किराँत

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

किराँत शब्दले नेपालका मूलबासी 'मंगोलाइड' जातिलाई नै जनाउँदछ र सो किराँत भित्र पनि धेरै थरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;

किराँत भनेको नेपालका मूलबासी जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्बदेखी पश्चिम र हिमालदेखी तराईसम्म नै फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा पुरानो जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. काठमाडौँका गोपाल बंशी राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए. चीनको तिब्बतसग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको कैलाश पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ.

नेपालका प्राचीन जातिहरू मध्ये महत्वपूर्ण हैसियत राख्ने जाति किराँतहरू नै हुन्, यो जातिलाई प्राचीन पौराणिक ग्रन्थहरूले इमान्दार, समबादी, वीर लडाकु जातिका रूपमा पनि लिएको पाइन्छ ।

यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सम्मान गरेर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।

बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरूले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् । किरातहरूको मूल बेबिलोन भएको र यिनीहरू ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ । कतिपयले किरातहरूको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरूको उद्गम स्थलका रूपमा कतिपय इतिहासकारले मानको पाइन्छ । सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्याण्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतका जनजातिहरूको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरात कै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार “मनाफेवामाङ” नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाइन्छ भने नेपालको हकमा यिनीहरू बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए ।

किरातहरूको नश्ल तथा उद्गम्स्थलका बारेमा मात्र नभई यिनीहरूको मानव समुह सम्बन्धका बारेमा पनि विवाद रहेको देखिन्छ । केही विद्धानहरूको दृष्टिमा यिनीहरू आर्य मूलका मानिएका छन् भने केही विद्धानहरूको दृष्टिमा यिनीहरू अनार्य मूलका मानिएका छन् । अमरकोष लगाएतका धर्मग्रन्थहरूमा किरातहरूलाई “म्लेच्छ” मानिएको छ । महाभारत र मनुस्मृतिमा आर्य क्षेत्रिय मानिएको छ । स्वामी प्रपन्नाचार्यले किरात जाति आर्य समुदायकै भएको ठहर गर्दै उनीहरू तागाधारी हिन्दू भएको आफ्नो स्पष्ट अभिमत राखेका छन् । जे भएपनि आज किरातहरू सामान्यतय मङ्गोल परिवार भित्र कै मानिन्छन् र वर्तमान किरातहरूको मातृभाषा पनि तिब्बती वर्मन परिवारको मानिएको छ । कुनै स्पष्ट प्रमाण नभएका कारण किरातहरूको ऐतिहासिकताका बारेमा यकिन भन्न सक्ने अवस्था छैन । एकथरी विद्धानहरू गोपालराज वंशावली, भाषावंशावलीहरू, पुराण एवं महाभारतमा उल्लेख भएको आधारमा मात्र सीमित भएर किरातहरूको बारेमा स्पष्ट एवं ठोकुवा गर्न नमिल्ने धारणा राख्छन् । यो समुहका विद्धानहरू यस कुराको पुष्टि गर्ने कुनै पनि पुरातात्विक स्रोतहरू प्राप्त नभएको र साहित्यिक सन्दर्भहरू कपोलकल्पित हुन सक्ने धारणा राख्दै किरात युग ऐतिहासिक युग नभई पौराणिक युग हो भनि मान्दछन् ।

उक्त धारणाका विपरीत अर्काथरी विद्धानहरू किरात कालका भनिएका कतिपय शाब्दिक अस्तित्व, लिच्छवि कालिन अभिलेखबाट प्राप्त संकेतहरू र ईशापूर्व का केही मूर्तिहरूको बनावट आदिलाई आधार मान्दै किरातकाल काल्पनिक नभई यथार्थ हुनसक्ने धारणा राख्दछन् । लिच्छवि कालिन अभिलेखमा उल्लेख भएका कुपासी (खोपासी), शङ्गा (सांगा), चङ्गु (चाँगु), तेङखु (टेकु), खोप्रिङ्ग (भक्तपुर), तेस्तुङ (टिस्टुङ) आदि नामवाचक शब्दहरू किरात शब्दहरू हुनसक्ने र लिच्छवि कालका केही प्रशासनिक ईकाइहरू मापचोक, कुथेर, शुल्ली र लिङग्वल जस्ता शब्दहरूले किरात कालिन जातीय तथा प्रशासनिक अस्थित्वलाई उजगार गर्दछन् । लिच्छवि राजा अंशुवर्माको हनुमानढोका अभिलेखमा किरात शब्द समेत देख्न सकिन्छ । पशुपतिको विरूपाक्ष मूर्तिको साक्षत रूप किरात आकार प्रकार झल्कने खालको हामी अहिले पनि देख्न सक्दछौं । यी यस्ता आधारहरूलाई मध्येनजरमा राख्दा किरात युग तथा सभ्यतालाई नेपालको ऐतिहासिक युग भन्न सकिन्छ । किनभने नेपालमा लिच्छवि भन्दा अगाडी किरातकालमा नै संगठित राज्य व्यवस्थाको जग बसिसकेको देखिन्छ । गोपाल र महिषपाल कालमा कृषि र पशुपालन जस्तो सभ्यताको सुरुवात भैसकेको र किरातकालमा आईपुग्दा राज्यव्यवस्थाको स्थिति संगठित भैसकेको देखिन्छ । किरातकालमा राजतन्त्रात्मक व्यवस्था अन्तर्गत बिभिन्न अड्डा अदालतको स्थापना, व्यापार, उद्योगधन्दा द्धारा संगठित आर्थिक व्यवस्था र वैदेशिक सम्बन्धको सुरुवात समेत भएको बुझिन्छ ।

किरातहरूका बारेमा बिभिन्न पौराणिक ग्रथहरूमा उल्लेख भएतापनि यस जातिको उत्पत्ति, नेपाल खाल्डो माथिको अधिन, राज्यव्यवस्था एवं सभ्यताका बारेमा यथेष्टरूपमा विश्लेषण गरी निष्कर्षमा पुग्न सक्ने आधारहरू अहिले सम्म प्राप्त नभएका कारण यसै भन्न सक्ने अवस्था भने छैन् । गोपाल वंशावलीमा तामाकोशी र सुनकोशी बीचको भूभागमा बस्ने किरातहरूले महिषपालहरूलाई जिती नेपाल खाल्डोमा आफ्नो राज्य कायम गरेको उल्लेख पाइन्छ । भाषावंशावलीमा “म्लेच्छ” जातिका किरातीहरू पूर्वबाट महाप्रतापसँग आई महिषपाल राजासँग युद्धमा जिती नेपालका राजा भया भनि उल्लेख गरेको र प्रथम किराती राजा यलम्वर भनी उल्लेख गरेका छन् । यी सबै आधारबाट महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई पराजित गरी किरातहरूले आफ्नो राज्य स्थापना गरेको देखिन्छ । तर समयको भने कुनै श्रोतमा उल्लेख भएको पाईदैन । ईशापूर्व १२०० तिर किरातहरूबाट नेपाल खाल्डोमा आक्रमण गरिएको भन्ने अनुमान गरिएको छ ।

किरात शासकहरूको संख्या विभिन्न श्रोतहरूमा २४ देखि ३२ जना सम्म उल्लेख भएको पाइन्छ । ३२ जना शासकलाई प्रति शासक २५ वर्ष मानी हिसाब गर्दा यस शासन कालको अवधि ८०० वर्ष हुन आउँछ । यसबाट ४०० ईशापूर्व सम्म किरात काल रहेको हुनसक्छ । तर यो अनुमान भरपर्दो भने देखिदैन् किनभने ईस्वी सम्वत्को पहिलो शताब्दीमा मात्र लिच्छविहरूले किराती शासकलाई पराजित गरेको भन्ने भएबाट बीचको अवधि शासक बिहीन देखिन्छ । पक्कै पनि यो समय शासन बिहीन त थिएन नै, यस्तो देखिनुमा समयको यकिन हुन नसक्नु नै मुख्य कारण हो । इतिहासविद् केदारनाथ प्रधानले लिच्छवि कालको प्रारम्भ ४०० ईशापूर्व मान्नुपर्ने तर्क राख्दै किरातकालको अन्तिम समय ईशापूर्व ४०० मान्नुपर्ने तर्क राख्छन् । यस आधारमा किरात काल ८०० वर्ष, महिषपाल १०० वर्ष, र गोपाल काललाई ३०० वर्ष गरी १६०० ईशापूर्व देखि ४०० ईशापूर्व सम्मको काललाई दासकाल भनी अनुमान गर्नुपर्ने तर्क उनको छ ।

वंशावलीहरूमा सबैभन्दा पुरानो र विश्वासी मानिने गोपालराज वंशावलीले यलम्बर लगाएत ३२ जना किराती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेख्दछन् । के. पी. जयसवालले २८ जनाले ७०० वर्ष भनी उल्लेख गरेका छन् । भाषा वंशावलीले २८ जना, सिल्वाँ लेवीले २४ जना र इतिहास प्रकाशंमा २९ जनाले शासन गरेको देखाईएको छ तर शासन अवधिका बारेमा भने यिनीहरूले खुलाएका छैनन् । पहिलो किराती राजा यलम्बरलाई भाषा वंशावलीमा किरातेश्वर महादेवको अवतारका रूपमा मानिएको छ । राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौं किराती राजा जितेदास्तीले महाभारतको युद्धमा भाग लिएको उल्लेख गर्दै उनको मृत्यू पनि सोही युद्धमा भएको चर्चा पाइन्छ । बौद्ध वंशावललीहरूमा सातौं किराती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल खाल्डोमा आएको प्रसँग उल्लेख भएको पाइन्छ ।

राईट वंशावलीमा छैटौ किराती राजा हुमतीको समयमा अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तीको कथा पाइन्छ । प्रमुख किराती राजामा चौंथो राजा स्थुंको नाम आउँछ । वंशावलीमा यिनको शासनकालमा सम्राट अशोकको आगमन भएको उल्लेख पाइन्छ । उनीले नेपाल खाल्डोमा आई आफ्नी छोरी चारुमतीको विवाह यहीका क्षेत्रिय राजकुमार देवपालसँग गरी किरातहरूको राजधानी पाटन शहरका चारकुना र बीच भागमा एक एक स्तूप बनाउँन लगाएका थिए । अन्तिम किराती राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले नेपाल खाल्डोमा आक्रमण गरी किरातहरूलाई पराजित गरे । यस पछि यो जाति क्रमसः पूर्वतर्फ लागेको अनुमान गर्न सकिन्छ । तर कर्कपेट्रिकले किरातहरूलाई पराजित गर्ने निमिस टंकारलाई सूर्यवंशी लिच्छवि मानेका छन् । [२]

"लिच्छविकालिन अभिलेखहरूमा गैरसंस्कृत शब्दहरूबाट उल्लेख गरिएका कैयौ नामहरू छन, यस्ता गैरसंस्कृत शब्दहरू भनेका किरात भाषाका शब्दहरू हुन" । (शाह ऋषिकेश, एन्सीएन्ट एण्ड मेडिभियल नेपाल, न्यु देल्लि, अजय कुमार जैन, ई.१९९२ पृ.८) शाहका मतमा सहमती राख्ने अधिकांश विद्धानहरूका अलवा केही विमति राख्ने विद्धानहरू पनि पाइन्छन् । केही विद्धानहरूले लिच्छविकाल भन्दा पहिलेका नेपालको इतिहासलाई पुराणहरूमा आधारित कपोलकल्पित दन्तेकथाका रूपमा लिएको पनि पाइन्छ । यस लेखमा शाहकै मतलाई थप पुष्टि गरिने प्रयास गरिएको छ । काठमाण्डौ स्थित नक्सालको प्राचिन नाम जोन्जोन्दिङ रहेको तथ्य पुष्टि हुन आएको छ । अंशुवर्माको नक्साल गहिरीधारामा रहेको ई.६१५को अभिलेखमा निलिशाला प्रणाली र जोन्जोन्दिङ ग्रामको उल्लेख भएको पाइनछ । (धनबज्र बज्रचार्य २०३०, ३५४)

उक्त अभिलेखबाट राजा अंशुवर्माको पालामा हाल गहिरिधारा भनिने भेगमा जोन्जोन्दिङ नाम गरेको गाउँ थियो । त्यो गाउँका बासिन्दाले प्रणाली हिटि(कुहिती) बनाएका थिए । सो हितिको पानी नियमितरूपले आइरहोस् भनेर पानी आउने कुलो छोपी कुलोमाथीबाट साँढे गोरुगाढाको आवतजावत रोकिदिने नियम अंशुवर्माले बनाइदिएको कुरा उक्त अभिलेखमा उल्लेख पाइन्छ । यो भेगको पुरानो नाम जोन्जोन्दिङको यसपछिका समयमा उल्लेख पाइन्न तर निलिशाला भन्ने भने कायमै रही निलिशालाबाट नक्साल कहलिन पुगेको पाइन्छ । (जगदिशचन्द्र रेग्मी, काठमाण्डौ शहर सास्कृतिक अध्ययन भाग १ पृ.१६) अभिलेखमा उल्लेखित जोन्जोन्दिङ पछाडिको ग्राम शब्दभने लिच्छविकालमा आएर थपिएको हुनसक्ने बलियो संभावना देखिन्छ कारण किरात भाषामा दिङ शब्दले नै गाउँ वा ठाउँको अर्थ दिन्छ प्रतिनिधित्व गर्दछ । आज पनि केही किरात समुदायमा दिङ केहीमा दिम र केहीमा देल (द्याल) भएको पाइन्छ । यसको पुष्टि निम्न किरातहरूका साविक किपट अन्तर्गत रहे भएका ठाउँहरूको नामबाट हुन्छ । वल्लोकिरात ओखल्ढुंगा जिल्ला अन्तर्गत रहेको टारकेराबारीको साविक नाम थिमथेमदिङ(म) रहेको कुरा जयवीर महेन्द्र मल्ल (महिपतिन्द्र मल्ल)ले ने.सं. ८४१ खमा प्रतिमन पाध्या पौड्याललाई विर्ता दिएको कागजमा उल्लेख पाइन्छ । यही थिमथेमदिङ शब्दको अपभ्रंशीत रूप थिङथिङटार हुँदै हाल टारकेराबारी कायम हुन पुग्यो । किरात कोइँच भाषामा थिमथेमदिङ(म)को अर्थ मृतमानिस गाड्ने समाधिस्थल हुन्छ । आजा पनि टारकेरावारीको रातमाटे जंगलमा किरातहरूको चिहान यद्दावधि पाइने दावि स्थानिय श्रोतव्यक्ति दीर्धराज पौडेलको छ ।

साविक काति नासुके कोइँच किपट हाल सोलु जिल्ला अन्तरगतको चेरेन्हादिङ अपभ्रंशितरूप चेर्मादिङ हुँदै छेर्मादिङ जस्को साविकको अर्थ घाम उदाउने ठाउ (चेरे न्हा दिङ) हुन्छ । यस्तै दोलखा जिल्लाको हुइवादिङ, किरात राडु (वम्बुले) किपट अन्तर्गतको वामदिङ (जो वामद्याल हुँदै उबु, बन्नपुग्यो), पाचथरको फेउदिङ, संखुवासभाको लिङलिङ(दिङ), रामेछापको पोलदिम(ङ) र कोटदिम(ङ) आदि ।

कोलि(ग्राम)द्रङ्ग

इ. ५३०को पाटन खपिन्छें अभिलेखमा दक्षिण कोलिग्रामको पहिलो प्रमाणिक चर्चा पाइन्छ । यसैगरी इ. ६१५को जैसिदेवलको मिननारायणस्थानको अभिलेख, इ. ६३० तिरको लगनटोल यंगालहिटीको अभिलेख, इ. ६३३को थानकोटको अभिलेख र इ. ६४०को लगनटोल यंगालहिटीकै अर्को अभिलेख समेतमा दक्षिण कोलिग्रामको उल्लेख पाइन्छ । (धनवज्र वज्रचार्य लिच्छवि कालिन अभिलेख २०३०) धनवज्र वज्रचार्य र ज्ञानमणी नेपालले दक्षिण कोलिग्रामको कोलि शब्दलाई कपिलवस्तु पूर्वको कोलीराज्यका कोली जातिसँग सम्वद्ध गराएको पाइन्छ भने इतिहासकार बाबुराम आचार्यले पञ्चकोलीका रूपमा पाँच कोलिवस्तिको अनुमानगर्दै कोलि शब्दलाई किरात भाषासँग सम्वद्ध गर्नुभएको पाइन्छ । (आचार्य बाबुराम,किरात नाम लिच्छवि कालका शिलालेखमा किरातकालको झलक, नेपाली पूर्णाङ्क १६,पृ.३-३०) आचार्यले कोलिग्रामलाई किरातकाल देखिकै बसेको बस्तिकोरूपमा लिएको पाइन्छ । आचार्यको मतसँग सहमतहुँदै ठाकुरलाल अमात्यले (विजेल १९८०, ३१६) उध्रितगर्दै सिंहदरवार पछाडिको कुरिया गाउँलाई पञ्चकालि मध्येको एक कोलि भएको अनुमान गर्नू भएकोछ ।

किरातभित्र पनि कोली, कोइ, कोयु, कोयाङ, कोइँच, कोच, कुकी, कुलुङ, किरावा आदि थुप्रै जातिहरू हुनेहुँदा कोली शब्द जातिविशेष भएपनि किरात जातिविशेष नै हुने अनुमान गर्न सकिन्छ । कोइँच किरात मुग्दुम अनुसार धनुरधर पुरुषलाई पनि कोअ्ली भनिन्छ । लिच्छवीकालका अभिलेखमा उल्लेखित र हालका किरात बस्तिका ठाउहरूसंगको सामिप्यताको अध्ययनगर्ने हो भने धनवज्र र ज्ञानमणी नेपालको कपीलवस्तु पूर्वका कोलीजातिसँग सम्वन्धित तथ्यभन्दा बाबुराम आचार्यको किरात जातिसँग सम्वन्धित पूर्व किरात वस्ति भएको तथ्य नै बडि संभावित देखिन्छ । भिमार्जुन र विष्णुगुप्तको इ. ६४०को यंगालहिटिको अभिलेखमा द्रङ्ग शब्दको उल्लेख पाइन्छ । "दक्षिणकोलीग्रामस्य पूर्वभेव द्रंगचतुर्भागत्वेन प्रविभक्तस्यैतत्सीमनिवासिनाम्" र "एतदंगचतुर्भागसीमाभ्यन्तरवर्तिनः"-वज्रचार्य २०३०) अर्थात द्रंगको चारभागको एकभाग रूपको यो इलाकामा बस्ने जस्ता शब्द उल्लेख भएको पाइन्छ । द्रङ्ग शब्द किरात भाषाको हुनुले पनि कोलि शब्द पनि किरात भाषा हुनुको पुष्टि हुनआउछ । यसकुराको थप पुष्टि ठाउँ, गाउँ र वस्ति अर्थाउने वर्तमान चलनचल्तिका किरात शब्दहरू दिङ, दिम, तेल, देल, द्याल, दोरोङ, दरेशले पनि गर्दछन् । अभिलेखमा उल्लेखित "पूर्वभेव" शब्दलाई गौंढगर्दा पनि पहिलेदेखिकै भन्नेहुन्छ अर्थात साविक दर साविकको "द्रङ्ग"को चारभागको एक भाग भन्ने हुन्छ जुन साविककाल किरातकाल थियो ।

राजा नरेन्द्रदेवको लगनटोल यंगालहिटीको इ. ६४३को अभिलेखमा कोङको, विल्वमार्ग (मार्ग शब्द लिच्छवीकालमा जोडिएको हुनसक्ने ले.) र हुस्प्रिन्दुङ गरी तीन गाउँहरू विशेष सुविधाकासाथ दक्षिण कोलिग्राम द्रंगलाई नै सुम्पिएको कुरा उल्लेख पाइन्छ । (वज्रचार्य २०३०) लगनटोलकै शिवदेव द्वितीयको इ. ६९५को अभिलेखमा पनि वैद्यग्रामको सीमांकन गर्दा चौहदीमा उल्लेखित दक्षिण र पश्चिमतर्फ तेङखु (हालको टेकु), उत्तरपट्टी चिशिमण्डा तिलमकको उल्लेख पाइन्छ । (वज्रचार्य २०३०) जैशिदेवलनिरको इ. ७२७को अभिलेखमा लञ्जग्वल भन्ने स्थानको नाम उल्लेख पाइन्छ । लञ्जग्वल वस्ति नै हालको लगन भएको अनुमान डा. जगदिशचन्द्र रेग्मीको छ । इ. ६३३को भिमार्जुन र जिष्णुगुप्तको थानकोट स्थित अभिलेखमा थेञ्चो(ग्राम)का किसानहरूले दक्षिण कोलिग्राममा हुने गोयुद्धका लागि एकहलो जग्गामा केही कर तिर्नपर्ने उल्लेख पाइन्छ । (वज्रचार्य २०३० पृ.४३४)

यसरी हेर्दा दक्षिण कोलिग्राम(द्रङ्ग) अन्तरगत रहेका स्थानहरूमा कोङको, विल्व(मार्ग), हुस्प्रिन्दुङ, चिशिमण्डा तिलमक, लञ्जग्वल, थेञ्चो (हाल थानकोट)हरू जस्ता स्थानका नाम किरात भाषामा उल्लेख हुनुले पनि इतिहासकार बाबुराम आचार्यको साविक किरात वस्तिकै अवशेषको रूपमा कोलिद्रङ्ग नै लिच्छवीकालमा दक्षिण कोलिग्रामको अस्तित्वमा आएको पुष्टिहुन्छ ।

लायकु

इ. ८५० तिर विशालनगरको पतनपछि यहाँका कति वासिन्दाले बसाइसर्ने क्रममा काठमाडौं भेगमा पनि आइ बसोवास गर्न थाल्दा यहाँ जनसंख्याको बृद्धि भई बढी गुल्जार हुन थालेकोले होला इ. ९८७-९० तिर भएका राजा गुणकामदेवले पुरानो लायकु भेकमा नयाँ दरवार खण्ड बनाई राजधानी बनाएको अनुमान गरिएको छ । राजधानी हुने यो क्रम कहिलेसम्म कायम रह्यो भन्न सकिंदैन तर उक्त राजाकै पालामा यो भेकको सुधारका काम भएकोले विकासको क्रम अगाडि बढेको अनुमान गरिन्छ ।(डा.जगदिशचन्द्र रेग्मी,काठमाडौं शहर सांस्कृतिक अध्ययन भाग १ पृ.२३) यो पुरानो लायकु भेक काठमाडौंको कुन क्षेत्रमा थियो भन्ने प्रष्ट उल्लेख नभएपनि लायकु शब्द भने किरात भाषाको भएको स्पस्ट छ । किरात किपट अन्तरगत पर्ने कु उपसर्ग लागेका ठाउँका नामहरूमा पोकु (रामेछाप), बुकु (ओखल्ढुंगा र सोलु ), दमकु (सोलु), सिल्कु (ओखल्डुंगा), तामकु (संखुवासभा), ह्वाकु (तेरथुम), मककु (खोटाङ) आदि धेरै ठाउँहरू पाइन्छन् । अधिकांस किरात भाषामा कु शब्दले पानी वा पानीले बनाएको उर्भर भूमीलाई जनाउछ । वाहिङ किरात मुङदुम अनुसार विसिकु दुङमाकुले पानी(वकु) र ङाकु दु विकु दुले खोला(गुलो) अर्थाउछ ।(तेजलाल वाहिङ, वाहिङ लोरोतुम्लो पृ.३३५) यस्तै कोइँच किरातमा लिकु, बुकु, पोकु जस्ता खोलाहरू तथा वाकुले पानी जनाए झै अन्य किरातहरूमा काकु-जेरुङ र वम्बुले), छइकु(कोयु), कांकु(दुमी), कु (तिलुङ थुलुङ) व्अकु (सुरेल) आदि । अत यो लायकु क्षेत्रपनि काठमाण्डौ उपत्यकाको कुनै नदी किनार मै अवस्थित हुनुपर्ने अनुमान गर्नसकिन्छ ।

कु उपसर्ग जस्तै बु उपसर्ग लागेका ठाउँहरू पनि लिच्छवीकालिन अभिलेखमा उल्लेख पाइन्छ । प्रोज्ञाम्वु -इ.५९३ बज्रचार्य,२०३०,२३४),

थम्वु -इ.६२४,वज्रचार्य २०३०,४०१),

यम्वु -इ.१०११,पेटेक१९८४,३६)

वर्तमान अवस्थासम्म पनि बु उपसर्ग लागेका स्थानहरू किरात किपटिया क्षेत्रमा प्रसस्ततै पाइन्छन् । जुबु(सोलु), खुम्बु(सोलु), आङबु(पाँचथर), सिलिबु(तेह्रथुम), सालामबु(खोटाङ), आदि । बृम, ब्रु र ब्रू उपसर्ग लागेका ठाउँपनि लिच्छवी अभिलेखमा उल्लेख पाइन्छ ।

गुम्पदबृम :- इ. ४८०, वज्रचार्य २०३०, पृ. ४९९

पीतुब्रु :- इ. ६७९,, ,, ५००

पृच्छिब्रू :- इ. ,, ,, ,, ,,

उक्त नामहरूसँग सामिप्यता राख्ने वर्तमान किरात वस्तिहरूका ठाउँहरूमा सोब्रू (ओखल्ढुंगा), दिव्रु(ङ) खोटाङ, लाम्ब्रु(ङ) लाम्राङ भञ्ज्याङ, दोब्रु (दोब्रे भत्तज्याङ) खिरिब्रु(ङ) आदि । कतै ब्रुको रेफ अलप भै बुको अवशेषमात्र पनि रहेभएको पाइन्छ जो किरातहरूको पाछा(उपथर)मा पनि पाइन्छ । भक्तपुर बोडे, निलबराहीको लिच्छवीकालिन अभिलेखमा तात्कालिक संयुक्त राजा जिष्णुगुप्तलाई याप्रिङ ग्राममा बसी सत्रुको संहार गर्नलागिएको भनिएकोछ । लिच्छवीकालिन अभिलेखमा यस्तो प्रिङ उपसर्ग लागेको स्थानहरू अरूपनि उल्लेख पाइन्छ । नरप्रिङ :- वज्रचार्य २०३०, ४७२

जोलप्रिङ :- ,, ,, ५६, ४१९

प्रङप्रिङ :- ,, ,, ५, ५५, ५६

थंसम्प्रिङ :- ,, ,, ३९५

खोप्रिङ :- ,, ,, ५०, ५१, ५४, २५१

वर्तमान अवस्थामा आएर किरात समुदायमा प्रिङ उपसर्ग केवल पिङको रूपमा मात्र रहेको पाइन्छ । साविक फोरोप्रिङ कालान्तरमा फरपिङ भएजस्तै साब्रा खापिङ (रामेछाप), फुल(ङ)पिङ (रामेछाप), जुपिङ (सोलु), लामपिङ (खोटाङ) आदि ।

काठमाण्डौ उपत्यका तथा उपत्यका ओरीपरीका स्थानहरूको नाम प्राय: धेरैजसो किरात भाषाबाट रहे भएको पाइन्छ । केल(देल)टोल, ङेत(नरदेवी), लञ्जग्वल(लगन), खोप्रिङ(भक्तपुर), साङगा-साँगा), चाङगु-चाँगु), तेसलुङ(टिस्टुङ), पाङलुङ(पालुङ), थोचो(ठेचो) आदि । माथी उल्लेखित स्थानका अलवा लिच्छवीकालिन अभिलेखमा प्रशासनिक इकाइहरूको नामपनि किरात भाषामा उल्लेख भएको पाइन्छ । कुथेर, शुल्लि, लिङग्वल, मापचौक, सिन्द्रीक आदि जस्ता प्रशासनिक इकाइका अलवा हल्कराको व्यवस्था समेत किरातकालमै भएको प्रमाणीत भएकोछ । अंशुवर्माको हाडिगाउँको अभिलेखमा "धावक गेच्छिञ्जाकस्य पू. ३ प. १ "को उल्लेख हुनुले लिच्छवीकालको धावक गेच्छिञ्जाकको किरातकाल मै व्यवस्ता भएको पाइन्छ ।(धनवज्र वज्रचार्य २०३० पृ.३०५)

माथी उल्लेखित तथ्यहरू मननगर्ने हो भने लिच्छवीकाल अगाडिको किरात युगलाई कपोलकल्पित ठान्ने विद्धानहरूलाई निधार चाउरी पारेर सोच्नवाद्य अवश्यै गराउनेछ कि "लिच्छवीकालिन संस्कृत भाषामा लेखिएका अभिलेखमा कसरी गैरसंस्कृत शब्दहरू कुँदिन पुगे ?"

[३]

सन्दर्भसूची[सम्पादन गर्ने]

१. आचार्य बाबुराम- किरात नाम, लिच्छवीकालका अभिलेखमा किरातकालको झलक २०२०,

२. बज्रचार्य धनबज्र- लिच्छवीकालका अभिलेख, नेपाल तथा एसियाली अध्ययन संस्थान त्रि.वि.वि.२०३०

३. रेग्मी जगदिशचन्द्र- काठमाडौं शहर सांस्कृतिक अध्ययन भाग १, २०५१

४. खनाल मोहनप्रसाद- अभिलेख संकलन, साझा प्रकाशन, ललितपुर

५. डा.स्वामी प्रपन्नाचार्य- प्रचीन किरात इतिहास २०५१

६. भण्डारी ढुण्डिराज- नेपालको ऐतिहासिक विवेचना, २०२७

७. दाहाल पेशल- नेपालको इतिहास, सुरुदेखि सुधौली सन्धिसम्म २०५०

८. रापचा लाल श्याँकारेलु- इन्डो नेपाल किराती भाषाहरू २०६५

९. वाहिङ तेजलाल- वाहिङ लोरोतुम्लो २०६४

१०. http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF

  1. {{http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF}}
  2. Bhojpur.com
  3. http://www.sunuwarsamajhk.org

११. baramkirat.blogspot.com

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

किराँती भाषाहरू