक्तिको वर्णन गर्ने कागजात हो।
  • अध्याय १६ र अध्याय १७ स्थापित अन्तर्राष्ट्रिय कानून संग संयुक्त राष्ट्र एकीकृत गर्ने व्यवस्था वर्णन गर्दछ।
  • अध्याय १८ र अध्याय १९ वडापत्रको संशोधन तथा प्रमाणीकरणको व्यवस्था ।

निम्न अध्यायहरूले संयुक्त राष्ट्र संघको निकायहरूको अधिकारको वर्णन गर्छ:

  • अध्याय ६ ले सुरक्षा परिषदको विवादहरू छानबिन र मध्यस्थता गर्ने अधिकारको वर्णन गर्दछ;
  • अध्याय ७ ले सुरक्षा परिषद्को आर्थिक, कूटनीतिक र सैन्य प्रतिबन्ध गर्ने अधिकारका साथसाथै विवाद सुल्झाउन सैन्य बलको प्रयोगलाई अधिकार प्रदान गर्दछ;
  • आठौं ८ ले क्षेत्रीय प्रबन्धहरूलाई उनीहरूको आफ्नै क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न अधिकार प्रदान गर्दछ;;
  • अध्याय ९ र अध्याय १० ले आर्थिक र सामाजिक सहयोगको लागि संयुक्त राष्ट्र संघको शक्तिको वर्णन गर्दछ, र यी शक्तिको निरीक्षण गर्ने काम आर्थिक र सामाजिक परिषदले गर्दछ । ;
  • अध्याय १२ र अध्याय १३ वि-उपनिवेशीकरणको निरिक्षण गर्न जिम्मा जमानी कोषको वर्णन गर्दछ।
  • अध्याय १४ र अध्याय १५ ले क्रमश: अन्तर्राष्ट्रिय अदालतसंयुक्त राष्ट्र सचिवालयको अधिकार स्थापित गर्दछ।
  • अध्याय १६ देखि अध्याय १९ क्रमश: १६: विविध प्रावधानहरू, १७: दोस्रो विश्वयुद्धबाट सम्बन्धित संक्रमणकालीन सुरक्षा व्यवस्था १८: बडापत्र संशोधन प्रक्रिया, र १९: बडापत्रको अनुमोदन

नोटहरू[सम्पादन गर्नुहोस्]

  1. १९४९ पछि ताइवानलाई मानिन्थ्यो; २५ अक्टोबर १९७१ बाट जनवादी गणतन्त्र चीनद्वारा स्थानतरित
  2. Later replaced by the Fourth Republic and then the Fifth Republic.
  3. १९९१ मा रूसी महासंघद्वारा स्थानतरित

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Introductory Note", Un.org, मूलबाट ९ मे २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१३