विनोद चौधरी
विनोद चौधरी | |
---|---|
जन्म | काठमाडौँ, नेपाल | १४ अप्रिल १९५५
राष्ट्रियता | नेपाली |
पेशा | चौधरी ग्रुपका अध्यक्ष |
चिनारीको कारण | चौधरी ग्रुप |
जम्मा सम्पति | $१.४ अर्ब (२०७६)[१] |
राजनीतिक दल | नेपाली कांग्रेस |
जीवनसाथी | सारिका चौधरी |
सन्तान | ३ |
विनोद कुमार चौधरी (जन्म: वि.सं. २०१२ वैशाख १)[२] एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन्।[३]
वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो।[४] वि.सं. २०६९ साल देखि नै उनको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ। वितरण, खुद्रा, मनोरञ्जन र निर्माणमा केन्द्रित आफ्नो व्यवसायहरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र चलचित्र निर्माण समेत गरेका छन्।[५] उनी फोर्ब्सको सन् २०१९ को अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा रहेका छन्।[६] सञ्चार माध्यमहरूको अनुसार, उनले एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने बताइएको छ।[७]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]विनोद कुमार चौधरीको जन्म नेपालको काठमाडौँमा एउटा मारवाडी परिवारमा वि.सं २०१२ वैशाख १ गते भएको थियो।[२] उनका हजुरबुबा, भुरामल दास चौधरी एक उद्यमी थिए जसले कपडा व्यवसाय सुरु गरेका थिए।[८] उनका बुबा पनि एक व्यवसायी थिए जसले आफ्ना बुबाको व्यवसायलाई अझै विकसित गरेका थिए।[९] आफ्नो व्यापारिक जीवनको सुरुवातमा, चौधरीले पारिवारिक व्यवसायमा सामेल हुनुभन्दा थप शिक्षा लिने निर्णय गरेका थिए।
चौधरीले आफ्नो हजुरबुबा र बुबालाई प्रेरणाको रूपमा श्रेय दिएका छन्।[१०] उनी बलिउड अभिनेता अमिताभ बच्चन र रणबीर कपुरको प्रशंसक हुन्। उनले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेलालाई त्यस देशमा स्वतन्त्रता दिएको र व्यापारी जहाँगीर रतनजी दादाभाइ टाटा "टाटा" नामक महत्त्वपूर्ण कम्पनी निर्माण गरेकोमा प्रशंसा गरेका थिए।[११]
व्यापारिक जीवन
[सम्पादन गर्नुहोस्]सुरुवात
[सम्पादन गर्नुहोस्]उनका हजुरबुबा भुरामल दास चौधरी १९ औँ शताब्दीमा राजस्थान, भारतबाट नेपाल बसाइँ सरेका थिए।[१२] २० वर्षको उमेरमा उनी नेपाल आएपछि उनले कपडाको कारोबार सुरु गरेका थिए। केही वर्ष पश्चात्, अर्थात् वि.सं १९९० को महाभूकम्पपछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडाको कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बनेका थिए।[१३][१४] उनका बुबा लुनकरन दास चौधरीले कपडा व्यवसायको विकासलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक भवन निर्माण कम्पनीको पनि स्थापना गरेका थिए। वि.सं. २०२४ सालमा लुनकरणदास चौधरीले खुद्रा भण्डार अरुण इम्पोरियमको स्थापना गरेका थिए जुन उनको सबैभन्दा सफल उद्यम थियो।[१५] अठार वर्षको उमेरमा विनोद चौधरीले चार्टर्ड एकाउन्टेन्सी पढ्न भारत जाने क्रममा, उनको बुबालाई मुटु रोग भएको पत्ता लागेको थियो र चिकित्सकहरूले उनलाई उनका पिताले परिवारको व्यवसाय चलाउन असमर्थ रहने बताएका थिए।[१६] परिवारमा जेठो छोरा भएको कारण उनले व्यवसायमा प्रमुखको रूपमा प्रवेश गरेका थिए।
सुरुमा उनले जापानको सुजुकी कार नेपालमा आयात गर्ने निर्णय गरेका थिए। एक युवा कपडा व्यवसायी भएकोले सुजुकीले उनीमाथि विश्वास नगरेको उनले लेखेका थिए र उनले कम्पनीलाई विश्वस्त बनाएको बताएका थिए।[१७] सुजुकी कम्पनीले उनीसहित अन्य चारजनालाई परिक्षणको रूपमा सुजुकीको कार नेपालमा बेच्ने निर्णय गरेको थियो। ६ महिनामा सबैभन्दा धेरै कार बिक्री गराउनेलाई सुजुकीले विक्रेता बनाउने निर्णय गरेको थियो। चौधरीले पछि, जापानी विद्युतीय बहुराष्ट्रिय कम्पनी पानासोनिकसँग एउटा सम्झौता गरेका थिए जुन उनको पहिलो बहुराष्ट्रिय सम्झौता थियो।[१८]
चौधरी ग्रुप
[सम्पादन गर्नुहोस्]चौधरी ग्रुप एक व्यापारिक समूह हो जसलाई उनका बुवा लुनकरणदास चौधरीले स्थापना गरेका थिए।[१९] यो व्यापारिक समूहद्वारा सन् १९८४ मा नेपालमा परिचय गराइएको तैयारी चाउचाउको ब्रान्ड 'वाइ वाइ'लाई यस कम्पनीले सर्वाधिक बिक्री गराउन सफल भएको छ।[२०] चौधरीले २३ वर्षको उमेरमा यस कम्पनीको पदभार ग्रहण गरेका थिए। थाइल्यान्डको कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको लोकप्रियमा वृद्धि भएको थियो। [२१] उनले चाउचाउ उत्पादन गर्नको लागि काठमाडौँमा एउटा उत्पादन कारखाना समेत निर्माण गरेका थिए।[२२] नेपालमा वाइवाई चाउचाउको बिक्री वितरण गर्नु अगाडि उनले थाइल्यान्ड भ्रमण गरेका थिए जहाँ उनले वाइवाइ चाउचाउ निर्माता कम्पनीसँग सम्झौता गरेका थिए। उनी कम्पनीसँग मिलेर काम गर्न चाहन्थे, तथापि मूल कम्पनीले वाइवाइलाई नेपालमा ल्याउने कुरामा विश्वस्त हुन सकेका थिएनन्। कम्पनीसँगको सहकार्यमा उनले चाउचाउ निर्माण प्रक्रियाको समेत अध्ययन गरेका थिए।[२३]
वि.सं २०६९ सालमा, अमेरिकी पत्रिका फोर्ब्सले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो जहाँ उनी नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए।[२४] सन् २०१९ मा, फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उनी १,३४९औँ स्थानमा उक्लिएका थिए। चौधरी ग्रुपको मालिकको रूपमा उनी सन् २०१५ मा, फोर्ब्स एसियाको आवरण पृष्ठमा देखा परेका थिए। सन् २०१८ मा, उनको सम्पत्ति २० करोड अमेरिकी डलरले वृद्ध भएको थियो।[२५] उनका अनुसार, चौधरी ग्रुपमा ७,००० मानिसहरू आवद्ध रहेको र यसको सञ्जाल विभिन्न १९ देशहरूमा रहेको बताएका थिए।
अन्य व्यवसाय
[सम्पादन गर्नुहोस्]सन् १९९५ मा, चौधरीले दुबई सरकारको नबिल बैङ्कमा नियन्त्रणको लागि खरिद गरेका थिए।[२६] यस बैङ्कमा चौधरी ग्रुपको ५०% बढीको सेयर स्वामित्व रहेको छ।[२७] उनले सन् १९९० मा सिङ्गापुरमा सिनोमेटिभ समूहको सुरुवात गरेका थिए। सिनोभेसन समूह पहिलो व्यापक बहुराष्ट्रिय नेपाली कम्पनीहरू मध्ये एक हो। कम्पनीको होटल र रिसोर्ट, वन्यजन्तु र पर्यटन, खाद्यान्न र पेय पदार्थ, घर जग्गा, सिमेन्ट र वित्तीय सेवामा संलग्नता रहेको छ।[२८] सिजीले ताज होटल समूहसँग संयुक्त लगानीमा चासो देखाउँदै दुबई र काठमाडौँमा सेवा सञ्चालन गरेको छ।[२९][३०]
राजनीति
[सम्पादन गर्नुहोस्]सुरुवात
[सम्पादन गर्नुहोस्]सन् १९७९ मा उनको पहिलो बहुराष्ट्रिय सहयोगका लागि नेपाल सरकारको इजाजत पत्र आवश्यक परेको थियो भने तात्कालिक समयमा सूर्यबहादुर थापा सत्तामा रहेका थिए।[३१] थापाले चौधरी र उनका बुवालाई "पञ्चायत शासन कायम गर्ने अभियानको लागि आर्थिक सहयोग गर्न" सल्लाह दिएका थिए भने उनीहरूले थापाको राजनीतिक अभियानलाई समर्थन गर्ने निर्णय गरेका थिए।[३२][३३] उनको पतन पछि चौधरीले धीरेन्द्र शाहको सम्पर्कमा रहेका थिए।[३४] वि.सं. २०४६ अर्थात् पहिलो जनआन्दोलनपछि उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा-एमाले) सहित संसदीय दलहरूसँग नजिक भएका थिए।[३५] वि.सं. २०५० मा उनी आर्थिक नीतिको मस्यौदामा काम गर्नमा संलग्न भएका थिए जसले गर्दा उनी वि.सं. २०६४ मा नेकपा (एमाले) पार्टीले मनोनित गरेको संविधान सभाको सदस्य बनेका थिए।[३६]
नेकपा एमाले
[सम्पादन गर्नुहोस्]उनी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा-एमाले) को प्रतिनिधित्व गर्दै नेपालको संसदको सदस्य थिए।[३७] वि.सं. २०६४ सालमा एमालेले उनलाई सभासद बनाएको थियो। प्रतिनिधिसभा निर्वाचन, २०७४ अघि उनी काङ्ग्रेसमा प्रवेश गरेका थिए।[३८]
नेपाली काङ्ग्रेस
[सम्पादन गर्नुहोस्]वि.सं. २०७४ सालमा उनी एमाले छाडेर शेरबहादुर देउवाको नेतृत्वमा रहेको काङ्ग्रेसमा आवद्ध भएका थिए।[३९][४०] संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी वि.सं. २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए।[४१] नेपाली काङ्ग्रेसका अनुसार, यसमा आवद्ध भएका उनले दलमा महत्त्वपूर्ण योगदान दिएका थिए।
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २९४९५मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[४२] उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशिल पार्टी, नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले २२३०८मत प्राप्त गरेका थिए।[४३]
अन्य कार्यहरू
[सम्पादन गर्नुहोस्]लेखन
[सम्पादन गर्नुहोस्]वि.सं. २०६९ सालमा, चौधरीले "विनोद चौधरी: आत्मकथा" शीर्षक रहेको आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका थिए। पछि पत्रकार सञ्जीव घिमिरेले यस पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए।[४४] पुस्तकलाई भारतमा एक 'उँची उडान' शीर्षक अन्तर्गत प्रकाशित गरिएको थियो। यस पुस्तकलाई चार वर्षभन्दा बढी समय लगाएर लेखिएको बताइएको थियो जहाँ यस पुस्तकमा उनको परिवार र चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ।[४५] उनले आफ्नो जीवनका निर्णायक मोड, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि कुराहरूलाई प्रस्तुत गरेका छन्। नेपालय प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य ४ सय २५ रहेको छ।[४६]
दान कार्य
[सम्पादन गर्नुहोस्]२०७२ सालको भूकम्प पश्चात्, उनले सोही दिनमा काठमाडौँमा राहतमा सहयोग गरेका थिए। उनले नेपालका १२ जिल्लाका भूकम्प पीडितहरूलाई सहयोग पुर्याउन स्वास्थ्य सेवाकर्मीहरूको व्यवस्था गरेका थिए।[४७] उनले भूकम्पले नष्ट भएका विद्यालय र घरहरू पुनर्निर्माण गर्नका लागि २५ करोड भन्दा बढी नगद सहयोग र उनको स्वामित्व रहेको चौधरी ग्रुपद्वारा वाई वाई चाउचाउको ५० हजार प्याकेट, पेय पदार्थ वितरण गरिएको थियो। यस बाहेक उनको फाउन्डेसनले खाँचोमा परेका मानिसहरूलाई खाना र पानीको व्यवस्था समेत गरेको थियो। निर्माण कार्यको लागि १० करोड रुपैयाँको छुट्टै कोष खडा गरेको चौधरी ग्रुपले विद्यालय पुनर्निर्माण गर्न पाँच करोड रुपैयाँ खर्च गर्ने घोषणा गरेको थियो।[४८]
चौधरी फाउन्डेसन
[सम्पादन गर्नुहोस्]उनी चौधरी फाउन्डेसनको संस्थापक समेत हुन्। यसको स्थापना सन् १९९५ मा गरिएको थियो। यसले नेपालमा दिगो विकास लक्ष्यको प्रगति र संवर्धनका लागि संयुक्त राष्ट्र विकास कार्यक्रममा हस्ताक्षर गरेको छ।[४९] नेपालमा आएको विनाशकारी भूकम्प पश्चात् फाउन्डेसनले नेपालको पुनर्निर्माणमा सहयोग गरिरहेको छ। फाउन्डेसनले धादिङ स्थित कुम्पुर गाउँ विकास समिति (गाविस)का भूकम्प पीडितलाई १६६ आश्रयहरू हस्तान्तरण गरेको थियो। वि.सं. २०७५ सालमा, यसले ५ सय ८ जना अपाङ्ग व्यक्तिहरूलाई कृतिम हातखुट्टा प्रदान गरेको थियो।[५०] कोरोना महामारी पश्चात्, कोषले सरकारलाई १ हजार थान कोरोना परिक्षण सामग्रीहरू प्रदान गरेको थियो।[५१]
विवाद
[सम्पादन गर्नुहोस्]विनोद चौधरी नेपालका एकमात्र अर्बपति हुन्।[५२] फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको छ।[५२] चौधरी माथि कर छली र विदेश मुद्रा अपचलनको आरोप लागेको थियो।[५३] कानुन विपरीत उनले नेपाल बाहेकका अन्य देशहरूमा करोडौँ लगानी गरेको र राजपरिवारको सम्पत्ति समेत लुकाएको आरोप लागेको थियो भने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको सम्पत्तिको सम्पूर्ण विवरणहरू उपलब्ध गराउनका लागि पत्र समेत पठाएको थियो। वि.सं. २०७४ चैतमा, चौधरी ग्रुपको एक प्रमुख सहायक कम्पनी सिजी इलेक्ट्रोनिक्सले झुठो बीमा दावी गरी ९८ करोड रकम असुल गरेको विषय प्रमाणित भएपछि उनी पुन: विवादमा परेका थिए।[५४][५५] यस घटना पश्चात् बीमा सेवा प्रदायक कम्पनी "युनाइटेड बीमा कम्पनी" सर्वोच्च अदालत पुगेको थियो। उच्च अदालत पाटनले उनलाई यस घटना पश्चात्, २४ करोड तिर्नुपर्ने फैसला सुनाएको थियो।[५६] राजस्व नतिर्ने, गुणस्तरहीन खाद्य पदार्थहरूको बिक्रीवितरण गर्ने लगायतका आरोपहरू उनीमाथि लागेको छ।[५७] उनले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने सरकारको निर्णयले विकृति र नयाँ सामाजिक चुनौती थप गर्ने बताएका छन्।[५८]
पुरस्कार
[सम्पादन गर्नुहोस्]सन् २०१५ मा उनलाई भारतस्थित श्री श्री विश्वविद्यालयले परोपकारी कार्यमा उल्लेखनीय योगदानका लागि सम्मानित गर्दै उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।[५९] सन् २०१६ मा उनलाई एसिया पुरुषको रूपमा एक पुरस्कारद्वारा सम्मानित गरिएको थियो[६०] भने सोही वर्ष उनी फ्रोस्ट एन्ड सुलिभान ग्रोथ, इनोभेसन एन्ड लिडरसिप (जिआइएल) पुरस्कारबाट सम्मानित भएका थिए।[६१] सन् २०१९ मा, उनलाई होटेलिभेटले लाइफटाइम अचिभमेन्ट पुरस्कारद्वारा सम्मानित गरेको थियो।[६२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "विनोद चौधरी झन् धनी, फोर्ब्सको सूचीमा ६ स्थान उक्लिए"। नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ २.० २.१ "नेपालका १० ठुला धनी व्यक्तिहरू" (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "'फोर्ब्सको अर्बपति सूचीमा नेपालका बिनोद चौधरी"। हङकङ नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरी यसरी बने अर्वपति"। सुवम् (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा"। राष्ट्रिय समाचार (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने"। बिजमाडौँ (नेपाली) भाषा)। चौधरी ग्रुप। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीको निधन"। अर्थ बजार (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "कुनै समय भाडाको पसल चलाउने 'चौधरी परिवार' यसरी बन्यो ४० कम्पनीको मालिक"। बैङ्किङ खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "अर्बपति विनोद चौधरीले बंगलादेशमा यसरी सुनाए आफ्नो व्यावसायिक संघर्ष र सफलताको कथा"। क्लिकमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "Binod Chaudhary: Nepal's first dollar-billionaire businessman"। द इकोनोमिक टाइम्स। सङ्ग्रह मिति २०१९-०५-२९।
- ↑ "विनोद चौधरी नेपालका पहिला अर्बपति"। माई संसार (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "पोके कपडा पसलबाट चौधरी ग्रुपको साम्राज्यसम्म !"। बिजशाला (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी साम्राज्य"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "लुनकरण दास चौधरी रहेनन्" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "अर्बपति चौधरी भन्छन् 'सपना होइन, योजना बाँडौं'"। बाह्रखरी (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरीको अनुभव: सडकमा टाेलाउँदा सुजुकी भित्रियो, एयरपोर्टको कार्टुनले वाईवाई फ्याक्ट्री खुल्याे"। विकास न्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरी - आत्मकथा"। गुगल पुस्तक (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी ग्रुपका फाउण्डर लुनकरणदास जिवितै !"। विजशाला (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "जसले चाउचाउ खान सिकाए"। नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "वाइवाइको आत्मकथा"। नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "१३ देशका एक मात्रै अर्बपति : जसको सम्पत्ति देशको जीडीपीभन्दा धेरै छ" (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "संसारभर फैलिँदै वाइवाइ"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "नेपालका पहिलो अर्बपति विनोद चौधरी"। एक्सनेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "एक वर्षमा विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो"। सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "नविल बैंकका सबैभन्दा ठूलो मालिक 'मिन्टो' को हुन् ? यस्तो छ विनोद चौधरीसँगको कनेक्सन"। क्लिकमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "के कानुन भन्दा माथि हुन् त विनोद चौधरी र नबिल बैंक ?"। परिवर्तन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "एक वर्षमै विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो, कूल सम्पत्ति कति भयो त ?"। क्लिकमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी ग्रुपले दुबईमा खोल्यो नयाँ तारे होटल 'ताज जेएलटी', प्रतिस्पर्धा उही ब्राण्ड 'ताज दुबई'"। बिजमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन"। नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ अर्थ संवाददाता। "नेपालका एकमात्र अर्बपति चौधरीको सम्पत्ति वृद्धि, २१२ स्थान माथि उक्लिए"। अर्थपेज (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विलियन डलरका विनोद चौधरी, पुस्तकबाट स्वीकार गरे विदेशको लगानी (कहाँ-कहाँ छ लगानी)"। बिजमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "दयाराममाथि पञ्चायत सरकारको तेस्रो मार नपरेको भए विनोद चौधरीको नहुन पनि सक्थ्यो नबिल बैंक"। बिजमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ Binod Chaudhary – My Story: From the Streets of Kathmandu to a Billion Dollar Empire., २८ मे २०१९, मूलबाट २४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०१९। वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१८ मिति
- ↑ "'सांसद बन्ने' होडमा व्यवसायी"। नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी"। देशान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चतुर विनोद चौधरी!"। सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "अर्बपतिको रथमा समाजवादको यात्रा"। रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरी कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस निकट अन्य उद्योगि रुष्ट, महेश जाजु सन्तुष्ट" (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "कांग्रेस प्रवेशबारे विनोद चौधरीले दिए प्रष्टोक्ति, गिरिजा र कृष्णप्रसादको सहकार्य स्मरण" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "अर्बपति चौधरी कांग्रेस प्रवेश, समानुपातिक सूचीबाट सांसद उम्मेद्वार, ओलीका कारण एमालेबाट टाढा" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "नवलपरासी पश्चिम : प्रदेश ५ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५।
- ↑ "उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजीमा" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरीको जीवन गाथा"। हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरी – आत्मकथा"। किताब किरो (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी ग्रुपले भूकम्प प्रभावितका लागि २५ करोड रुपैयाँ सहयोग गर्ने"। फेसबुक (नेपाली) भाषा)। रेडियो बादल। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "भूकम्पपीडितलाई चौधरी फाउन्डेसनका घर"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी फाउन्डेसन"। चौधरी फाउन्डेसन (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी फाउन्डेसनद्वारा कृतिम हातखुट्टा वितरण"। कारोबार दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी फाउन्डेसनले सरकारलाई १ हजार 'पीसीआर रिएजेन्ट' दियो" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ ५२.० ५२.१ "नेपालका एकमात्र अर्बपति चौधरीको सम्पत्ति वृद्धि, २१२ स्थान माथि उक्लिए"। आर्थिक आवाज (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "अख्तियार सक्रिय हुँदा विनोद चौधरी आतङ्कित"। घटना र विचार (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "अर्बपति विनोद चौधरी ठूलो आर्थिक अपराधमा संलग्न भएको सर्वोच्चमा पुष्टि"। जनबोली (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "बिनोद चौधरी पनि किर्तेमा फसे, १४ करोड झ्याम !"। हिमाल पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "नक्कली आगलागीको पोल खुलेपछि विवादमा अरवपति विनोद चौधरी, २४ करोड तिर्नुपर्ने उच्च अदालतको निर्णय !"। अर्थ सरोकार (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "अर्वपति विनोद चौधरी विवादमा, विमा दावीमा २४ करोडको कीर्ते"। नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति निम्त्याउँछ : विनोद चौधरी"। लोकान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई श्री श्री विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरी र खिलराज रेग्मीलाई अमेरिकामा सम्मान, चौधरीलाई 'एसियन म्यान अफ द इयर'" (नेपाली) भाषा)। कर्पोरेट नेपाल। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "ग्रोथ, इन्नोभेसन एन्ड लिडरसिप सम्मेलन बुधबार काठमाडौँमा हुने, विनोद चौधरीलाई सम्मान गरिने"। बिजमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "युद्धका बेला पनि लगानी गरेको भन्दै श्रीलङ्कामा विनोद चौधरीको सम्मान, 'ताज मेरो अवसर थियो'" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २१ जनवरी २०२१।